कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –३
- श्रावण ३, २०८३
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक :
२०८२/०५/२३ गते जियनजेड युवाहरूको भिडमा बाहिरिया व्यक्तिहरूको घुसपैठ रोक्न विशेष सतर्कता अपनाइयो । उक्त भिडमा २–३ सयको सङ्ख्यामा अन्य व्यक्तिहरू मिसिन खोजेपछि दुवै समूहलाई अलग अलग सुरक्षा घेरामा राखेर कार्यक्रम सञ्चालन गर्न लगाइयो । घुसपैठ गर्न खोजेको समूहले आक्रामक र भड्काउपूर्ण भाषण गरेको हुँदा सुरक्षाकर्मीहरूको सङ्ख्या थप गरिएको थियो । कार्यक्रम बेलुका करिब ८ः३० बजेतिर शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो ।
२०८२/०५/२४ गते बिहान करिब ९ः३० बजेतिर बनेपा र पनौती बजारमा विरोध र प्रदर्शनका कार्यकम हुने जानकारी आयो । कार्यक्रममा अप्रिय घटना घटाउने कोसिस भइरहेको सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला सुरक्षा समितिको बैठक राखेर सूचना विश्लेषण एवम् छलफल गरियो ।
मानिसहरू असङ्गठित रूपमा जम्मा भई विरोध प्रदर्शन र जुलुस निकाल्ने भन्ने सूचना प्राप्त भएकोले दिउँसो १२ः१५ बजेदेखि नेपाली सेनाको धुलिखेलमा रहेको श्रीमेहर गणलाई तत्काल पत्राचार गरेपछि नेपाली सेना परिचालन भएको हो । समयमै कफ्र्युको सूचना सञ्चारमाध्यमहरूमा प्रचार प्रसार गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले माइकिङ गर्दै सम्झाउने काम भयो । कफ्र्यु तोडेर भिड उत्तेजित, आक्रामक हुन पुगेको अवस्था थियो । करिब १ः०० बजेतिर बनेपा र पनौती बजारमा विरोध प्रदर्शन, जुलुस र सभाहरूसँगै हिंसात्मक गतिविधि हुन थाल्यो ।
बनेपा र पनौती बजारमा भिड अनियन्त्रित र ध्वंसात्मक प्रवृत्तिले हिँडिरहेको जानकारी आएपछि सुरक्षा कमान्ड पोस्ट राख्नुका साथै बेलाबेलामा आवश्यक निर्देशन गरिएको थियो । उक्त अराजक भिडले बनेपा नगरपालिकाको कार्यालय, इलाका प्रहरी कार्यालय बनेपा, नेपाली काङ्ग्रेसको पार्टी कार्यालय, नेकपा एमालेको पार्टी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र बनेपा बजारमा रहेका प्रहरी पोस्टहरू आगजनी र तोडफोड ग¥यो । भिडले पनौती नगरपालिका कार्यालय तथा नगरपालिकाका वडा कार्यालय, प्रहरी चौकी, पाँचखाल प्रहरी चौकी, प्रहरी चौकी हिंगुवा पाटीसमेत आगजनी र तोडफोड ग¥यो ।
भदौ २५ गते धुलिखेल कारागारमा सामान्य आगजनी र क्षति भए पनि कारागार र कैदीबन्दीहरूलाई सुरक्षित पार्ने काम भयो । कारागार तोडफोड र आगजनी गरी भाग्ने भगाउने प्रयास गर्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतबाट केन्द्रीय कारागार काठमाडौँमा स्थानान्तरण गरिएको थियो । भदौ २८ गते रातिबाट कफ्र्यु हटाइयो ।
Leave a Reply