कम शुल्कमा इन्जिनियरिङ पढाउन नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिङ कलेज
- भाद्र ५, २०८३
प्रायः हरेक साताजसो अमेरिकाले चिनियाँ संस्था र प्रविधिमाथि नयाँ प्रतिबन्धको घोषणा गर्छ । जब नयाँ अवरोध खडा गरिन्छ, एउटा यथार्थ अझ स्पष्ट हुँदै जान्छः वासिङटन डराएको छ । अमेरिकी अधिकारीहरूलाई यो कुरा प्रस्ट छ कि अन्तर्राष्ट्रिय समुदाय पनि यस विषयमा जानकार छ । विगत केही सातामा अमेरिकामा के के भयो, त्यसलाई विचार गर्नुहोस् ।
२३ जुलाईमा अमेरिकी रक्षा मन्त्रालयले ‘समस्याग्रस्त गतिविधि सञ्चालन गर्ने विदेशी अनुसन्धान संस्थाहरूको सूची’ अद्यावधिक ग¥यो र ८० भन्दा बढी चिनियाँ संस्थामाथि प्रतिबन्ध लगायो । यस सूचीमा विश्वविद्यालय र सैन्य संस्थाहरूको बाहुल्य छ र प्रतिबन्धमा यस्ता संस्थाहरूका सबै कर्मचारीमा लागू हुने गरी ‘कोषसम्बन्धी रोक’ पनि समावेश छ । अर्को शब्दमा भन्नुपर्दा व्यक्तिले जस्तोसुकै राम्रो काम गरे पनि उसलाई दोषी ठह¥याइन्छ ।
आखिर कुन कुराका लागि दोषी ? यसको ठोस जवाफ पाउनु निकै कठिन छ । एक अमेरिकी अधिकारीको भनाइमा ‘अमेरिकी वैज्ञानिक क्षेत्रको अखण्डता’ जोगाउन यी कदम आवश्यक थिए । त्यसपछि २८ जुलाईमा अमेरिकी सरकारले राष्ट्रिय सुरक्षा जोखिमको कारण देखाउँदै नयाँ चिनियाँ मानव–आकारका रोबोट र ग्रिडजडित पावर इन्भर्टरहरूको आयातमा प्रतिबन्ध लगायो ।
कुनै प्रमाण नदिई, सङ्घीय सञ्चार आयोग (एफसीसी)का प्रमुखले यो कदम बुद्धिमानीपूर्ण भएको दाबी गरे किनभने यसले ‘अमेरिकाको महत्वपूर्ण आपूर्ति शृङ्खलालाई सुरक्षित’ गर्नेछ । ती उपकरणहरूले महत्वपूर्ण पूर्वाधारमा साइबर सुरक्षासम्बन्धी खतरा निम्त्याउन सक्ने तर्क अघि सार्दै एफसीसीले उक्त कदमको थप औचित्य पुष्टि ग¥यो ।
वासिङटनले चीन एक अनुचित वैश्विक साझेदार हो भन्ने भाष्य निरन्तर पेइचिङविरूद्ध सारेको छ । अमेरिकीमाथि प्रतिबन्ध लगाउने क्रम ३१ जुलाईमा पनि जारी रह्यो ।
पहिलो कुरा ह्वाइटहाउस र वासिङटनको राजनीतिक उच्च वर्गमा एउटा त्रुटिपूर्ण धारणा व्याप्त छ कि अमेरिका एक्लैले अत्याधुनिक प्रविधिको विकास र निरन्तरता कायम राख्न सक्षम छ । आफ्नो दुवै कार्यकालमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी उत्पादन क्षेत्रको पुनरूत्थानबारे कुरा गरेका छन् । उनले अमेरिकालाई ती बितेका दिनहरूमा फर्काउने सन्दर्भमा चर्चा गरेका छन्, जतिबेला स्वदेश तथा विदेशमा बिक्री हुने आफ्ना उत्पादनहरूका कारण अमेरिका विश्वकै लागि इष्र्याको पात्र बनेको थियो । तसर्थ, उत्पादन क्षेत्र किन फर्किरहेको छैन र वासिङटनले वाचा गरेको प्राविधिक पुनरूत्थान किन साकार हुन सकेन भन्नेबारे स्पष्ट कारण आवश्यक छ । यसको कारण वासिङटनले गरेका निर्णय मात्र उचित हुन सक्दैनन् । यसैबिच चीनको प्रसङ्ग आउँछ । चीनले ‘नियम’ पालना गर्दैन भन्ने दाबी गर्दा एउटा ‘खलनायक’ वा ‘डरलाग्दो शत्रु’तर्फ औँला ठड्याउने अवसर मिल्छ । लगाइएका प्रतिबन्धहरूले अमेरिकाले सशक्त र नैतिक रूपमा जवाफ दिइरहेको छ भन्ने धारणालाई बल पु¥याउँछन् ।
अझ आधारभूत रूपमा भन्नुपर्दा वासिङटनले प्रतिस्पर्धाको परिभाषा नै परिवर्तन गरिरहेको देखिन्छ । परम्परागत रूपमा, आर्थिक नेतृत्व भनेको उत्कृष्ट प्रविधि उत्पादन गर्ने, थप प्रतिभालाई आकर्षित गर्ने र बढी प्रतिस्पर्धी उद्योगहरू निर्माण गर्ने कुरामा निर्भर हुन्थ्यो । तर, पछिल्लो समयमा प्रतिस्पर्धीहरूको बजार, पुँजी, अनुसन्धान साझेदारी र अत्याधुनिक प्रविधिमाथिको पहुँचलाई सीमित पारेर नेतृत्व हासिल गर्ने प्रयास भइरहेको छ । प्रतिस्पर्धा अब प्रतिद्वन्द्वीहरूभन्दा उत्कृष्ट प्रदर्शन गर्ने कुरामा मात्र सीमित छैन । यो त प्रतिद्वन्द्वीहरूलाई प्रतिस्पर्धा गर्न दिइने अवस्था वा नियम तय गर्नेसम्म विस्तार भएको छ । आर्थिक शक्तिको प्रयोग गर्ने तरिकामा आएको यो एउटा महत्वपूर्ण परिवर्तन हो ।
दोस्रो, यी गतिविधिले स्वतन्त्र व्यापारप्रतिको अमेरिकाको लामो समयदेखिको दाबी र विश्वासमाथि कडा प्रहार गरेका छन् । आफ्ना केही घरेलु उद्योगहरूको संरक्षण गर्न वासिङटनले बारम्बार आफ्नो एउटा आधारभूत मान्यतालाई लत्याएको छः स्वतन्त्र व्यापार नै सर्वोत्तम व्यापार हो । यहाँ पनि वासिङटनका भित्री वृत्तका मानिसहरू बारम्बार यही भनिरहन्छन् कि यदि चीनले मात्र ‘नियम’ पालना गरिदिएको भए त यी झन्झटिला प्रतिबन्ध हट्ने थिए ।
निःसन्देह, ती नियम अमेरिका आफैँले बनाएको हो । तिनलाई अन्य पश्चिमी लोकतान्त्रिक मुलुकहरूको समर्थन छ । तिनलाई विश्व बैङ्क र वासिङटनप्रति पूर्ण रूपमा आश्रित अन्य अन्तर्राष्ट्रिय निकायहरूले पनि अनुमोदन गरेका छन् । यी सबै पृष्ठभूमिलाई हेर्दा, सायद ‘नियम’ सही शब्द होइन, बरू ‘हुकुम’ वा ‘आदेश’ बढी उपयुक्त हुन सक्छ । हो, अमेरिकाले आफू डराएको कुरा खुलेर स्वीकार्दैन, तर अत्यन्तै सोझा मानिसले बाहेक अरू कसैले पनि यो सत्य नदेख्ने भन्ने हुँदैन ।
अन्तर्राष्ट्रिय मञ्चमा अमेरिकाको प्रभाव पहिलेजस्तो बलियो छैन । उदाहरण प्रस्तुत गरेर नेतृत्व गर्ने नैतिक हैसियत पनि ऊसँग छैन । सबैभन्दा अत्याधुनिक वस्तुहरूको उत्पादन अब उसले मात्र गर्दैन । २१ औँ शताब्दी बहुध्रुवीय विश्वको युग हो भन्ने यथार्थलाई स्वीकार गर्न अमेरिका तयार छैन । सुदृढ नेतृत्वले यी तथ्यहरूलाई आत्मसात् गथ्र्यो र तदनुरूप आफूलाई समायोजन गथ्र्यो । तर, वासिङटनको शैली त्यस्तो छैन ।
विश्वले त्यो कुरा मन पराउँदैन । केही दिनअघि मात्र ‘प्यु रिसर्च सेन्टर’द्वारा सार्वजनिक गरिएको एक नयाँ सर्वेक्षणले देखाएअनुसार सर्वेक्षण गरिएका ३६ मध्ये २५ देशका मानिसले अमेरिकाको तुलनामा चीनप्रति बढी सकारात्मक दृष्टिकोण राखेका थिए । आफ्ना नागरिक र अन्तरसम्बन्धित विश्वमञ्चमा प्रतिस्पर्धा गर्ने क्षमतामाथि विश्वास राख्ने राष्ट्र कम्मर कसेर लाग्थ्यो र वास्तविक समाधान खोज्थ्यो । तर, डराएको राष्ट्रले भने दोषारोपण मात्र गरिरहन्छ ।
(मोरेटी पेन्सिलभेनियास्थित रोबर्ट मोरिस विश्वविद्यालयको ‘सञ्चार तथा सङ्गठनात्मक नेतृत्व विभाग’का सहप्राध्यापक हुन् )
– चाइना डेलीबाट)
Leave a Reply