नगरकोटमा भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण
- श्रावण १५, २०८३
भक्तपुर, १४ साउन । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले गुरू पूर्णिमामा शैक्षिक दम्पती सर्वज्ञभक्त मल्ल र कोमलबदन मल्ललाई सम्मान गरी मनायो ।
ललितपुर, सानेपा किरण भवनस्थित मल्ल दम्पतीको निवासमै पुगेर गरिएको उक्त सम्मान कार्यक्रममा सर्वज्ञभक्त मल्लले ‘सेवा निवृत्त शिक्षक समाज’ प्रति आभार व्यक्त गर्दै भक्तपुर क्याम्पस स्वीकृति लिन आफूहरूले गरेको मिहिनेतको चर्चा गर्दै विगतलाई फर्केर हेर्दा अहिले गौरव लागेको बताउनुभयो ।
सेवा निवृत्त भएर पनि समाजका साथीहरूले शिक्षामा पु¥याइरहेको योगदानको चर्चा गर्दै उहाँले शिक्षण पेसामा नयाँ पुस्ताको आकर्षण बढाउन समाजले पनि भूमिका खेल्न सक्ने कुरामा हौस्याउनुभयो ।
उहाँले भन्नुभयो, “निवृत्त शिक्षकहरूको अनुभवमात्र पनि नयाँ पुस्ताका शिक्षकको लागि तालिमभन्दा कम महत्वको हुँदैन । समाजको एकता र सक्रियता आगामी दिनमा पनि थप प्रभावकारी ढङ्गले अगाडि बढाउन सकियोस् ।”
उहाँले भन्नुभयो, “शिक्षकलाई हौस्याउन कुनै अक्षय कोष स्थापना गर्ने भए आफ्नोतर्फबाट पनि सक्दो योगदान गर्नेछु ।”
कार्यक्रममा कोमलबदन मल्लले नेपालको विद्यालय शिक्षामा पूर्वप्रावि तह स्थापित गर्न खेलेको भूमिकाबारे चर्चा गर्नुभयो ।
निवृत्त वरिष्ठ प्रधानाध्यापकहरू बालमुकुन्द बासुकला, मोहनप्रसाद प्रजापति, अम्बिकामान मानन्धर, रामगोपाल कर्माचार्य, शेरबहादुर ङाखुसी, कान्छा बासुकला, लक्ष्मीनारायण दुवाल, गङ्गाप्रसाद याकामीलगायतका दुई दर्जनभन्दा बढी शिक्षकहरूले दहीको सगुन, टीका, पुष्पगुच्छासहित दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरी उहाँहरूलाई सम्मान गर्नुभएको यिथो ।
सम्मानपत्रमा जीवनको सम्पूर्ण ऊर्जा शैक्षिक विकासमा लगाई असङ्ख्य जनको ज्ञानको आँखा खोल्ने कामको उच्च मूल्याङ्कन गरी सम्मान प्रदान गरेको उल्लेख गरिएको छ ।
Leave a Reply