कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
जिल्ला प्रशासन कार्यालय धनुषा
२०८२ भदौ २३ र २४ गते भएको घटनामा बल प्रयोग गरिएको थिएन । बल प्रयोग नभएको कारण धनुषा जिल्लामा कुनै पनि व्यक्ति घाइते भएन । प्रदर्शनमा आएका विभिन्न समूहबाट व्यक्तिका निजी सम्पत्तिमाथि आक्रमण गरेर घरहरू जलाउने काम भएको थियो । उक्त विषयमा सम्पूर्ण विवरणका मुचुल्का जिल्ला प्रहरी कार्यालय र कार्यालय मातहतका निकायहरूबाट गरिएको हो । ती मुचुल्काहरू सम्बन्धित निकायमा सुरक्षित नै छन् ।
सुरक्षा निकायहरूको परिचालन र समन्वय
निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुगे तापनि कुनै किसिमको मानवीय क्षति हुन पाएन ।
जिल्ला प्रशासन कार्यालय रौतहट
२०८२ भदौ २३ गते चन्द्रपुर, फतुवा, विजयपुर, कटहरिया, गरुडा न.पा.का भवनहरू आन्दोलनकारीले आगजनी गरी क्षति पु¥याए । त्यसैगरी, मौलापुर, बोधीमाई, गौर, परोहा नपामा पनि आगजनी गरी कार्यालय भवनमा आंशिक क्षति पु¥याए । मौलापुर, बन्द्रपुर, गरुडा नपाको केही सवारी साधनसमेत जलाइएको अवस्था छ । सरकारी कार्यालयहरू चन्द्रपुरमा इलाका प्रहरी कार्यालय भवन, सडक डिभिजन कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला वन डिभिजन कार्यालय, प्रदेश कोलेनिकामा आगजनी गरी भवन र सवारी साधन क्षति भएको अवस्था छ । वृन्दावन, गढीमाई, माधवनारायण न.पा.का केही वडा कार्यालयमा सामान्य क्षति भएको छ । व्यक्तिगत भवनतर्फ स.प्र.जि.अ. किरणनिधी तिवारीको घरमा क्षति, गरुडाको मेयर कन्थमनीको घरबाट सरसमान लुटी लगेको अवस्था छ । २३ गते जिल्ला प्रशासन कार्यालय गौर, जिल्ला अदालतलगायतका कार्यालयमा सयौँको सङ्ख्यामा आएका आन्दोलनकारीले आगजनी तथा तोडफोडको प्रयास गरे ।
भदौ २४ गते राति सेना परिचालन भएपश्चात् यस जिल्लामा कुनै विशेष क्षति भएन ।
सुरक्षा निकायहरूको परिचालन र समन्वय
सुरक्षा फौजको प्रयासका बाबजुद सदरमुकामबाट टाढा रहेका न.पा.मा प्रदर्शनकारीहरूबाट क्षति पु¥याइएको अवस्था छ ।
२४ गते दिउँसो १ः३० बजेबाट ४ः४५ बजेसम्म प्रदर्शनकारीहरूले पटक–पटक जिल्ला प्रशासन कार्यालय परिसरभित्र पसेर तोडफोड गर्ने प्रयास गरे तापनि न्यूनतम बल प्रयोग गरेको कारण सदरमुकाममा कुनै क्षति भएको अवस्था छैन । राति करीब १०ः३० बजे केही कैदीबन्दी जिल्ला कारागार कार्यालयबाट भागे पनि तत्काल सुरक्षा फौजले नियन्त्रणमा लिएको अवस्था छ । यद्यपि, करिब १ः३१ बजे (२९१ जना कैदीमध्ये) केही कैदी फरार भएका हुन् ।
Leave a Reply