प्यालेस्टिनी जनताका बारेमा किन बोल्नुपर्छ ?
- श्रावण २१, २०८३
विश्वमा कुनै पनि देशका जनतालाई परेको दुःख, समस्या, पीडाभित्र पसेर साहित्य या काव्य कोर्नु र कुनै शक्ति राष्ट्रले अरू साना स्वाधीन र सार्वभौम देशमाथि हुने आक्रमण, हस्तक्षेप, दबाब, दमनविरूद्ध आवाज बुलन्द गर्ने काम हरेक प्रगतिशील साहित्यकार तथा देशभक्त नेताहरूको अन्तर्राष्ट्रिय कर्तव्य हो । जनताको मुक्ति र स्वतन्त्रताको निम्ति सङ्घर्ष गर्ने, सङ्घर्ष गर्न वातावरण तयार गर्ने काम देशभक्त नेता र प्रगतिशील साहित्यकारहरूको हो । सिद्धान्त र विचारलाई खेलाएर सत्ताकै वरपर तर मार्ने, जनताको भावना र विचारलाई केन्द्रबिन्दु नबनाउने, साहित्य साहित्यको निम्ति मात्र लेख्ने कवि, कथाकार, नाटककार, निबन्धकारहरूलाई पनि जनताले चिन्नुपर्छ । सत्ताको लागि मरिहत्ते हुने, शासकहरूको पछि दगुर्ने र तिनीहरूकै पक्षपोषण गर्ने नेता र साहित्यकारहरूलाई पनि जनताले चिन्नुपर्छ ।
सत्तालिप्सामा रमाउनेहरूले जनताका भावना बुझ्दैनन्, बुझेर साहित्य रचना गर्दैनन् । आ–आफ्नो दलगत र व्यक्तिगत स्वार्थको निम्ति विदेशी शक्ति राष्ट्रसँग असमान सन्धि सम्झौता गर्नेहरू, अरूको सहयोग र आसेपासेमा रहेर देश र जनता भुल्ने दास मानसिकता बोकेका व्यक्तिहरूसँग सतर्क हुनुपर्छ । शासकहरू देश र जनताप्रति जिम्मेवार नभई असमान सन्धि सम्झौता गरेकै कारण नेपाल साँगुरिँदै गएको हो । नेपाल सरकारको कमजोरीको फाइदा उठाएर भारतले नेपाली भूमि अतिक्रमण गरेको हो† सीमा मिचेको हो† एकतर्फी बाँध तथा तटबन्ध बनाएर नेपाली भूमि डुबानमा पार्ने र उठिवास गर्ने काम गरिरहेको हो ।
आफूलाई प्रजातान्त्रिक अभ्यासमा लामो अनुभव भएको अनुभवी र प्रजातन्त्रवादी भन्ने दल र माक्र्सवाद र लेनिनवादको भजन गाएर माक्र्स र लेनिनकै सिद्धान्त र विचारमा कुल्चेर कम्युनिस्टको नाउँमा कम्युनिस्टविरोधी चरित्र देखाउने, सिद्धान्त र विचारलाई भाँचकँुच गरी सत्ता स्वार्थमा पल्केका नेताहरूकै कारण ती दलहरूलाई कुनामा थन्काइएको हो । तर, विडम्बना ¤ पुराना सत्तारूढ दललाई कुनामा थन्काउन लागिपरेको नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने दल झन् विदेशी शक्ति राष्ट्रहरूको गैरसरकारी संस्थामा आबद्ध भएर सरकारको नेतृत्व तहमा पुगेका नेता र मन्त्रीहरूको चर्तिकला हेर्दा कतै नेपालको अस्तित्वमाथि नै आघात पुग्ने त होइन भन्ने आशङ्का राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन् । यो नेपाल र नेपाली जनताको निम्ति खतराको सङ्केत हो । राजनीतिलाई पद र पैसाको पर्याय ठान्ने दलका नेता र मन्त्रीहरू, राजनीतिप्रति चासो, चिन्ता र कुनै सुझबुझ नभएका नेताहरूको हातमा सरकारको नेतृत्व गएपछि उनीहरूले देशलाई कहाँ पु¥याउने हो भन्नेबारे नेपाली जनतामा चिन्ता हुनु अस्वाभाविक होइन । नेपाली धर्तीमा सहिदले बगाएको रगतमा होलि खेल्ने, रमाउने र सत्ता साझेदारी गरेर देशलाई बर्बादको खाडलमा जाक्ने, देशलाई विदेशी ऋणमा डुबाउने र डुबाउन लागिपरेका नयाँ शासकहरूलाई जनतामाझ साहित्यिक माध्यमबाट पनि छ्यास्नु जरूरी छ । नेपाली राजनीतिमा देखिएको नाङ्गो नाच, आपराधिक प्रवृत्ति, सतही राजनीतिले देशको मुहार फेर्न सक्दैन; उनीहरू मुहार फेर्न लागी पर्दैनन् । नेपालको माटोमा रगत र पसिना बगाएर नाना, छाना र दानाको निम्ति अघि बढ्ने प्रत्येक नेपालीको भावना बुझेर राज्यले कार्यनीति तयार गर्नुपर्छ ।
अहिले देशमा भय, सन्त्रास र अन्योल छ । विकासको गति पनि दिशाहीनझैँ बनेको छ । जनता निराश छन् । नयाँ सरकार गठन भए पनि मौलिक परिवर्तनको खासै जनताले अनुभूति गर्न पाएका छैनन् । नयाँ मूल्यको खोजी र सरकारको नेतृत्व परिवर्तनसँगै समयानुकूल परिवर्तनको पनि जनताले अनुभव गर्न पाएका छैनन् । देशमा मूलतः राजनीतिक व्यवस्थाको हिसाबले सामन्तवाद नभए पनि सामन्तवादको रगतले भिजेको पुँजीवादी व्यवस्था फाल्न देशका सच्चा कम्युनिस्ट, देशभक्त पार्टी र माक्र्सवादी साहित्यकारहरू लाग्नुपर्छ । यो वर्ष मनाइने गाईजात्रामा जनताका यस्ता स्वरहरू पाइने आशा जगाउनुपर्छ† त्यो चेत राजनीतिक, सामाजिक कार्यकर्ता तथा प्रगतिशील साहित्यकारहरूमा हुनुपर्छ ।
सन्धि–सम्झौताको नाउँमा कोसी, कर्णाली र टनकपुरको साथै महाकाली नदी देशका प्राकृतिक स्रोत र साधन भारत या भारतीय उद्योगपतिहरूको जिम्मामा सुम्पेर सुन्दर, धनी देश बनाउन कल्पेका दास मानसिकता बोकेका नेता र उनीहरूको पृष्ठपोषण गर्ने साहित्यकारहरू जनताका प्रिय हुँदैनन्† उनीहरू देश र जनताको हित चाहँदैनन् । देशको अस्मितामा आँच पु¥याउने, ‘नयाँ’ को नाममा ‘नयाँ’ पिँढीलाई नै भड्खालोमा पु¥याउने, अराजक गतिविधिमा टेवा पु¥याउने दलका नेता र मन्त्रीहरूको सोच र चिन्तनलाई पनि जनतामाझ उदाङ्ग्याउनु जरूरी छ । यो वर्षको गाईजात्रा यस्तै विषयमा केन्द्रित हुनुपर्ने सचेत नागरिकको अभिमत रहेको छ ।
शान्तिको नाउँमा अशान्तिको जाल फालेर समाजमा उपद्रव मच्चाउने, जनताका चाहनामा तुषारापात गर्ने, जनअपेक्षाविपरीत काम गर्ने पात्रहरूलाई पनि समाजले चिन्नुपर्छ र चिनाउनुपर्छ । आज मानवता अमानवीय प्रवृत्तिको पिँजडामा थुनिएको स्थितिमा छ । अतः समाजमा व्याप्त विकृति, विसङ्गति र बेथिति अन्त्य गर्नुपर्छ र शोषणरहित समाज या आदर्शोन्मुख समाज स्थापना गर्नेतर्फ अघि बढ्नुपर्छ† अघि बढ्ने वातावरण तयार गर्नुपर्छ । पानीजस्तै कञ्चन, गुलाबजस्तै सुन्दर र हिमालजस्तै निश्चल समाज स्थापना गर्न सके त्यसले समाजको निम्ति एउटा असल मार्ग कोर्नेछ । त्यो चिरकालको निम्ति एउटा सत्मार्ग देखाउने राम्रो गोरेटो हुनेछ । देशलाई माया गरेको स्वाङ रच्ने मानिस कहिले पनि देशभक्त हुनेछैन । देशलाई माया नगर्ने नेता, साहित्यकारबाट देशको विकास सम्भव छैन । अतः नेता, मन्त्री र साहित्यकारहरू स्वाधीन र सार्वभौम नेपाललाई उन्नतिको शिखरमा पु¥याएर संसारमा नाम चम्काउने काममा लाग्नुपर्छ ।
Leave a Reply