एरिक हब्सबाम : एक जनपक्षधर इतिहासकार
- असार २१, २०८३
गत महिना सम्पन्न जी–७ शिखर सम्मेलनमा भाग लिन गएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । भिडियोमा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी प्रधानमन्त्री मोदीलाई उत्साहपूर्वक आफूहरू पछिल्लो समय इन्स्टाग्रामको सबैभन्दा चर्चित जोडी भएको बताउँछिन् । त्यसअघि मोदी इटलीको राजकीय भ्रमणमा गएका बेला मोदी र मेलोनीको थर जोडेर नाम दिइएको चकलेट ‘मेलोडी’ को प्याकेटसाथ खिचिएको भिडियो भाइरल भएको थियो, जसले तुरुन्तै सामाजिक सञ्जालमा लाखौँको भ्युज पाएको थियो ।
पछिल्लो समय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्येक विदेशयात्रा यस्तै ‘भाइरल क्षण’ का शृङ्खला देखिन्छ । तिनमा समान विशेषता पाइन्छ– सावधानीपूर्वक मञ्चन गरिएको फोटो सेसन, कोरियोग्राफपूर्ण अन्तरक्रिया र भाइरल हुनकै लागि बनाइएका सामाजिक सञ्जालमैत्री ‘साउन्डबाइट’ । यो जनसम्पर्कमै सीमित हुन्थ्यो भने समस्या हुने थिएन । तर, भारतका लागि अत्यन्त चिन्ताजनक के हो भने यसले भारतको विदेश नीतिको क्रमिक पतनलाई इङ्गित गर्छ– जहाँ सामाजिक सञ्जालको तमासाले वास्तविक प्रभावभन्दा बढी महत्व पाउन थालेको छ ।
यस पतनमा देशको मूल मुद्दा भने छायामा पर्न थालेको छ । यसको एक उदाहरण जी–७ बैठकमै देखियो । त्यहाँ ट्रम्प–मोदीबिच भेटका क्रममा ‘स्ट्रेट अफ हर्मुज’ त्यसैको केहीअघि अमेरिकी सैन्य हमलामा तीन भारतीय नाविकको मृत्युबारे प्रश्न सोधिँदा ट्रम्प हल्का टिप्पणी गर्दै पन्छिन्छन्, ‘खासमा राजनीति एक कठिन पेसा रहेछ ।’ ट्रम्पले त्यसो भन्दा छेउमा बसिरहेका मोदी मुस्कुराइरन्छन्, केही जवाफ दिँदैनन् । यी घटनाले मोदी सरकारको विदेश नीतिको तस्बिर प्रस्तुत गर्छ, जुन अत्यधिक दृश्यमान, अत्यधिक व्यक्तिगत, निरन्तर प्रचारित त छ, तर दुर्भाग्यवश नैतिक स्पष्टता, ठोस दृष्टिकोण र रणनीतिक आत्मविश्वासविहीन अवस्थाबाट गुज्रिरहेको छ । यसले गर्दा विश्व मामिलामा भारतको आवाज गुम्दै गएको छ ।
भारतको विदेश नीतिको परम्परा गर्व गर्न लायक छ । विगतमा भारतले आफ्नो देशको हित मात्र नभई आफूभन्दा बृहत्तर उद्देश्यको प्रतिनिधित्व गरेको विश्वास लिन्थ्यो । देशका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले असंलग्न आन्दोलनलाई आकार दिन भूमिका खेलेका थिए । उनले शीतयुद्धको समयमा महाशक्ति प्रतिद्वन्द्विताले विभाजित संसारमा भर्खरै स्वतन्त्र भएका देशको आवाजलाई आकार दिन भूमिका खेले । इन्दिरा गान्धीले पनि सन् १९७१ मा असाधारण रणनीतिक साहस प्रदर्शन गर्दै विश्वशक्ति अमेरिकी दबाबको प्रतिरोध गर्दै बङ्गलादेश निर्माणमा प्रमुख भूमिका खेलिन् ।
