“ए, मेरा रातहरू” मा लुकेका सुन्दर बिहानहरू
- श्रावण ६, २०८३
(भारतीय लोकतन्त्र सङ्घर्षरत रहेको बेला कक्रोच जनता पार्टी राजनीतिक दृश्यमा प्रवेश गरेको छ ।)
भारतमा कक्रोच जनता पार्टी
(कजपा) भाइरल भएको दुई महिनापछि यसका अनुयायीहरू खतरनाक क्षेत्रमा प्रवेश गरेका छन् । प्रहरीले शिक्षक–अभियन्ता सोनम वाङचुकलाई दिल्लीको जन्तरमन्तर वेधशालामा कजपाको धर्नाबाट शनिबार जबरजस्ती हटाइएको छ । अनिश्चितकालीन अनसनको २१ औँ दिनमा रहेका उनलाई इच्छाविपरीत अस्पताल लगिएको छ ।
कजपाका संस्थापक अभिजीत दिप्केले आमरण अनसन सुरु गर्दा प्रदर्शनकारीहरूले उक्त स्थानमा भेला भएका थिए । प्रदर्शनकारीहरूले सोमबार विश्वविद्यालय प्रवेश परीक्षा चुहावटको कारणले देशव्यापी आक्रोश र भारतको प्रतिस्पर्धात्मक परीक्षा प्रणालीमा जवाफदेहिताको व्यापक असफलतालाई लिएर केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्न भारतीय संसद्तर्फ मार्च गर्ने योजना बनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामाको माग पनि उठेको छ ।
मे महिनाको मध्यमा प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवाहरूलाई ‘कक्रोच’ भनेको टिप्पणीपछि देशभर आक्रोश फैलाएको थियो । त्यसबेलादेखि यो ‘पार्टी’ ले भारतका युवाहरूमाझ विशाल अनलाइन फलोअर्स बनायो र ठुलो विरोध प्रदर्शन ग¥यो ।
शनिबारको उग्रताअघि, राज्यको प्रतिक्रिया न त खुला सहनशीलता थियो न त पूर्ण दमन । बरु, यो नियन्त्रित सीमितता थियो : साना दायराभित्र विरोध प्रदर्शनलाई अनुमति दिने, उनीहरूको फैलावटलाई कडाइका साथ निगरानी गर्ने र गठबन्धन आफै टुक्रिने प्रतीक्षा गर्ने । अहिले देखिँदै छ कि कजपाले सत्तामा रहेकाहरूलाई निरूत्साहित बनाएको छ ।
यस्तो देखिन्छ कि कजपालाई भारतको भीडभाडयुक्त र अस्थिर राजनीतिमा अर्को भाइरल आँधीको रूपमा मात्र व्यवहार गर्न सम्भव छैन† न त सामाजिक सञ्जालमा जन्मिएको व्यङ्ग्यात्मक युवा सङ्गठनको रूपमा अथवा सडकमा छोटो समयको लागि देखिने र देखापर्ने बित्तिकै चाँडै हराउने नियत भएको समूहजस्तै ।
कक्रोच भनिनु भनेको फोहोरी, मन–लागी प्रयोग गर्न सकिने र दृष्टिबाट टाढा राख्नुपर्ने भनिनु हो । यो घृणित छ, मार्न गा¥हो छ र सभ्य समाजको दरारमा बस्छ । यो विष, अन्धकार र घृणाबाट बच्छ । साङ्ला (कक्रोच) त्यो बेला देखापर्छ जब घरधनीले दाबी गरेजस्तो घर सफा हुँदैन ।
