भर्खरै :

“देशमा राजनीतिक परिवर्तन ल्याउन निर्वासन, भूमिगत र जेल जीवन झेल्नुप¥यो”

“देशमा राजनीतिक परिवर्तन ल्याउन निर्वासन, भूमिगत र जेल जीवन झेल्नुप¥यो”

भक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टी वडा नं. १ वडा समितिको आयोजनामा कार्यकर्ताहरूबिच एकदिने कार्यशाला गोष्ठी शनिबार सम्पन्न भयो ।
कार्यशाला गोष्ठीमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले साउन १ गते चिनियाँ भाषामा अनुवाद भई विमोचन भएको पुस्तक ‘जेलका चिट्ठीहरू’ मा रहेको विषयवस्तुबारे प्रकाश पार्नुभयो । उहाँले १० वर्ष हिन्दुस्तानको दरभङ्गा बसेको निर्वासनबारे उल्लेख गर्दै २०१७ सालमा पार्टीहरू प्रतिबन्धित भएपछि अन्य राजनीतिक दलका नेताहरू पनि भारतका विभिन्न ठाउँमा गई पार्टी गतिविधि गरेको बताउनुभयो ।
हिन्दुस्तानीहरूकै कारण बङ्गलादेश छुट्टिएको बताउँदै उहाँले भौगोलिक रूपमा छुट्टिएर रहेका देशका टापुहरू स्वतन्त्र देश हुनुपर्ने मान्यता रहेमा विश्वका अनेकौँ टापुहरू भएका देशहरू छुटिने थियो भन्नुभयो ।
देशमा परिवर्तनको निम्ति पार्टी कार्यकर्ताहरूले निर्वासन, भूमिगत र जेल जीवन झेल्नुपरेको अनुभव पनि उहाँले बताउनुभयो ।
अध्यक्ष रोहितले जनतालाई सचेत र सङ्गठित गर्न सिद्धान्त र विचार जनतामाझ पु¥याउने उद्देश्यले भियतनामको परिचय, चीन यात्रा, आधार, ध्रुवतारा र नेपालपत्र आदि प्रकाशन भएको बताउनुभयो । प्रतिक्रियावादीहरूले जनताको निःस्वार्थ सेवा गरेको सहन नसक्ने उल्लेख गर्दै उहाँले बहुमत जनताको हित गर्न वर्गविहीन समाज निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नेमकिपाले अन्य ठुला दलले भन्दा दुर्गम क्षेत्रमा राजनैतिक चेतना जगाउन सङ्गठनको सुरुआत गरेको बताउनुभयो ।
उहाँले सत्ताधारीहरूको सत्ता र पदलोलुपले देश खोक्रो भएकोले जनताले दुःख झेलिरहेका छन् भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाले कार्यकर्ताहरूको झोलामा पार्टी साहित्य हुनुपर्ने, साहित्य लेख्ने र अध्ययन गर्ने गुण हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिक कार्यकर्ताहरू अरूको चित्त बुझाएर या सचेत बनाएर पार्टीमा आबद्ध गर्नुपर्दछ । संसारमा कोही जितेको छ भने विचार र सिद्धान्तले जितेको छ ।” पार्टी प्रकाशन गोप्य दस्ताबेज, राजनैतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिट्ठी, हजुरबुबाको चिट्ठी आदि अध्ययन गरी जनतालाई सचेत बनाउनुपर्छ ।”.
राजनीतिमा आउने कार्यकर्ता समाजलाई निःस्वार्थ रूपमा सेवा गर्छु भनेर आउनुपर्ने उहाँले बताउनुभयो ।
कार्यशाला गोष्ठीमा पलिस्था, स्मृति मानन्धर, कृता कोजु, बिनिसा सकिजू, प्रज्ज्वल खत्री र राज श्रेष्ठले विविध विषयमा बोल्नुभयो ।
नेमकिपा पार्टी वडा समितिका अध्यक्ष कृष्णबहादुर दुगुजुको सभापतित्वमा सम्पन्न कार्यशाला गोष्ठीमा समितिका उपाध्यक्ष एवं भ.न.पा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले कार्यक्रमबारे प्रकाश पार्दै स्वागत गर्नुभयो ।
कार्यक्रममा समितिका सदस्य पृथ्वीराज तुकंबन्जारले पनि बोल्नुभयो ।
कार्यक्रममा छात्रा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *