भर्खरै :

वाग्मती प्रदेश प्रमुख देवकोटा भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनमा

वाग्मती प्रदेश प्रमुख देवकोटा भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनमा

भक्तपुर, २९ जेठ । वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार भक्तपुर बचत तथा ऋण सहकारी संस्था र भक्तपुर आदर निकेतनको अवलोकन भ्रमण गर्नुभएको छ । अवलोकन भ्रमणको क्रममा प्रदेश प्रमुख देवकोटाले एक–दुई जनाले सहकारीमा गरेको बदमासीका कारण प्राधिकरणले सबै सहकारीलाई एकै कित्तामा राखेर हेर्नु गलत भएको बताउनुभयो ।
संस्थाका लागि आपूmले देशको कानुन र संविधानले दिएको अधिकारभित्र रही साथ र सहयोग गर्ने वचन दिँदै उहाँले कच्चापदार्थलाई प्रशोधन गर्ने कार्यमा लाग्न शेयर सदस्यहरूलाई उत्साहित गर्नुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले भ्रमण टोलीलाई स्वागत गर्दै संस्थाबाट दिएका विभिन्न किसिमका सीपमूलक र रोजगारमूलक तालिमहरूबारे उल्लेख गर्नुभयो ।
प्राधिकरणले ल्याएका निर्देशनले सहकारी क्षेत्रलाई स्वनियम र स्वायतत्ताबाट नियन्त्रणमा ल्याएको चर्चा गर्दै उहाँले ४ अर्ब ४३ करोडको वासलात रहेको उक्त संस्थामा प्राधिकरणका नीति तथा निर्देशिकाले शेयर सदस्यहरूमा ठुलो प्रभाव पार्ने बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रूकमणी देवकोटाले संस्थाले गरेको राम्रो कार्यको प्रशंसा गर्दै नयाँ पुस्तालाई संस्थाले आबद्ध गर्दै लगेकोमा खुसी व्यक्त गर्नुभयो ।
उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले उद्योग र व्यवसायलाई सहकारीले प्रबद्र्धन गरिराखेकोले घरेलु उद्योग र व्यवसायमा आधारित तालिम तथा कार्यक्रम गर्दा समन्वय गर्न कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सत्यनारायण प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *