भर्खरै :

केही मुक्तकहरू

केही मुक्तकहरू

परिवर्तनकै चाहनाले भ्रष्टाचार र अपराध नि बिर्सेका ती खोट
सामान्य जीवनस्तर सुधारको लागि जनताले दिएको त्यो भोट
समय र परिस्थितिले ढिलो वा चाँडो परिवर्तन अवश्यम्भावी छ
सामान्य जनताको मानवीय संवेदनशीलतामा लगाउनु हुन्न चोट ।

वितण्डा र काण्ड नै बिर्सेर परिवर्तनको त्यो दियो बालिएको हुन्छ
सांसद, कर्मचारी जनताको कर र भोटमा सरकारद्वारा पालिएको हुन्छ
समय र व्यवस्थाअनुसार जनताको सेवा नै आजको आवश्यकता हो
जनताको आवश्यकतामाथिको निरङ्कुशता अवश्य फालिएको हुन्छ ।

सुन्न आतुर तयार छैनन् अहिले मिठा मिठा भाषण
सहज र छिटोछरितो सेवासुविधा जनतामाझ पुग्नु नै हो शासन
जनताको जस्तोसुकै मतलाई कोही कसैले गर्नुहुन अवमूल्यन
महँगी र अनियन्त्रित बजारमा निमुखा जनतासामु सहजै रासन ।

एउटै लक्ष्य देशको समृद्धि र विकासमा किन हुन्छ फेरि किचलो
बहुमत होस् या गठबन्धनको सरकार तिम्रो हरेक निर्णय छ फितलो
सोझासिधा जनतालाई सुविधा सहजताको दिनुहुन्न आश्वासन
देशको सीमा र अस्तित्वमाथि कोही पनि पन्छिनु हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *