अर्जेन्टिनाविरुद्धको इजिप्ट खेलको दोस्रो हाफमा भिएआर विवाद के थियो ?
- असार २६, २०८३
हरेक प्रकारले पार्टीको एकता र सामाञ्जस्यतालाई बलियो पार्नुपर्ने हुन्छ । समग्र पार्टी पङ्क्ति केन्द्रीय समितिको एकीकृत नेतृत्वअन्तर्गत अगाडि बढ्ने गरी साङ्गठनिक अनुशासन कायम गरिनुपर्दछ ।
सङ्गठन, अनुशासन र एकताका सबल भावना क्रान्तिकारी पार्टीका प्राणवायु हुन्, पार्टीको अपराजय सामथ्र्यका ऊर्जा हुन् । निरपेक्ष क्रान्तिकारी अनुशासन यसरी स्थापित गर्नुपर्दछ कि समग्र पार्टी एउटै विचार र उद्देश्यका साथ केन्द्रीय समितिको वरिपरि बलियोसँग गोलबद्ध होओस् र पार्टीका कार्य तथा कार्यक्रममा देखापरेका सबै समस्यालाई पार्टी समितिमा ल्याई एकमना निर्णयअनुसार समाधान गरिनुपर्दछ । पार्टीका सबै सदस्य र भ्रातृ–सङ्गठनहरू पार्टीमा स्थापित पद्धतिअनुसार कार्य र जीवनशैली अपनाउनुपर्दछ ।
पार्टीको विचार तथा नीतिको रक्षा गर्ने र जीवनको अन्तिम अवस्थासम्म तिनीहरूको कार्यान्वयन गर्ने क्रान्तिकारी माहोललाई अनन्त परम्पराको रूपमा कायम राखिनुपर्दछ । पार्टीका सबै भ्रातृ सङ्गठनहरूले पार्टी नीति हासिल गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्दछ र कहिल्यै नछोड्ने गरी पार्टी कार्यदिशा र नीतिलाई कार्यान्वयन गर्न लगनशील रहनुपर्दछ ।
समग्र पार्टी पङ्क्ति र आम जनताबिचको सम्बन्धलाई अझ बलियो पारिनुपर्दछ ।
यही नै पार्टीको एकत्व र सामथ्र्यको ऊर्जा हो । देश र क्रान्तिको रक्षा गर्ने सबैभन्दा शक्तिशाली हतियार पनि हो ।
समग्र पार्टीले ‘जनताको लागि सबै कुरा र जनतामा आधारित सबै कुरा’ भन्ने नारालाई उच्च राख्नुपर्दछ । कमरेड किम इल सङ र किम जोङ इलका दृष्टिकोणलाई जनतामा स्थापित गर्दै जनताप्रति परमेश्वरमा जस्तै विश्वास गर्नुपर्दछ; उनीहरूलाई महत्व दिनुपर्दछ; उनीहरूको निष्ठावान् सेवक बन्नुपर्दछ । जनताबिचको गहिराइमा जानुपर्दछ, उनीहरूसँग सुख–दुःख साट्नुपर्दछ । जनताको भलाइको लागि समर्पणका साथ काम गर्नुपर्दछ ।
समग्र पार्टीले शक्तिको दुरूपयोग, नोकरशाहीपना र भ्रष्टाचारविरुद्ध तीव्र सङ्घर्ष सञ्चालन गर्नुपर्दछ । जुछेको क्रान्तिकारी पार्टीको रूपमा आफ्ना मौलिक विशेषताहरूलाई कायम राख्नुपर्दछ । आम जनताको माग र स्वार्थका समग्र रक्षा र सेवा गर्नुपर्दछ ।
कोरियाली श्रमिक पार्टीको नेतृत्व मातहत हामीले जुछे क्रान्तिको ध्येय र पहिलोपटक पाक्तु पर्वतमा सुरु गरिएको समाजवादको ध्येयलाई पूर्णतामा लिएर जानुपर्दछ ।
हामी समाजवादको निर्माण र यसको समग्र कार्यान्वयनको आम कार्यदिशामा निरन्तर लागिरहनुपर्दछ ।
महान् कमरेड किम इल सङले अगाडि सार्नुभएको आम कार्यदिशा अर्थात् जन सरकारलाई बलियो पार्दै यसका कार्य तथा भूमिकालाई निरन्तर बढावा दिँदै वैचारिक, प्राविधिक र सांस्कृतिक क्रान्ति हासिल गर्ने कार्यदिशा समाजवाद निर्माणमा स्थायी रूपमा लागिपर्ने रणनैतिक कार्यदिशा हो ।
हाम्रो सरकार र समाजवादी व्यवस्था अझ थप भए–नभएको, जनसरकारले जनताको स्वतन्त्रता हासिल गर्ने अधिकारको प्रतिनिधिको रूपमा, जनताका सृजनात्मक क्षमताको व्यवस्थापकको रूपमा, जन–जीविकाप्रति जिम्मेवार प्रशासकको रूपमा र जनताको स्वतन्त्रता र सृजनशीलताको रक्षकको रूपमा आफ्ना जिम्मेवारी र भूमिकाहरूलाई पूरा गरेको छ कि छैन हेर्नुपर्दछ । जनसरकारका कार्य पद्धति र विधिहरूलाई विकसित यथार्थका आवश्यकताअनुसार सुधार गरिनुपर्दछ । समाजमाथि राज्यको एकीकृत मार्ग निर्देशन र आर्थिक कार्यको सङ्गठकको रूपमा, सरकारका कार्यहरूलाई बढावा दिइनुपर्दछ । यसरी हराभरा देश निर्माणको ऊर्जावान् प्रोत्साहन दिइरहनुपर्दछ ।
वैचारिक, सांस्कृतिक र प्राविधिक गरी तीन क्रान्ति नै आधारभूत तरिकाहरू हुन् । यिनैमा समाजवादी समाजका आम जनताले स्वतन्त्रताका आफ्ना मागहरूको प्रत्याभूति प्राप्त गर्दछन् ।
यदि हराभरा समाजवादी राष्ट्र निर्माण गर्ने आवश्यकताअनुसार, मानिसका पुनः निर्माण र प्रकृतिको रूपान्तरणलाई सफलतापूर्वक हासिल गर्नु छ र सामाजिक सम्बन्धहरूलाई पूर्णतामा लानु छ भने वैचारिक क्रान्तिलाई ठोस प्राथमिकतामा राख्दै प्राविधिक र सांस्कृतिक क्रान्तिलाई पनि सँगसँगै अगाडि बढाउनुपर्दछ ।
हामीले विचार, सैन्य मामला र विज्ञानलाई महत्व दिने पार्टी कार्यदिशालाई द¥होसँग पक्डिएर हराभरा समाजवादी राष्ट्र निर्माणलाई अगाडि बढाउनुपर्दछ ।
हाम्रो क्रान्तिको प्राथमिक किल्लाको रूपमा रहेको राजनैतिक तथा वैचारिक हैसियतलाई बलियो पार्ने कार्यलाई प्राथमिकतामा राखिनुपर्दछ ।
पार्टी सदस्यहरू र अन्य जनताबिच पाँचबुँदे वैचारिक शिक्षा सञ्चालन गरी हामीले पाक्तुको क्रान्तिकारी मर्मका साथ बलिरहेको रापिलो हृदय भएका उनीहरूलाई महान् विचार र निष्ठामा तयार पार्नुपर्दछ । उनीहरूले नै सबैतिर र सधैँभरि एकमना एकत्वको उत्साहका साथ हाम्रो रक्षा गर्दछन् । त्यस्तैगरी, साम्राज्यवादविरोधी वर्ग सचेतनाको भावनाले ओतप्रोत रही हाम्रो वर्गीय हैसियत र क्रान्तिकारी हैसियतलाई चट्टानजस्तै बलियो पार्न, सदा प्रयासरत उनीहरूलाई वर्गसङ्घर्षका अग्रदस्ता बनाउनुपर्दछ । भित्रैबाट हाम्रो समाजवादी व्यवस्थालाई धराशायी पार्ने शत्रुका विविध चालहरूप्रति चनाखो भइरहनुपर्दछ । राजनैतिक सचेतनाका साथ यस्ता चालहरूलाई रोक्नुपर्दछ र समाजवादको बगैँचामा जस्तोसुकै तुच्छ प्रकारको किन नहोओस्, पुँजीवादी विषालु झारपातहरूलाई कहिल्यै आउन दिनुहुँदैन । समग्र देशले पुरानो प्रकारको नैतिकता तथा जीवन पद्धतिलाई अन्त्य गर्ने प्रयास गर्नुपर्दछ र आम जनताले एक आपसलाई सहयोग गरिरहने र अगाडि बढाइरहने उत्कृष्ट र सामाञ्जस्यपूर्ण ठुलो समाजवादी परिवारको सुन्दर व्यवस्थालाई पूर्णता दिनुपर्दछ ।
नयाँ पुस्ताका युवाहरू कसरी तयारी अवस्थामा छन् भन्ने कुरामा देशको भविष्य र क्रान्तिको आशावादिता भर पर्दछ । पार्टीका सम्पूर्ण भ्रातृ सङ्गठनहरूले युवाहरूलाई महत्व दिँदै पार्टीका विचार र कार्यदिशालाई बलियोसँग पक्डनुपर्दछ । पार्टी वरिपरि युवाहरूलाई गोलबद्ध गर्दै उनीहरूसँगको सहकार्यमा ठुलो प्रयास लगाउनुपर्दछ । पार्टीको शुद्ध र सफा वैचारिक प्राणवायु र निष्ठाको रगतलाई बोकेर हिँड्न सक्ने गरी युवाहरूलाई क्रान्तिका अग्र लडाकु दस्ता र युवा सङ्गठन अभिनेता बनाउन प्रोत्साहित गर्नुपर्दछ र अन्तिमसम्म युवाको भाग्यलाई पार्टीको भाग्य बनाउनुपर्दछ ।
पार्टीका आत्मनिर्भर प्रतिरक्षा क्षमताहरू सोङ्गुन कोरियाका प्रतिष्ठा, सार्वभौमिकता र विजयको सुनिश्चितता हुन् । पार्टीको आत्मनिर्भर प्रतिरक्षाको सैन्य कार्यदिशा र दुवै मोर्चालाई एकसाथ अगाडि बढाउने पार्टीको कार्यदिशाअनुसार देशको प्रतिरक्षा क्षमतालाई थप बढाउने उद्देश्य हासिल गरिनुपर्दछ ।
पार्टीले क्रान्तिकारी सैन्य माहोल, आफूभित्र सैन्य अनुशासनजस्ता सर्वोच्च सेनाध्यक्षको आदेश प्रणालीलाई पूर्ण रूपमा स्थापित गर्नुपर्दछ । सबै राष्ट्रसेवी कर्मचारीलाई सयको विरूद्ध एकअनुसारको लडाकु बन्ने र आफ्ना सबै एकाइहरूलाई उच्च स्तरका लडाकु फौजको रूपमा तयार पार्न, युद्ध तथा राजनैतिक प्रशिक्षणलाई घनिभूत पार्नुपर्दछ ।
पार्टीले सधैँ हाम्रो क्रान्तिको पहिलो पङ्क्तिमा उभिएर अग्रता कायम राख्ने छलाङ मार्नुपर्दछ । ‘एकै पटक सबै’ भन्ने आफ्नो लडाकु उत्साहलाई पूर्णता दिनुपर्दछ र हराभरा राष्ट्र निर्माणको सबै मोर्चामा महान् सेना–जनता एकताको सामथ्र्यलाई पूर्णतामा पु¥याउनुपर्दछ ।
हामीले ठुलो सङ्ख्यामा आफ्नै प्रकारका शक्तिशाली धारिलो सैन्य हात–हतियार उत्पादन गर्नुपर्दछ । हाम्रो आत्मरक्षात्मक आणविक प्रतिरोधलाई निरन्तर बढाइरहनुपर्दछ र आम जनप्रतिरोधको लागि हाम्रा तयारीलाई पूर्णता दिनुपर्दछ ।
जतिसक्यो समयमै आधुनिक विज्ञान तथा प्रविधिको सहयोगले आर्थिक शक्ति तथा सभ्य राष्ट्र निर्माण गर्ने पार्टीको सङ्कल्प र चाहना रहेको छ । हामीले विज्ञान र प्रविधिको विकासलाई ठोस प्राथमिकता दिनुपर्दछ र हराभरा समाजवादी राष्ट्रका सबै पक्षलाई समेट्ने गरी शक्तिशाली अर्थव्यवस्था र सभ्यताको उच्च स्तर भएको समाजवादी राष्ट्र निर्माण गर्ने कार्यमा हाम्रा सबै प्रयासहरूलाई केन्द्रित गर्नुपर्दछ ।
पार्टीले अगाडि सारेको क्रान्तिकारी आर्थिक कार्यदिशा र नीतिहरूमा प्रतिबद्ध रहँदै हामीले चरणबद्ध रूपमा आर्थिक शक्ति बनाउने लक्ष्य हासिल गर्ने, सङ्घर्षलाई घनिभूत रूपमा सञ्चालन गर्नुपर्दछ । राष्ट्रिय अर्थतन्त्रका सबै अग्रमोर्चालाई टेवा दिने कार्यमा आफ्ना प्रयासहरू केन्द्रित गर्नुपर्दछ ।
जनताले सन्तुष्ट हुने गरी, समाजवादको फाइदा उपयोग गरून् र संसारमा कुनै पनि कुराप्रति इष्र्या नरहने गरी खुसी जीवन बिताऊन् भन्नाका लागि पार्टीको योजना र चाहनाअनुसार, जनताको जीवनस्तर सुधार गर्ने काममा आफ्ना प्राथमिक प्रयासहरूलाई लगाउनुपर्दछ ।
हामीले एक्काइसौँ शताब्दीमा सभ्यताको नयाँ सुनौलो युग सुरु गर्नेजस्तो सभ्य समाजवादी राष्ट्रको लागि उपयुक्त प्रकारका शिक्षा, जनस्वास्थ्य, खेलकुद, कला तथा साहित्यलगायत संस्कृतिका सबै क्षेत्रको विकास गर्नुपर्दछ ।
कोरियाली जातिको दीर्घकालीन चाहनाको रूपमा रहेको राष्ट्रिय पुनः एकीकरणको ऐतिहासिक ध्येयलाई बिना असफलता हासिल गरिनुपर्दछ ।
देश र राष्ट्रको भाग्य र भविष्यप्रतिको जिम्मेवारीलाई आत्मसात गरेको कोरियाली श्रमिक पार्टीको लागि राष्ट्रिय पुनःएकीकरण नै सबैभन्दा महत्वपूर्ण कार्यभार हो । विगत शताब्दीदेखि कायम रहेको राष्ट्र विभाजनको पीडालाई अब हामीले सहनुहुँदैन । उत्तर–दक्षिण कोरियाबिचको ऐतिहासिक जून १५ को संयुक्त घोषणा र उनीहरूबिच सहमति भएको अक्टोबर ४ को घोषणाका राष्ट्रिय पुनः एकीकरणको लागि तीन सिद्धान्तमा स्पष्ट पारिएअनुसार हामीले आफै आफ्नो राष्ट्रको सिद्धान्तमा आधारित रही विदेशी शक्तिलाई इन्कार गरी, स्वतन्त्रताका साथ देशको पुनः एकीकरण गर्नुपर्दछ ।
महान् नेताहरूको चाहना र मार्गनिर्देशनलाई अवलम्बन गर्दै हामीले राष्ट्रिय पुनः एकीकरणको ऐतिहासिक ध्येयलाई हासिल गर्नुपर्दछ र यस भूमिमा सम्पन्न पुनः एकीकृत देश निर्माण गर्नुपर्दछ ।
हामीले पार्टीको स्वतन्त्रताको विदेश नीतिलाई कार्यान्वयन गर्नुपर्दछ र विश्वव्यापी स्वतन्त्रताको ध्येयलाई हासिल गर्न योगदान पु¥याउनुपर्दछ ।
स्वतन्त्रता, शान्ति र मित्रताको आदर्शमा आधारित रही, हामीले आफूप्रति मित्रवत् रहने अन्य देशहरूसँगको सम्बन्धलाई विकास गर्नुपर्दछ । प्रभुत्व र मनपरी एकाधिकारको खोजी गर्ने साम्राज्यवादी र प्रभुत्ववादी अतिक्रमण र हस्तक्षेपका योजनाहरूलाई कठोरताका साथ निर्मूल पार्नुपर्दछ र अन्त्यमा विश्वव्यापी शान्ति, सुरक्षा र स्वतन्त्रता हासिल गर्नुपर्दछ ।
यतिबेला हाम्रो अगाडि परीक्षा र कठिनाइहरूलाई बहादुरीका साथ सामना गर्दै जुछे–क्रान्तिको ध्येयको अन्तिम विजयलाई तिव्रता दिने हालसम्मको बाँकी उत्कृष्ट कार्यभार हाम्रोसामु छ ।
सबै राष्ट्रसेवी कर्मचारी र जनता एक मन र उद्देश्यका साथ पार्टी वरिपरि गोलबद्ध रहनुपर्दछ । क्रान्तिको अन्तिम विजयतिर आम रूपमा अगाडि बढ्न कदम बढाउनुपर्दछ । यस कोरियाली श्रमिक पार्टीले भविष्यमा पनि किम इल सङ र किम जोङ इलको महान् पार्टीको रूपमा आफ्नो प्रतिष्ठा र सामथ्र्य सारा संसारलाई देखाउनेछ ।
किम इल सङ र किम जोङ इलको महान् पार्टीको यो पवित्र ध्येय सदा विजयी रहनेछ ।
(४ अक्टोबर २०१५ मा कोरियाली मजदुर पार्टीको ७० औँ स्थापना दिवसको अवसरमा २२ असोज, २०७४ मा प्रकाशित ‘किम जोङ उन’ बाट साभार)
समाप्त
Leave a Reply