कक्रोच मार्न तोप प्रयोग गर्दै छन् मोदी !
- जेष्ठ ३०, २०८३
प्रहरी वृत्त बौद्धमा कार्यरत प्रहरी वरिष्ठ हवलदार ओमलाल पाण्डे :
२०८२ भदौ २४ गते बिहान ८ः४५ बजेको समयदेखि प्रहरी वृत्त बौद्धको दुवैतर्फ (टुसाल चोक र – गेट) बाट प्रदर्शनकारीहरू भेला/जम्मा भई प्रहरी वृत्तको अगाडिसम्म आई ढुङ्गामुढा तथा बाजीसमेत गरिरहेका थिए । अन्दाजी १०ः३५ बजेको समयमा प्रदर्शनकारीको सङ्ख्या बढदै गयो र दोहोरो झडप हुने क्रम सुरु भएको थियो । अन्दाजी १२.२५ को समयमा पहिलो पटक प्रहरीको तर्फबाट अश्रुग्यास प्रहार भएको थियो । प्रदर्शनकारीहरूको सङ्ख्या अन्दाजी १५ देखि २० हजारसम्म आएका थिए । प्रदर्शनकारीहरूको तर्फबाट अफिसमा भएका सम्पूर्ण फर्निचर, कम्प्युटरलगायत सम्पूर्ण विद्युतीय उपकरणहरू, सीसी क्यामरा, सर्भर, मोनिटरलगायत सम्पूर्ण सरसामानहरू क्षति भएका छन् ।
प्रहरी वृत्त मालिगाउँमा कार्यरत प्रहरी वरिष्ठ हवलदार दिपेश लामा :
२०८२ भदौ २३ गते हवल्दार मेजरको रूपमा कार्यरत भएकोले सो दिन काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ११ माइतीघर मण्डलास्थित जेनजी समूहको शान्तिपूर्ण कार्यक्रम रहेको कारण उक्त दिन आवश्यक सुरक्षा योजनाअनुसार ड्युटी खटाई म आफ्नै कार्यालयको स्टेन्डबाई थिएँ । अन्दाजी ११ः३० बजेको समयमा यस कार्यालयको वडा एरियामा रहेका प्रहरी विट र भीआइपीहरूको घरमा तोडफोड तथा आगजनी भयो भन्ने सूचना आयो । अन्दाजी १२ बजेको समयमा २÷३ सय मानिसहरूको भिड विस्तारै प्रदर्शनकारीहरूको समूह बढ्दै गएको र स्थिति झन् आक्रामक र भयावह बन्दै गएको थियो । सोमध्ये केही व्यक्तिहरूले रड, खुकुरी बोकेका, केहिले लाठी, ढुङ्गा, मुढा, पेट्रोल भरेका बोतलसमेत बोकी आएर प्रहरीमाथि ढुङ्गा मुडा प्रहार गरी आक्रमण गर्न थाले ।
प्रहरी वृत गौशालामा कार्यरत प्रहरी वरिष्ठ हवलदार झोलै थारु :
२०८२ भदौ २३ गते कार्यालयको नियमित ड्युटीमा रहेको थिएँ। भदौ २४ गतेका दिन अन्दाजी १० बजेको समयबाट चाबहिल चोक, गौशाला चोक र रुन्चे डाँडास्थित सडकबाट जेन्जी आन्दोलनहरूको चहल पहल सुरु हुन थाल्यो । करिब ११ बजेको समयदेखि ६/७ हजार आन्दोलनकारीहरूले हात हातमा खुकुरी, विभिन्न फलामका रडहरू र गुलेली, काठको चिरपट, बाँसका लट्टीहरू र पेट्रोल बमसमेतले प्रहरी कार्यालयलाई निशाना बनाई ढुङ्गा मुढा गर्न थाल्यो ।
जेन्जी आन्दोलनकारीहरूले कार्यालय अगाडिका तारवारहरू र मुख्य प्रवेशद्वारलगायत पछाडिको वालसमेत तोडी कार्यालय परिसरभित्र प्रवेश गरी कार्यालयभित्र रहेका सवारी साधन तथा कार्यालय भवनमा आगजनी, तोडफोड गर्नुको साथै कार्यालयमा रहेका प्रहरीको १३ नाल हातहतियार तथा गोली गठ्ठाहरूसमेत लुटपाट गरी कार्यालयमा रहेको मिसिल कागजपत्र फाइलहरू अन्य फर्निचरका सामान झ्यालढोकामा समेत तोडफोड आगजनी गरिरहेका थिए । कार्यालयको पछाडिको वाल भत्काई पशुपति मन्दिरतर्फ लग्यौँ र उक्त स्थानमा समेत सुरक्षित महशुस नभएपश्चात् पुनः काठमाडौँ सिनामङ्गलस्थित एयरपोर्टमा रहेको नेपाल आर्मीको सुरक्षा घेराभित्र प्रवेश गरेका थियौ । उक्त घटनामा मलगायत ५ जना अलि बढी घाइते भएका थियौ भने अन्य साथिहरू सामान्य घाइते भएका थिए । आन्दोलकारीहरूले निशाना बनाई प्रहरी कार्यालयमा आगजनी गर्नुका साथै यसरी ड्युटिमा खटिएको प्रहरीलाई ढुङ्गा मुढा गरी घाइते बनाएको हुँदा आन्दोलनकारीहरूलाई कानुनबमोजिम हदैसम्मको कारबाही हुनुपर्छ ।
Leave a Reply