नेपालले कतिसम्म थेग्न सक्छ ऋणको भार ?
- असार २७, २०८३
(प्रतिस्पर्धात्मक आह्वान र प्रतिद्वन्द्वी झन्डाले प्यालेस्टिनले अब खेलकुदमा शक्ति र निष्पक्षतामाथिको बहसलाई कसरी आकार दिन्छ भनेर देखाएको छ ।)
मङ्गलबार एटलान्टामा इजिप्ट र अर्जेन्टिनाबिचको फिफा विश्वकपको अन्तिम १६ को खेल सम्भवतः प्रतियोगिताको सबैभन्दा विवादास्पद खेल र राजनीतिक रूपमा सबैभन्दा परिणाममुखी खेल दुवै हुन गयो ।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाविरुद्ध १–० ले अग्रता लिएपछि, इजिप्टको दोस्रो गोल विवादास्पद रूपमा अस्वीकृत गरिएको थियो र अर्जेन्टिनाको गोलको भिडियो समीक्षाको लागि अनुरोध अस्वीकार गरियो ।
प्रशंसक र विज्ञहरूले भिडियो समीक्षा (VAR) असमान रूपमा प्रयोग गरिएको र इजिप्टको ३–२ को हार अन्यायपूर्ण भएको गुनासो गरे ।
इजिप्टका प्रशिक्षक होसम हसनले खेल ‘निष्पक्ष’ नभएको बताए र फिफाले अर्जेन्टिना र यसको विश्वव्यापी सुपरस्टार लियोनेल मेस्सीलाई प्रतियोगितामा अगाडि बढाउन चाहेको बताए ।
इजिप्टको फूटबल सङ्घले बुधबार औपचारिक उजुरी दर्ता गराएको थियो । सायद खेलको विवादास्पद अन्त्यमा लुकेको अझ ठुलो कथा छ । इजिप्ट–अर्जेन्टिना खेल कसरी प्यालेस्टिनी सङ्घर्षको पछिल्लो सङ्केतमा परिणत भएको तरिका ।
बढ्दो रूपमा, इजरायल र प्यालेस्टिनको स्थितिलाई राजनीतिक र नैतिक निष्ठाको मापनको रूपमा हेरिन्छ, जबकि प्यालेस्टिनी मुद्दा खेलकुदभित्र देखिने राजनीतिक विभाजन रेखाको रूपमा देखा परेको छ । पछिला खेलकुदको स्मृतिमा यो कुरा इजिप्ट–अर्जेन्टिना खेलभन्दा स्पष्ट अरू कतै भएको थिएन ।
खेलको सुरु हुनुभन्दा अगाडि, हसनले प्यालेस्टिनी दुर्दशालाई उजागर गर्न आफ्नो प्लेटफर्म प्रयोग गरे । जुलाई ३ मा इजिप्टको टोलीको पहिलो विश्वकप नकआउट खेल जितपछि, हसनले खेलपछिको पत्रकार सम्मेलनमा मैदानमा प्यालेस्टिनी झन्डा फहराए र जित प्यालेस्टिनीलाई समर्पित गरे ।
त्यसपछि उनले सोमबार खेलपूर्वको पत्रकार सम्मेलनमा प्यालेस्टिनीहरूको पीडाको बारेमा भावुक भाषण दिए । आफ्नो टिप्पणीको एक अंशको रूपमा हसनले भने कि जो कोही प्यालेस्टिनीहरूप्रति दया महसुस गर्दैन, ‘त्यो मानिस होइन’ ।
इजरायल र प्यालेस्टिन वरपरको राजनीति पनि खेल प्रशंसकका अनुभवमा फैलियो । खेलको क्रममा, गाजामा प्यालेस्टिनीहरूले इजिप्टको झन्डा फहराउँदै इजिप्टको टोलीको जयजयकार गरे ।
यसैबिच, रङ्गशालाभित्र इजिप्टका र अर्जेन्टिनाका समर्थकहरूले यता उता झन्डा तेर्साए, अर्जेन्टिनाका समर्थकहरूले इजरायली झन्डा उठाएका थिए र इजिप्टका समर्थकहरूले प्यालेस्टिनीको झन्डा उठाएका थिए ।
राजनीतिक उल्झनहरू
अर्जेन्टिनाका समर्थकहरूमाझ इजरायली झन्डाको उपस्थिति उल्लेखनीय र प्रतीकात्मक रूपमा महत्वपूर्ण थियो† विशेष गरी अर्जेन्टिनाका जनताको जनमत र राजनीतिलाई ध्यानमा राख्दै । सर्वेक्षण तथ्याङ्कले देखाउँछ कि समग्रमा अर्जेन्टिनाका जनता इजरायलको अत्यधिक आलोचक बनेका छन्, तर सरकार अझै पनि इजरायलको पक्षमा छ ।
उत्तर अमेरिकामा विश्वकप ल्याउने श्रेय लिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेइकोे सम्बन्ध पनि महत्वपूर्ण छ ।
मिलेइ र ट्रम्प धेरै नजिक रहेको बताइएको छ । अमेरिकी नेताले मिलेइलाई आफ्नो ‘मनपर्ने राष्ट्रपति’ भनेका छन् र अर्जेन्टिनाका राज्य प्रमुखले आफ्ना अमेरिकी समकक्षीलाई खुला र स्पष्ट समर्थन प्रदान गरेका छन् ।
महत्वपूर्ण कुरा त, दुवै नेताहरू इजरायलको अत्यधिक समर्थक छन् । मिलेइले हालै घोषणा गरे कि उनी ‘विश्वको सबैभन्दा यहुदीवादी राष्ट्रपति भएकोमा गर्व गर्छन्’, जबकि ट्रम्पले बारम्बार आफूलाई इजरायलको ‘उत्कृष्ट मित्र’ भनेर वर्णन गरेका छन् । ट्रम्प फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पनि नजिक छन् ।
२०२५ मा, इन्फान्टिनोले ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न पैरवी गरे । त्यस वर्षको अन्त्यमा, इन्फान्टिनोले नयाँ सम्मान, फिफा शान्ति पुरस्कार सिर्जना गरे र तुरुन्तै ट्रम्पलाई प्रदान गरे ।
विश्वकपको समयमा उनीहरूको सम्बन्धको निकटता प्रदर्शनमा आएको छ । ट्रम्प र इन्फान्टिनोले यस हप्ताको सुरुमा अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनलाई दिइएको रातो कार्ड उल्टाउन मिलेर काम गरे, जसलाई बेल्जियमविरुद्धको अमेरिकी टोलीको अन्तिम १६ को खेलबाट निलम्बन (रेड कार्ड दिइएको) गरिएको थियो ।
ट्रम्पले सार्वजनिक रूपमा भने कि उनले इन्फान्टिनोलाई फोन गरेर निलम्बन उल्टाउन आग्रह गरे । यो घटनाले इजिप्टविरुद्ध अर्जेन्टिनामा हस्तक्षेप स्थापित गर्दैन तर यसले पहुँच र राजनीतिक प्रभावले फिफाको निर्णय प्रक्रियालाई असर गर्न सक्छ भन्ने धारणालाई बलियो बनाउँछ ।
इन्फान्टिनोलाई प्यालेस्टिनीहरूविरुद्ध इजरायली अपराधलाई चोख्याउने प्रस्ताव गरेको आरोप पनि लगाइएको छ† जबकि युक्रेनमा आक्रमण गरेपछि रूसलाई निलम्बन गर्न द्रुतगतिमा अघि बढेपछि इजरायललाई प्रतिबन्ध लगाउन अस्वीकार गरेकोमा फिफाले आलोचना खेप्नु परेको थियो ।
प्यालेस्टिनी दृष्टिकोण
इजिप्ट–अर्जेन्टिनाको खेल यही बृहत् राजनीतिक पृष्ठभूमिमा भएको थियो । राजनीतिक नाटकबिना र प्यालेस्टिनको आत्मा बिना खेल वरपरको विवाद धेरै हदसम्म फूटबलमा सीमित रहन सक्थ्यो । प्रशंसकहरूले रेफ्री निर्णय र भिडियो सहयोग (VAR) प्रोटोकलहरूमा मात्र बहस गरेका हुन सक्थे ।
तर, यो खेल एक विशेष ऐतिहासिक क्षणमा भएको थियो : अन्तर्राष्ट्रिय अदालतमा इजरायलविरुद्ध नरसंहारको मुद्दा, इजरायलको अभूतपूर्व विश्वव्यापी निन्दा र खेलकुदमा प्यालेस्टिनी मुद्दाको लागि व्यापक अन्तर्राष्ट्रिय समर्थन ।
लाखौँ फूटबल प्रशंसकहरूका लागि, विशेष गरी अरब र मुस्लिम संसारका लागि गाजा विश्वव्यापी व्यवस्थाको एक आदर्श उदाहरण बनेको छ† जहाँ शक्तिले परिणामहरूलाई मात्र आकार दिँदैन तर परिणामहरूलाई वैध ठहराउने नियमहरूलाई पनि आकार दिन्छ ।
इजरायलले दसौँ हजार प्यालेस्टिनीहरूलाई मारेको छ र गाजाको धेरै भागलाई ध्वस्त पारेको छ । यो सबै विश्वको सबैभन्दा शक्तिशाली देशको समर्थनमा भएको छ, जसले इजरायललाई जवाफदेहिताबाट जोगाउँछ र नियममा आधारित व्यवस्थालाई सक्रिय रूपमा कमजोर पार्न खोज्छ । यही राजनीतिक, प्यालेस्टिन–केन्द्रित दृष्टिकोणबाट इजिप्ट–अर्जेन्टिना खेलको व्याख्या गरिएको थियो ।
मान्यता नदिइएको इजिप्टको गोल, अर्जेन्टिनाको स्पष्ट फाउलमा समर्थन नगरिएको र डीबक्समा इजिप्टका मोहम्मद सलाहलाई स्पष्ट फाउल गरेपछि रेफ्रीले ख्ब्च् प्रयोग गर्न अस्वीकार गरेको घटनालाई परिचित ढाँचाको पुनरुत्पादनको रूपमा व्याख्या गरिएको थियो । बढी शक्तिशाली टोलीले शङ्काको फाइदा लिइरहेको छ, जबकि तटस्थ संस्थाहरूले आफ्ना नियमहरू असमान रूपमा लागू गरेको देखिन्छ ।
यसको अर्थ यो होइन कि फिफाले अर्जेन्टिनाको जित सुनिश्चित गर्न गोप्य रूपमा षड्यन्त्र रचेको थियो । तर शक्ति र पूर्वाग्रहलाई सधैँ पूर्वनियोजित, जानाजानी योजनाको आवश्यकता पर्दैन र खेलको व्यापक प्रतिक्रियालाई गहिरो असमान वातावरणमा सञ्चालन गर्दा तटस्थता दाबी गर्ने संस्थाहरूमा विश्वासको व्यापक सङ्कटबाट अलग गर्न सकिँदैन ।
प्यालेस्टिनी जनताको पक्षमा बोल्ने लाखौँ फूटबल प्रशंसकहरूका लागि इजिप्ट–अर्जेन्टिना खेलको खल्लो चाँडै हराउने सम्भावना छैन । न त हसनले प्यालेस्टिनी झन्डा फहराएको वा विश्वको सबैभन्दा ठुलो खेलकुद मञ्च प्रयोग गरेर प्यालेस्टिनी पीडाको बारेमा बोलेको छवि नै ।
(पल चाइल्ड्स/रोयटर्स)
Leave a Reply