भर्खरै :

निर्दलीय चरित्रदेखि सावधान !

निर्दलीय चरित्रदेखि सावधान !

पञ्चायतकालमा राजाभन्दा राजावादीहरू सक्रिय थिए । राजावादीहरूको अत्याचार, दमन, जनविरोधी कदम र निरङ्कुश चरित्रकै कारणले पनि पञ्चायती व्यवस्था अन्त्य भएको थियो । अहिले देशमा रास्वपाको नेतृत्वमा सरकार छ । बहुमतको आधारमा कुनै दलले सरकार सञ्चालन गर्नु स्वाभाविक हो । तर, पञ्चायतकालमा झैँ अहिले देशमा स्वतन्त्रताको नाउँमा स्वतन्त्रभन्दा बढी स्वतन्त्रता चाहने अन्धभक्तहरू रास्वपाले जे गरे पनि समर्थन गर्नेमात्र होइन ठिक्कै गरे भनी अझ बढाइचढाइ गर्न पछि पर्दैनन् । उनीहरू रास्वपालाई बहुमत जनताले मतदान गरेको हुँदा अरू सबै दल बेठीक, रास्वपामात्रै ठीक भनी वकालत गर्छन् । निर्वाचनमा जितेकै आधारमा कुनै दललाई सही ठान्नु उचित ठानिँदैन । अहिले जितेको आधारमा रास्वपालाई ठीक ठानेर अर्को निर्वाचनमा पहिलो दल बनेन या हालको भन्दा धेरै सीट हा¥यो भने के त्यो बेला रास्वपालाई बेठीक मान्ने हो ? त्यसो त योभन्दा अघि कहिले नेका, कहिले एमाले त कहिले माओवादी ठुलो दल बनेकै हुन् । ठुलो दल बनिरहुञ्जेल सही र ठुलो दल नभएपछि बेठीक भन्ने कुरा हुँदैन । कुन दल ठीक र बेठीक, सही र गलत त्यो दलको सिद्धान्त, दर्शन र विचारको आधारमा हुन्छ । त्यसकारण, दलको सच्चाइको मापदण्ड दल ठुलो र सानो होइन सिद्धान्त, दर्शन र विचार हो । बहुमतको आधारमा रास्वपालाई सही ठान्ने अन्धभक्तहरू हिजो चौथो दल हुँदा रास्वपा बेठीक भन्नु प¥यो नि ¤ हिजो राजाभन्दा राजावादीहरूको कारण पञ्चायती व्यवस्था या राजतन्त्र बदनामसँगै अन्त्य भएझैँ अहिलेको रास्वपा पनि ‘स्वतन्त्रभन्दा बढी स्वतन्त्र भएर गुणगान गर्ने अन्धभक्तहरूकै कारण रास्वपा पछि अन्त्य हुन बेर लाग्दैन ।
रास्वपाको पहिलो महाधिवेशनले पनि आफ्नो पार्टीको स्पष्ट सिद्धान्त, दर्शन र विचार प्रस्ट पारेको छैन । त्यो दलको दृष्टिकोण स्पष्ट छैन भन्ने कुरा संवैधानिक समाजवादी अवधारणा छोडेर लोकतान्त्रिक पद्धतिलाई मान्यता दिएबाट थाहा हुन्छ ।
संसदीय पद्धतिअनुसार राष्ट्रपतिलाई आफ्नो सरकारको नीति र कार्यक्रम वाचन गर्न निम्त्याउने प्रम बालेन साह आफै राष्ट्रपतिले वाचन गर्दै गर्दा उठेर संसद्बाट बाहिर गए । यो प्रमलाई सुहाउने कुरा होइन । के यो झन्डै दुईतिहाइ बहुमत प्राप्त दलको अहङ्कार हो ? यो स्वच्छ छविको सरकार हो भने गत भदौ २३ र २४ गते भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्छ । जुन वर्गको हातमा डाडु–पन्यु हुन्छ त्यसले आफ्नो वर्गको हितबाहेक अरूको हित हेर्दैन । यो सरकारको जिम्मेवार नेता र मन्त्रीले सरकारी नीति तथा कार्यक्रम र बजेट मध्यम वर्गको हितको निम्ति ल्याएको बताए । उक्त भनाइले यो सरकार शोषित पीडित या श्रमजीवीवर्गको पक्षमा छैन भने थाहा हुन्छ ।
सुकुमवासी बस्तीलाई हतारमा उठाएर उचित व्यवस्थापनमा ढिलाइ भएको निश्चित हो । स्वदेशमै आवश्यक रोजगारीको अवसर नपाउनु र देशको अर्थतन्त्र मजबुत नहुनु यथार्थ हो । प्रधानमन्त्री बालेनले संसदीय मान्यताको अपमान गरेकै हुन् । संसद्मा अन्य दलका सांसदहरूको जिज्ञासाको जवाफ दिने नाउँमा अपनाउनुपर्ने शिष्टताभन्दा बाहिर गएर आक्रामक शैलीमा उत्रिनु सरकारको लागि शोभनीय होइन । दल खोलेर, दल बनाएरै बहुमत प्राप्त गरेको दलले दलीय आधारलाई मान्यता नदिने नीति अपनाउने रास्वपामा दलीत्न्दा निर्दलीय चरित्रको दुर्गन्ध छ भन्ने थाहा हुन्छ । सरकारले गरेको नीति, निर्णय र क्रियाकलापले यो सरकार जनतामाझ बदनाम मात्र होइन जनतामा असन्तोष बढ्दै गएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *