प्रभात इङलिश स्कूलमा जिल्लास्तरीय टेबुलटेनिस प्रतियोगिता सुरु
- असार २८, २०८३
भक्तपुर, २९ असार । प्रभात इङलिश सेकेन्डरी स्कूलको आयोजनामा आइतबारदेखि सुरू भएको भक्तपुर जिल्लाव्यापी टेबलटेनिस प्रतियोगिता सोमबार पनि चालू रह्यो ।
प्रतियोगितातर्फ छात्रा १२ वर्षमुनितर्फको त्ेन्टसमा आरोही सुवाल (प्रभात इङलिस सेकेन्डरी स्कुल) प्रथम, साइना लिवी (प्रोक्सिमा इन्टरनेसनल एकेडेमी) द्वितीय, एलिसिया न्हुछे (प्रभात इङलिश सेकेन्डरी स्कुल) र आशिका बजगाइँ (वरदायणी आधारभूत विद्यालय) तृतीय हुन सफल भए ।
त्यस्तै छात्र १२ वर्ष मुनितर्फ त्ेन्ट्समा श्रीयान लाखे (प्रभात इङलिश सेकेन्डरी स्कूल) प्रथम, अरबीत गाइजू (प्रोक्सिमा इन्टरनेसनल एकेडेमी) द्वितीय र एलेक्स सुवाल (एभरेष्ट इङलिश स्कूल) र स्वर्णिम सितिखु (प्रभात इङलिस सेकेन्डरी स्कूल) तृतीय हुन सफल भए ।
सोमबार सम्पन्न प्रतिस्पर्धाअन्तर्गत छात्रा टीम त्ेन्ट्समा प्रभात सेकेन्डरी स्कूल प्रथम, लर्नस एकेडेमी द्वितीय तथा जेन्युइन सेकेन्डरी स्कूल र प्रोक्सिमा इन्टरनेसनल एकेडेमी तृतीय भए । छात्र टीम त्ेन्ट्समा प्रभात इङ्गलिश सेकेन्डरी स्कूल प्रथम, प्रोक्सिमा इन्टरनेसनल एकेडेमी द्वितीय तथा जेन्युइन सेकेन्डरी स्कूल र लर्नस एकेडेमी स्कूल तृतीय हुन सफल भए ।
प्रतियोगिताका संयोजक मुना बासुकलाका अनुसार छात्र र छात्रा १६ वर्ष मुनितर्फको त्ेन्ट खेलको फाइनल मङ्गलबार दिनको २ः०० बजे बेखाल टेबुलटेनिस कभर्ड हलमा हुनेछ ।
उक्त फाइनल खेलमा छात्रातर्फ उरबी सुवाल (प्रभात इङलिश सेकेन्डरी स्कूल) र मालाश्री सुवाल (लर्नस एकेडेमी) बिच र छात्रतर्फ सफल सुवाल (प्रभात इङलिश सेकेन्डरी स्कूल) र नयन ललुवा (प्रोक्सिमा इन्टरनेसनल स्कूल) बिच हुनेछ ।
विजयी विद्यार्थीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिने आयोजक विद्यालयका प्रिन्सिपल स्वर्णिमा मूलले जानकारी दिनुभयो ।
Leave a Reply