भर्खरै :

गाँजा, लागूपदार्थ र विदेशीको चलखेल

गाँजा, लागूपदार्थ र विदेशीको चलखेल

जानकारहरूका अनुसार ८० वर्ष पहिलेदेखि नै नेपालमा गाँजा खुला थियो । मन्दिर–मन्दिर र भजन घरमा ‘हरेराम, हरेकृष्ण’ को भजनपछि गाँजा खानु अत्यन्त स्वाभाविक थियो । त्यस्तै पसल पसलमा चियामा समेत ‘चरेस’ राखेर ‘ग्राहक’ र ‘उपभोक्ता’ हरू तान्ने गर्थे । काठमाडौँ उपत्यकामा समेत खेतखेतका डिलहरूमा गाँजा उम्रिन्थ्यो र त्यही उपयोग गर्थे । तर, चराचुरूङ्गीहरूले खाएको ‘बियाँ’ र ‘विष्टा’ ले घाम–पानी पाएर हरेक झिङ्गटी छाना भएका मन्दिरहरूमा र साधारण जनताको घरको छानामा गाँजा उखेल्ने झन्झट हुन्थ्यो ।
सम्भवतः त्यसैले मन्दिर र घरको हेरचाहको निम्ति वर्षाभन्दा अघिल्लो महिनामै र असार–साउन–भदौपछि असोज–कार्तिक महिनामा ‘पोल्हँ वाय्केगु’ अर्थात् ‘छाना मर्मत’ गर्ने गर्थे । त्यसैबेला वर्षाको पानीले झिङ्गटीको तलका काठ र चुकुलहरूको स्याहार वा फेर्ने काम पनि गर्थे । त्यो एउटा नियम र सांस्कृतिक सम्पदाको संरक्षणको एक नियम र सभ्यताकै अङ्ग थियो ।
अहिले गुठी अड्डा, पुरातत्व विभाग, नगरपालिका र वडा समितिहरूको ध्यान जानु आवश्यक छ । नत्र, हाम्रा कला–संस्कृति ‘जोगाउनु’ भन्दा ‘यो पुस्ताले कला संस्कृति संरक्षणको नाममा र उपभोक्ता समितिको नाममा ‘ठेकेदारहरू’ पोस्ने काम हुनेछ भन्ने व्यापक चर्चा छ । सबै सचेत रहनु आवश्यक छ ।
‘गण्डकीमा गाँजालाई वैधता दिने कानुन बन्यो’ (अन्नपूर्ण पोस्ट, २६ असार २०८३) । पञ्चायतकालदेखि नै भित्रभित्र विदेशीहरूले ‘लागूऔषध’लाई छुट दिने कोसिस गर्दै थिए । तर, प्रजातन्त्र र गणतन्त्रपछि पनि यो ‘लागूपदार्थको व्यापार बढ्दै गएको सबैलाई थाहा छ ।
नेपालमा आज पनि संरा अमेरिकाकै ‘गाँजा’ र ‘लागूपदार्थ’ भित्रिरहेको व्यापक चर्चा छ । अङ्ग्रेजीमा त्यसलाई ‘खुलमखुला र गुप्त’ (ओपन सेक्रेट) भनिन्छ । संसारमा सबभन्दा लागूपदार्थको व्यापार अमेरिकामै हुने बताइन्छ । अमेरिकी सरकार भने मन नपरेको हरेक सरकार र राष्ट्रपतिहरूलाई लागू औषधिको कारोबारी भन्ने आरोपको क्रममा पनामाका राष्ट्रपतिलाई थुनेर हत्या गरियो । आज भेनेजुयलाका राष्ट्रपति माडुरो र उहाँकी जहान श्रीमती माडुरोलाई अपहरण गरेर बन्दीगृहमा राखिएका छन् । यसकारण, लागूऔषधको विरोध गर्नुभन्दा ‘लागूऔषध कारोेबार राष्ट्रिय चुनौती’ र ‘सहकार्यमा मात्र नियन्त्रण सम्भव’ बताइन्छ । नागरिक दैनिक, २६ असार २०८३)

Leave a Reply

Your email address will not be published. Required fields are marked *