करको भारी बोकाएर जनता चुस्ने काम !
- श्रावण ४, २०८३
श्रीमान् मेयरज्यू,
भक्तपुर नगरपालिका, व्यासी, भक्तपुर
वर्षायाम सुरु भइसकेको छ । दिनहुँजसो पानी परिरहेको छ । सानो झरीले पनि काठमाडौँका विभिन्न ठाउँमा जलमग्न भइरहेको तस्बिरहरूले पत्रपत्रिका भरिएको छ । राजमार्गहरू बाढी–पहिरोका कारण सडक अवरुद्ध हुँदै छ । भक्तपुरमा पनि हनुमन्ते र कासन खोलाले क्षति पु¥याएको छ । दिनहुँजसो परिरहेको झरिका कारण कासनखुसीमा चार ठाउँमा खोलाको ढुङ्गाको टेवा पर्खाल भत्किएको छ भने अरु पनि केही टेवा पर्खाल भत्किने क्रममा छ । खोलाको माटो र रुख कटान तथा टेवा पर्खाल निर्माणसँगसँगै बनाउनुपर्ने सडकपेटी निर्माण कार्य अधुरै छोड्दाको परिणाम नै टेवा पर्खालको क्षति हो । अब बन्ने टेवा पर्खाल नगरपालिकाको प्राविधिक वा इन्जिनियरिङ कलेजका प्राविधिकहरूको सल्लाहमा मात्र बनाउँदा राम्रो हुने देखिन्छ ।
त्यस्तै कासन खोला करिडोरमा रहेको मेनहोल कभर ५ वटा जति हराइरहेको छ । वर्षायाममा राति गाडी, मोटरसाइकलहरू दुर्घटनामा पर्ने धेरै सम्भावना रहेको हुँदा दुर्घटना हुनुपूर्व नै सो मेनहोल कभर तुरुन्तै व्यवस्था गर्नुपर्ने देखिन्छ । अन्यथा दुर्घटनामा परी जनधनको क्षति भएमा जिम्मेवार को हुने ? चर्चाको विषय बनेको छ ।
एक शुभचिन्तक
Leave a Reply