नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
-भदौ २३ र २४ गतेको उपद्रवमा ७ अर्ब रुपैयाँको सरकारी गाडी आगजनी गरियो । रास्वपाको बालेन सरकार अहिले ३ अर्ब रुपैयाँको गाडी खरिद गर्दै छ । यसमा के कति कमिसन लेनदेन हुने हो ? आगामी दिनमा पुष्टि हुनेछ । के प्रधानमन्त्री र गृहमन्त्रीले बानेश्वरस्थित पुरानो संसद् भवनमा सरकारी गाडी के कति खरानी अवस्थामा छ, कहिल्यै निरीक्षण गरे ?
-सिंहदरबारको दक्षिण ढोका अगाडि निहारिका राजपूत र विष्णु यादव नामका दुई महिला एक बच्चासहित वर्षाको पानीमा रुझ्दै धर्नामा बसे । न्याय माग्न काठमाडौँ आउन नपर्ने भन्ने बालेन सरकारले आफूहरूलाई भेटसमेत नदिएकोमा उनीहरूको विरोध थियो । सरकारी अङ्गले आफूहरूलाई बन्दुकको नाल तेस्र्याएको भन्ने उनीहरूको गुनासो थियो । सरकारका प्रहरीले जबरजस्ती उठाएपछि उनीहरूले सिंहदरबारअगाडि ‘बालेन सरकार मुर्दावाद’ नारा लगाएका थिए ।
-रास्वपाका सरकार प्रमुख बालेनले अर्थमन्त्री वाग्ले बजेटमा करको दर हेरफेरमा लागेको भन्दै निजी क्षेत्रसँग छलफलमा वाग्लेलाई राखेनन् । त्यसपछि वाग्लेले रास्वपा सभापति रविसँग सरकार प्रमुखको टोलीले आफूलाई नङ्ग्याउन खोजेको गुनासो गरे । वाग्लेले त्ी गाडीको कर दर चुहाएर २ अर्ब भ्रष्टाचार गरेको यसअघि नै सार्वजनिक भएको थियो ।
-बुद्ध छिरिङ मोक्तानले सिँहदरबार जलाएर आएको मुलुकलाई खरानी बनाएर आएको सरकारले न्याय दिने अपेक्षा गर्न नसक्ने बताए ।
Leave a Reply