विश्वव्यापी मुद्दामा भारतले स्पष्ट अडान लिन छाडेको छ । जस्तो, सन् २०२२ मा रुसले छिमेकी युक्रेनमाथि आक्रमण ग¥यो । भारतले सन्तुलनको भाषा बोल्दै रणनीतिक सहयोगी रुसको निन्दा गर्नबाट पन्छियो । गाजाको आमविनाशप्रति पनि भारतले कुनै अडान लिएन । यो कुरा सन् २०२३ र २०२४ बिच गाजामा तत्काल युद्धविरामको माग गर्दै मतदान हुँदा भारत चारैपटक अनुपस्थित रह्यो । फेरि इरानमाथि अमेरिका र इजरायलको आक्रमण हुँदा नयाँदिल्ली यति सतर्क रह्यो कि लगभग भारतीय कूटनीति अदृश्य र पूर्ण रूपमा मौन देखियो । इरानका सर्वोच्च नेता, आयतोल्लाह खामेनीको अमेरिकी आक्रमणमा हत्या हुँदा भारतको नैतिक कायरता झन् स्पष्ट भयो । मोदीले नजिकैको देशका नेताको मृत्युमा समवेदना पनि व्यक्त गरेनन् । कतिपयले रणनीतिक अस्पष्टता भारतका लागि आवश्यक भएको तर्क गरिरहे ।
भारतले विगतमा विश्व घटनाप्रति प्रतिक्रिया मात्र नदिई आकार पनि दिने प्रयास गरेको इतिहास छ । तर, मोदी सरकारको कूटनीति भने प्रभावमा भन्दा प्रदर्शनमा केन्द्रित छ । मोदीका प्रत्येक विदेश यात्रामा समान रूपरेखा देखिन्छ– मोदी समर्थक भारतीय प्रवासीको भिडमा मोदीको उपस्थिति, अत्यन्त व्यवस्थित सांस्कृतिक कार्यक्रम र तिनमा केही भारतीय प्रवासीलाई प्रधानमन्त्रीले अँगालो हालेका दृश्य सामाजिक सञ्जालमा राख्न मिल्ने उत्कृष्ट ड्रोन सट र सावधानीपूर्वक सम्पादन गरिएका भिडियोहरू । मोदीका प्रत्येक विदेश भ्रमणका केही तस्बिर र दृश्य भाइरल पनि हुन्छन्, तर भ्रमणको परिणाम भने प्रायः अदृश्य नै रहन्छन् । मोदीले विगत १२ वर्षमा १०० विदेश भ्रमण गरिसके । तर, यति धेरै यात्राले भारतीय निर्यात बढाउन कत्ति भूमिका खेल्यो ? के प्रधानमन्त्रीको बढेको विदेश यात्राले भारतलाई ठुलो बजार पहुँच दिलाउन सक्यो ? के यसले चीनको बढ्दो आक्रामकताविरुद्ध भारतको स्थितिलाई बलियो बनायो ? यी भ्रमणले के मापनयोग्य परिणाम दिए ?
यही अवधिमा भारतको प्रतिद्वन्द्वी पाकिस्तानले आफूलाई महत्वपूर्ण कूटनीतिक वार्ताको केन्द्रमा राख्न सफल भएको छ । भारत कूटनीतिक कोठामा लगभग अनुपस्थित देखिँदा पाकिस्तानले अमेरिका र इरानबिच युद्ध अन्त्य गरेर ‘इस्लामाबाद समझदारी पत्र (एमओयू)’ गराउन मध्यस्थकर्ता र साक्षीको भूमिका खेल्यो । मोदीले भारतको विदेश नीतिलाई ‘इन्स्टाग्राम रिल’ मा झारेका छन् । मोदीको विदेश नीति सामाजिक सञ्जालका फिडमा त देखिन्छन्, तर निर्णयतर्फ डो¥याउने महत्वपूर्ण वार्ताहरूमा भने भारत कतै देखिँदैन । अर्थात्, मोदी जताततै देखिँदा भारत आफैँ भने कतै देखिँदैन ।
– द प्रिन्टबाट
Leave a Reply