भर्खरै :

नगरपालिकाको ध्यान गएको खै ?

नगरपालिकाको ध्यान गएको खै ?

प्रिय मेयरज्यू तथा
प्रमुख प्रशासकीय अधिकृतज्यू,
भक्तपुर नगरपालिका ।
केही महिनादेखि राति १२ बजेदेखि बिहान ६ बजेसम्म भक्तपुर नगरको वडा नम्बर १० को कमलविनायक क्षेत्रमा कुनै कारखाना वा मेसिनरी संयन्त्र चलाएको कारण केही घरमा परिवारका सदस्यहरूलाई राति र सबेरै बिहानसम्म पनि निद्रा नलागेको सुनिन्छ ।
यसबारे वडा अध्यक्ष र वडा सदस्यहरू, इन्सपेक्टर र जाँचकीहरूले चासो नलिएको हो वा यसबारे कुनै जानकारी नभएको हो भन्नेबारे स्थानीय बासिन्दाहरुले प्रश्न गर्न थालेका छन् । नगरपालिकामा यीमाथि उल्लेख पदाधिकारीहरूमाझमा औपचारिक वा अनौपचारिक सरसल्लाह कुनै समिति वा बैठकको बन्दोबस्त नभएको अनुभव हुन्छ ।
(यस्ता दैनिक देखिने र सुनिने नागरिकहरूको गुनासोको बारे मेयर वा प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष वा इन्स्पेक्टरहरू मौन बस्नु र आदेशले मात्र कार्यालयको कर्तव्य पूरा भइरहेको अनुमान जनताले गर्दै छन् ।) नगरपालिकाको कार्यशैलीबारे नागरिकहरू अनभिज्ञ छन् भन्ने लाग्छ । नगरपालिकाबाट प्रकाशित हुने पत्रपत्रिका वा पुस्तकहरूमा यस्ता प्रशासनिक कार्यशैलीबारे स्पष्ट जानकारी गरिएको छैन । नगरपालिकाका औपचारिक काम, बैठकमा हात उठाउने नगरपालिकाको छापामा देखिए पनि जनताका टोलटोलमा भइरहेका चर्चाबारे नगरपालिका पदाधिकारीहरूलाई कुनै जानकारी छ भन्ने देखिन्न । कहिलेकाहीँ निर्वाचित वा सरकारबाट खटाइएका कर्मचारीहरू आफूलाई जनताभन्दा माथि सम्झेमा जनता र सरकारी कार्यालयहरूबिच ठुलो असमझदारी बढ्दै जानेछ ।
पदको धाक लगाएर, जनतालाई तर्साएर पदमा गएका व्यक्तिहरू नगरपालिकाका मालिक होइनन् । जनताले हरेक व्यक्तिको काम अध्ययन गरिरहेका हुन्छन् । कसैले घमण्ड र परिवारको नाममा जनताभन्दा माथि बस्न अहङ्कार देखाएमा नयाँ समस्या आउने सम्भावना प्रबल छ । समयमा मेयर, अधिकृत र वडा अध्यक्षहरू संवेदनशील हुनु संस्था, नगर र जनताको हितमा हुनेछ ।
एक हितैषी

Leave a Reply

Your email address will not be published. Required fields are marked *