“ए, मेरा रातहरू” मा लुकेका सुन्दर बिहानहरू
- श्रावण ६, २०८३
जिल्ला प्रशासन कार्यालय बाँके
भदौ २३ गते बी.पी. चोकमा अन्दाजी ५००/६०० जना भेला भएर करिब १५ः०० बजेको समयमा ढुङ्गा र बोटल प्रहार भयो । कोहलपुर चौराहमा बिहान अन्दाजी १०ः२५ बजे भेला भएका करिब ३०० जनाले मध्याह्न करिब १२ः२५ बजे कोहलपुर नगरपालिकाको गेट अगाडि नारा जुलुस गरे ।
प्रदर्शनकारीहरूले भदौ २४ गते बिहान करिब १० बजे एमालेको पार्टी कार्यालयमा आगजनी गरेपछि नेपाली काङ्ग्रेस, बाँकेको पार्टी कार्यालयमा पनि आगजनी गरे । त्यसपछि आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान कार्यालय, कोहलपुर नगरपालिका, कोहलपुरस्थित नापी कार्यालय, मालपोत कार्यालय कोहलपुर, इलाका प्रशासन कार्यालय कोहलपुर, नेपालगञ्ज उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, उच्च अदालत, उच्च सरकारी वकिलको कार्यालय, जिल्लास्थित नापी कार्यालय, मालपोत कार्यालय, जिल्ला हुलाक कार्यालय, कृषि ज्ञान केन्द्र, भन्सार कार्यालयलगायतका दर्जनौँ सरकारी कार्यालयका भवन, सवारीसाधन, भवनभित्रका फर्निचर, कम्प्युटर, कागजातलगायतका सरकारी सम्पत्तिमा व्यापक तोडफोड, आगजनी र लुटपाट समेत गरे । नेपालगञ्ज बजारस्थित विभिन्न चोकमा रहेका बीपी कोइराला, पुष्पलाललगायतका सालिकहरूमा तोडफोड गरे । नेपालगञ्ज बजार क्षेत्रमा रहेको ट्राफिक प्रहरी पोस्टसहित केही प्रहरी पोस्ट भत्काउने कार्यसमेत भयो ।
निजी सम्पत्तिमाथिको तोडफोड, आगजनी र लुटपाटको घटना हेर्दा यस जिल्लामा कोहलपुर नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र केही वडाध्यक्षको घरमा क्षति पुगेको बाहेक अन्य निजी सम्पत्तिको नोक्सानी भएको देखिएन । बिहान करिब १०ः०० बजेपछि सुरु भएको तोडफोड, आगजनी र लुटपाटको कार्य दिउँसो २ बजेपछि झन्झन् आक्रामक बन्दै दिउँसो २ बजेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो ।
नेपाली सेनाका प्रमुख सेनानीबाट प्रमुख जिल्ला अधिकारीको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयबाट नजिकै (अन्दाजी २५० मिटर) रहेको नेपाली सेनाको पोस्टमा सर्नु उपयुक्त हुने सुझाव प्राप्त भएपछि गृह मन्त्रालयमा समेत अवस्था जाहेर गर्दा सोही आशयको मार्गदर्शन प्राप्त भएपछि दिउँसो करिब ३ः३० बजेपछि प्रमुख जिल्ला अधिकारी ४ बाहिनी पोस्टमा गएको हो । नेपाली सेनाको पोस्टमा पुगेको करिब १०–१५ मिनेट नबित्दै प्रदर्शनकारीको समूहले जिल्ला प्रशासन कार्यालय चोकमा आक्रमण गरी तोडफोड, आगजनी र लुटपाट गरे ।
भदौ २४ गते राति १० बजेपछि नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न स्थानमा चोरीका घटना बढ्न थालेको फोनमार्फत सूचना प्राप्त भयो । तत्पश्चात् जिल्ला सुरक्षा समितिका सबै पदाधिकारी सम्मिलित सुरक्षा टोली राति १०ः०० बजेबाट परिचालित भयो । बजारको मुख्य मुख्य चोकहरूको अवस्था नियाल्दै गस्ती अगाडि बढिरहेको समयमा “नेपालगञ्ज भन्सार कार्यालयमा सामान चोरी हुँदै छ” भनी उक्त कार्यालयका प्रमुखबाट फोन आएपछि हाम्रो टोली सिधै नेपाल–भारत सीमानाका जमुनाहमा रहेको भन्सार कार्यालय पुग्यो । हामी भन्सार नाका परिसरमै रहेका बखत मलाई एउटा अज्ञात नम्बर (मेरो मोबाइलमा सेभ नभएको नम्बर) बाट फोन आयो । फोनमा बोल्ने व्यक्तिले बाल सुधारगृहमा भर्खरै गोली चलेको र त्यसबाट आफ्ना केही साथी घाइते भएको सूचना दियो । राति करिब १०ः३० देखि ११ः०० बजेको समयमा मैले आफूसँगै रहेका नेपाल प्रहरी र सशत्र प्रहरी बल, नेपालका प्रहरी उपरीक्षकद्वयलाई सोधनी गर्दा दुबै जनाले गोली नचलेको तर केही राउन्ड हवाई फायरमात्र भएको जानकारी दिए ।
भदौ २४ गते राति १० बजेपछि नेपाली सेना परिचालनपश्चात् भदौ २५ गते दिउँसो करिब १ बजेतिर जयन्दु बाल सुधार गृहबाट १२३ जना बाल विज्याइकर्ता भागेको खबर प्राप्त भयो । त्यसपछि प्र.जि.अ.को नेतृत्वमा जिल्ला सुरक्षा समिति उक्त स्थानमा पुगी माइकिङ गरी भागेका व्यक्तिलाई तत्काल फिर्ता हुन अनुरोध गर्दा ३ जना बाल विज्याइकर्ता फिर्ता आए । प्रदर्शनकारीबाट तोडफोड, आगजनी र लुटपाट हुँदासमेत सुरक्षाकर्मी अपेक्षित रूपमा परिचालन हुन सकेन । भदौ २४ गतेको तोडफोड, आगजनी र लुटपाटका कार्यमा विभिन्न आपराधिक प्रवृत्ति र पृष्ठभूमिका व्यक्तिहरू बढी संलग्न रहेको देखिन्छ ।
सुरक्षा निकायहरूको परिचालन र समन्वय
बाँके जिल्लाको हकमा भदौ २३ गते यस जिल्लास्थित नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा भएका दुवै प्रदर्शनमा सुरक्षा निकायहरूको प्रभावकारी परिचालन र समन्वयका कारण कुनै अप्रिय घटना घटेन ।
Leave a Reply