यो अपमानले धेरै युवा भारतीयहरूका लागि, विशेष गरी बेरोजगार, परीक्षा–पत्र चुहावट र बढ्दो महँगीको सामना गरिरहेकाहरूका लागि उनीहरूले पहिले नै महसुस गरेको कुरालाई समेटेको छ । कजपाले अपमानलाई दृश्यमानतामा परिणत ग¥यो । यदि सत्ताशक्तिले हामीलाई यसरी हेर्छ भने उनीहरूले भने, हामी पनि यही नाममै बोलौँ । अपमान गर्वका साथ लगाइने ब्याज बन्यो । यो क्रान्तिकारी राजनीति होइन । यसमा त्रासदी–हास्य मिसिएको छ र हास्यास्पद पनि छ; किनकि कक्रोचले त्यस्तो भारतको प्रतिनिधित्व गर्छ जहाँ उक्लिँदो गतिशीलताका विशाल सपनाहरूलाई निरर्थक बनाइएको छ ।
‘कक्रोच राजनीति’ त्यतिबेला उदायो जब मोदीको भारतीय जनता पार्टी (भाजपा) विशाल स्रोतसाधन, वैचारिक अनुशासन र कल्याणकारी कार्यक्रम, हिन्दू राष्ट्रवाद तथा विपक्षी विखण्डनलाई मतमा रूपान्तरण गर्ने क्षमतासहित एक शक्तिशाली चुनावी संयन्त्र चलाइरहेको छ ।
तैपनि, विरोधाभासपूर्ण रूपमा, भाजपाको आफ्नै जनादेश धेरै ठुलो अल्पसङ्ख्यकको रूपमा सीमित छ । २०२४ को आम चुनावमा, पार्टीले राष्ट्रिय रूपमा एकतिहात्न्दा अलि बढी मात्र समर्थन जित्यो । अर्को तरिकाले भन्दा, मतदान गर्ने दुईतिहाइ मानिसले मोदीको नेतृत्वमा भाजपाको पुनः चुनावी अभियानलाई समर्थन गरेनन् ।
शासनको शक्ति तथ्यगत बहुमतमा होइन, जोडतोडको संयोजनमा टिकेको छ – क्षेत्रीय र जातीय गठबन्धन, विपक्षी दलहरूको विचलन र विभाजन अनि दुई राष्ट्रिय दलबिच रहेको भारतको तेस्रो राजनीतिक क्षेत्र क्रमशः सङ्कुचित हुँदै जानु ।
कजपा त्यतिबेला देखाप¥यो जब चुनावी राजनीति माथि सतहबाट स्थिर देखिन्छ तर गहिराइमा अविश्वसनीय देखिन्छ । युवाहरू रोजगारीको अभाव र परीक्षामा भएको अनियमिताबाट क्रोधित छन् । उनीहरू राजनीतिमा त्यतिबेला प्रवेश गरिरहेका छन् जब जनआक्रोश व्यक्त गर्ने परम्परागत लोकतान्त्रिक माध्यमहरू – दल, चुनाव, मिडिया र स्वतन्त्र संस्थाहरू – बढ्दो रूपमा विकृति हुने जोखिममा देखिन्छन् ।
त्यसपछि अर्थतन्त्रको अवस्था हेरौँ ।
भारतीय अर्थतन्त्रलाई मन्दीमा पु¥याएको कोभिड–१९ महामारीपछि ८० करोडभन्दा बढी भारतीयहरू सरकारबाट प्राप्त हुने खाद्यान्न वितरणमा निर्भर छन् । गरिब बहुसङ्ख्यकका लागि खाद्य सहयोगले भोकसँग लड्न मद्दत गर्छ, घरपरिवारलाई चलायमान राख्छ र राज्यलाई दैनिक जीवनमा देखिने बनाउँछ ।
तथापि, आधारभूत राहत कार्यक्रमले समाजमा साझा सहमति बनेको जनाउँदैन । यसले केवल महामारीको समयमा उजागर भएको संरचनात्मक समस्याहरूलाई सम्बोधन हुन नसकेको तथ्यलाई उजागर गर्छ ।
अर्कोतर्फ सम्पत्ति तीव्र रूपमा केन्द्रित भएको छ । अहिले सबैभन्दा धनी १ प्रतिशतले भारतमा विगत एक शताब्दीमा नदेखिएको आम्दानी र सम्पत्तिको हिस्सा प्राप्त गर्छन् । यो कुनै दुर्घटना होइन । यसले वर्तमानको राजनीतिक अर्थतन्त्रलाई परिभाषितले गर्दछ : कल्याणकारी राहत लिने तल्लोवर्ग, एकाधिकार भएको माथिल्लोवर्ग र कडा रूपमा दबिएको मध्यमवर्ग; बेरोजगारी वृद्धि र अवरुद्ध आकाङ्क्षाहरूको भावनाले ग्रस्त ।
भारतले विद्यालय शिक्षा र उच्च शिक्षा विस्तार त ग¥यो, तर जसलाई उसले आकाङ्क्षी बनायो, तिनैका लागि मर्यादित र स्थिर रोजगारी पर्याप्त रूपमा सिर्जना गर्न सकेन । शिक्षित युवाहरू विशेष गरी यस विरोधाभासको मारमा छन् । उनीहरूलाई प्रमाणपत्रले उक्लिने बाटो खोल्छ भन्ने विश्वाससहित हुर्काइएको, तर अर्थतन्त्रले उनीहरूलाई सान्त्वनाका सानातिना टुक्रा मात्र दिन्छ ।
यही कारणले परीक्षा–पत्र चुहावट, भर्ती प्रक्रियामा ढिलाइ र परीक्षा रद्दजस्ता घटनाले यति तीव्र आक्रोश पैदा गर्छन् । परीक्षा केवल परीक्षा होइन । मध्यमवर्गीय परिवारका लागि यो सामाजिक उक्लाइको दाउ हो । अभिभावकहरूले बचत गर्छन्, ऋण लिन्छन्, जमिन बेच्छन्, र अत्यधिक महँगो कोचिङ शुल्क तिर्छन् – यस आशामा कि छोराछोरीले कुनै सम्मानजनक तलबदार काम पाउन सक्छन् ।
जब परीक्षाको प्रश्नपत्र चुहावट हुन्छ, त्यो विश्वासघात घनिष्ठ हुन्छ । राज्यले परीक्षा सञ्चालन गर्न असफल मात्र भएको छैन, लाखौँ परिवारको बलिदानको पनि खिल्ली उडाएको छ ।
यसैकारण, कक्रोचको प्रतीकले धेरै वजन बोकेको छ । यसले आकाङ्क्षा र अवहेलनाबिच फसेकाहरूको आवाज बोल्छ : रोजगारीविहीन स्नातक, कर र कमजोर मागबिच च्यापिएका साना उद्यमी, सधैँ अनलाइन रहने तर कहिल्यै सुरक्षित नहुने ज्यालादारी कामदार र त्यो विद्यार्थी जसलाई थाहा छ कि चुहिएको परीक्षाको पत्रले वर्षौँको तयारी खेर फाल्न सक्छ । कक्रोच त्यो नागरिक हो जो बाँचेकोमा सम्मान नपाई बाँचिरहन्छ ।
मोदी युगले सामाजिक मेलमिलापबिना चुनावी रूपान्तरणमा महारत हासिल गरेको छ । यसले लाखौँ भारतीय युवालाई सताउने प्रश्नको जवाफ दिएको छैन : वंशानुगत विशेषाधिकार, ठुला पुँजी वा वैश्विक बहिर्गमन बाहिरका मानिसहरूको भविष्य के बाँकी छ ?
कजपाले पनि त्यो प्रश्नको उत्तर दिन सक्दैन । यो धेरै नाजुक, धेरै खुला र धेरै कमजोर छ; उही शक्तिहरूको अगाडि जसको ऊ व्यङ्ग्य गर्छ । यसको असङ्गति नै यसको सत्य हो । यसले नयाँ पार्टीको आगमनभन्दा बढी पुराना राजनीतिक भाषाहरूको थकानलाई सङ्केत गर्छ ।
यही हो कक्रोच राजनीतिको गहिरो अर्थ । लोकतान्त्रिक भावना जीवित रहन्छ तर घट्दो रूपमा । यो व्यङ्ग्यमार्फत बोल्छ किनभने सामान्य बोली अवरुद्ध भएको महसुस गर्छ । किबोर्ड योद्धाहरूलाई निराश पार्ने कक्रोच कुनै क्रान्तिकारी नायक होइन । यो एउटा विनम्र प्राणी हो जुन घर मालिकहरूले दाबी गरेजस्तो सफा नभएको बेला देखापर्दछ ।
Leave a Reply