भर्खरै :

देशको अवस्थाबारे उब्जिएका प्रश्न

देशको अवस्थाबारे उब्जिएका प्रश्न

-सर्वोच्च अदालतका प्रधानन्यायाधीश भारत भ्रमण गएको सार्वजनिक भयो । यसअघि नेपालका प्रधानमन्त्रीहरूको पहिलो विदेश भ्रमण भारत हुन्थ्यो; अहिले प्रधानन्यायाधीशको हुन थाल्यो । के नेपाल भारतको नवउपनिवेश हो र ?
-आव २०८२/८३ मा नेपालले भारत र बङ्गलादेशमा ६८ प्रतिशत बढी विद्युत् निर्यात गरेको समाचार प्रकाशित भयो । सो आवमा नेपालको व्यापारघाटा १८ खर्ब रुपैयाँ पुग्यो । नेपाली जनतालाई बिजुली सस्तोमा दिइएको भए इन्धन आयातमा नेपालको व्यापारघाटा धेरै कम हुने होइन ?
-सरकारले पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनमा ल्याउने सार्वजनिक भयो । यस्तो समाचार ३० वर्षअघि पनि प्रकाशित भएको थियो तर कार्यान्वयन भएन । के अहिले होला ?
-पैँतीस वर्षयता पालैपालो सरकारमा गएका नेताहरू यतिखेर लोकतान्त्रिक र वामपन्थीहरू एकजुट हुनुपर्ने बताउँछन् । आर्थिक र विदेश मामिला एउटै भएका र ३५ वर्षयता पालैपालो सरकारमा हुँदा देश र जनताको समस्या समाधान गर्न नसकेका पार्टीहरू पुनः एक हुने र राम्रो गर्ने ‘हुट्टिट्याउँको खुट्टैदेखि चाल पाउने’ भनेजस्तै होइन र ?
-गत भदौ २४ गते सिंहदरबार छिरेकाहरू अहिले पनि त्यहीँ छन् । सिंहदरबार छिर्न नसकेकाहरू माइतीघरको आन्दोलन, धर्ना र अनसनमा छन् । के परिवर्तन यही
हो ?
-शङ्कर गु्रपका अध्यक्ष शङ्करलाल अग्रवाललाई उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा कारागार पठाउने फैसला ग¥यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको वाग्मती नगरपालिकास्थित वाग्मती फन पार्क एन्ड रिसोर्ट निर्माण आयोजनामा अनियमितता भएको निष्कर्ष निकाल्दै मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर ग¥यो । के ठुला भ्रष्टाचारी र मानव अधिकारको गम्भीर उल्लङ्घन गर्नेहरूलाई मृत्युदण्ड हुने कानुन नबनेसम्म यस्तो घटना रोकिएला र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *