सम्भाषण : रोहितको “जेलका चिट्ठीहरू”
- श्रावण १०, २०८३
-एकले अर्कालाई ‘धोकेबाज’ को आरोप लगाउँदै छुट्टिएका नेकपा एमाले र नेकपाले प्रदेशसभामा सत्ता सहकार्य गर्ने सहमति गरे । के शासक दलहरूले भागबन्डा गर्नमात्र सिकेका हुन् ? देश र जनताको निःस्वार्थ सेवा गर्ने प्रतिबद्धता किन गरेनन् ?
-जेनजीको नाममा विश्वका विभिन्न देशमा प्रदर्शनहरू हुँदै छन् । जेनजी आन्दोलनकै कारण नेपालको न्यायालयमा ५५ प्रतिशतमात्र मुद्दा फछ्र्यौट भए । वास्तवमा जेनजी आन्दोलन अमेरिकी साम्राज्यवादले चलाएको ‘रङ्गीन क्रान्ति’ को सिलसिला हो । यो साम्राज्यवादीहरूको ‘छद्म युद्ध’ हो ।
-खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सेभेनअपको सिलबन्दी बोतलभित्र बाह्य पदार्थ भेट्यो । कोकाकोला, फान्टा, पेप्सीकोलालगायत हल्का पेय पदार्थको अवस्था पनि उस्तै छ ।
-देशभरका किसानले रासायनिक मलबिनै ८३ प्रतिशत रोपाइँ सकेपछि कृषिमन्त्री गीता चौधरीले बताइन्,“१५ दिनभित्र रासायनिक मल सहज आपूर्ति हुन्छ ।” अहिलेसम्मका कुनै पनि सरकारले किसानलाई आश्वासन मात्र दिए, समयमै मल आपूर्ति गर्न सकेनन् ।
-सरकारले ५३ अर्ब वैदेशिक अनुदान परिचालन गर्ने लक्ष्य राखे पनि ३१ अर्बमात्र प्राप्त भएको समाचार छ । विदेशीसँग मागेर देश चलाउने शासकहरूलाई ठुलो धक्का भयो ।
-काठमाडौँमा दैनिक औसत ३० अपराध प्रहरीमा दर्ता हुने गरेको खुलासा भयो । प्रहरीले गुन्डागर्दी र पेसेवर अपराधमा संलग्न १८७१ जनाको प्रोफाइल तयार पा¥यो । देशको सन्तुलित विकास नगरिएसम्म काठमाडौँ उपत्यका र अन्य मुख्य सहरमा लागूपदार्थ दुव्र्यसनी, फोहोरमैला व्यवस्थापन, सडक जाम र अपराधको सङ्ख्या घट्ने छैन ।
Leave a Reply