हास्यव्यङ्ग्यकार रामशेखर आफू नहाँसी अरूलाई हँसाउनमा सफल कलाकार हुनुहुन्थ्यो
- श्रावण ९, २०८३
भक्तपुर, १० साउन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भनपा ८ वडा एकाइ समितिको आयोजनामा कक्षा १० (एसईई) र कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सांस्कृतिक कार्यक्रम शनिबार जेँला चोकमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यक्रमको उद्घाटन गर्दै भक्तपुरको शैक्षिक क्षेत्रको सुधारमा भक्तपुरका जनताको महत्वपूर्ण भूमिका रहेको बताउँदै राम्रो समाज निर्माण गर्न समर्पित भावनाले मात्र सम्भव हुने बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले भक्तपुर नगरका कोही पनि विद्यार्थीले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नहोस् भनी विभिन्न विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिनुका साथै शैक्षिक ऋण उपलब्ध गराउँदै आएको हो भन्नुभयो ।
प्रमुख प्रजापतिले पर्याप्त मात्रामा स्रोत, साधन र शैक्षिक उपकरणको व्यवस्था गर्नुको साटो सरकार आफ्नो दायित्वबाट भाग्न खोजिरहेको बताउँदै विद्यार्थीहरू बिदेसिन बाध्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले देशका विभिन्न जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र विदेशी प्रतिनिधिमण्डलहरूले भक्तपुर नगरपालिकाले गरिरहेको कार्यहरूको चासो लिइरहेका छन् । सुशासन र भ्रष्टाचारमुक्त कार्य सम्पादनको उदाहरणको रूपमा भक्तपुर नगरपालिकालाई लिइरहेको हुँदा यसले नगरवासीलाई गौरवान्वित महसुस गराउनेछ ।”
कार्यक्रममा वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले सरकारमा व्यक्ति परिवर्तन हुँदैमा कामदार जनताले सुख नपाउने हुनाले सिद्धान्त, विचार र इमानदारिताको राजनीतिले मात्र राम्रो दिशा दिन सक्ने बताउनुभयो ।
उहाँले विद्यार्थीलाई सामाजिक सञ्जालमा आएका सबै कुरा सत्य नहुने भएकोले सचेत हुनुपर्छ भन्नुभयो ।
उहाँले साहित्यिक, राजनीतिक र सामाजिक चेतना भएन भने हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न गाह्रो हुने भएकोले विद्यार्थीले विभिन्न साहित्य, लेख, रचना अध्ययन गर्नुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरूको जानकारी राख्नुपर्ने बताउनुभयो ।
नेमकिपा भनपा ८ वडाका अध्यक्ष लक्ष्मीनारायण दुवालले विद्यार्थीले आफ्नो औपचारिक अध्ययनका साथसाथै सामाजिक गतिविधिमा सक्रिय भएर लाग्नुुपर्ने बताउनुभयो ।
उहाँले आजका विद्यार्थी नै भोलिका समाजका नेतृत्वकर्ता हुने भएकाले सानै उमेरदेखि सङ्घसंस्थामा बसेर सामूहिक भावनाको विकासमा जोड दिनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले भक्तपुर नगरपालिकाले सरसफाइ तथा भौतिक विकासमा गरिरहेको कार्यको जानकारी दिँदै नगरपालिकाले मात्र सबै गर्न नसक्ने हुँदा जनस्तरबाटै हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
नेक्राविसङ्घ भनपा ८ वडाका अध्यक्ष एवं कार्यक्रमका सभापति शैलेश जरेजुले सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ भक्तपुर नगर समितिका बितिशा बाटी, आयोजक समितिका बिनिशा लवजु, सलिना बोहजु, लुनिभा पोतामहा र रितिक सैंजुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कक्षा १० र १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई पत्र वितरण गर्नुभएको थियो । उक्त कार्यक्रममा विभिन्न समूहले सांस्कृतिक विधाहरू प्रस्तुत गरेका थिए ।
Leave a Reply