भर्खरै :

भनपा–८ मा डिजिटल मार्केटिङसम्बन्धी तालिम सुरु

भनपा–८ मा डिजिटल मार्केटिङसम्बन्धी तालिम सुरु

भक्तपुर, ६ असोज । भक्तपुर नगरपालिका वडा नं. ८ को आयोजनामा डिजिटल मार्केटिङसम्बन्धी तालिम भनपा वडा नं. ८ मा सुरु भएको छ ।
डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै व्यवसाय तथा उद्यमलाई डिजिटल माध्यमबाट प्रवद्र्धन गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशीले डिजिटल युगमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।
डिजिटलाइजेसनसँगै पछिल्लो समय एआईको प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै उहाँले प्रविधिको सही र सुरक्षित तरिकाले प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लक्ष्मीनारायण दुवालले नयाँ प्रविधि, ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्दै त्यसबाट आफ्नो व्यवसाय तथा कामलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति केपी कोजुले डिजिटल माध्यमको प्रयोगसँगै सही निर्देशन (प्रम्प्ट) तयार गर्ने सीपले एआईबाट प्रभावकारी परिणाम लिन सहयोग पुग्ने बताउनुभयो
उहाँले डिजिटल प्रविधिको प्रयोगलाई व्यवहारिक कामसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
तालिमका प्रशिक्षक अनिल पाउँले सहभागीलाई कन्टेन्ट मार्केटिङ, कन्टेन्ट निर्माण, क्भ्इ, आधारभूत भिडियो एडिटिङ, सेल्स एन्ड मार्केटिङ तथा सामाजिक सञ्जालको प्रभावकारी प्रयोगलगायतका विषयमा प्रशिक्षण दिने बताउनुभयो ।
तालिममा सहभागीहरूले मोबाइल तथा डिजिटल प्लेटफर्मको प्रयोग गरी व्यवसायको अनलाइन उपस्थितिलाई कसरी बलियो बनाउने, ग्राहकसम्म कसरी पुग्ने र डिजिटल माध्यमबाट व्यवसाय प्रवद्र्धन कसरी गर्ने भन्ने विषयमा व्यावहारिक ज्ञान हासिल गरेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *