कम शुल्कमा इन्जिनियरिङ पढाउन नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिङ कलेज
- भाद्र ५, २०८३
लघु कथा
साँझको खाना खाएर हजुरबुबा तल कोठामा आउनुभयो । नाति पनि त्यस्तै हजुरबुबासँगै दौडेर तल कोठामा आए । नातिलाई हजरबुबासँग आज कक्षामा सरले सुनाउनुभएको ‘भक्तपुर काण्ड’ बारे सोध्न र सुन्न मन आतुर भयो । नातिले सोधिहाले, ‘हजुरबुबा, आज सरले कक्षामा मानव अधिकार’ भन्ने पाठ पढाउनु हुँदा ३८ वर्ष अगाडिको भक्तपुरका जनताको मानव अधिकार हनन भएको घटना भक्तपुर काण्डमा पुलिसले पक्रेर खोरमा धेरै यातना दियो रे हो ? तपाईँजस्ता अरु हजुरबुबाहरू, अङ्कलहरूलाई पनि त्यस्तै कुटे । कतिले कष्टकर भूमिगत जीवन बिताउनुप¥यो रे । त्यो मानव अधिकार हनन भएको घटनाबारे मलाई पनि सुनाइदिनुहोस् न हजुरबुबा ! तपाईँले त हामीलाई त्यस्तो अन्यायको कुरा सुनाउनु नै भएन । हाम्रो सरले भन्नुभएपछि मात्र बल्ल थाहा पाएँ । त्यो नसुनिकन म त सुत्न नै जान्न के ।
नातिले ढिपी गरेपछि त्यसो भए भनेर हजुरबुबाले बताउन थाले । तिम्रो सरले भन्नुभएको कुरा साँचो हो बाबु । ३८ वर्षअगाडि नेपाल मजदुर किसान सङ्गठनले भक्तपुर नगर पञ्चायतमार्फत देश र जनताको हितमा राम्रो काम ग¥यो । आज पनि झन् राम्रो काम हुँदै छ । त्यो तिमीले सबैले देखेकै हो । त्यो निःस्वार्थ सेवाको काम त्यसबेलाका निरङ्कुश पञ्चायती सरकारलाई पचेन । उनीहरू जनताको नजरमा उदाङ्गिए । त्यसैले उनीहरू बेचैन भए । त्यसको प्रतिशोध साध्न उनीहरूले राज्य नै लागेर षड्यन्त्र रचे । त्यो षड्यन्त्रको नाम नै भक्तपुर काण्ड हो । एकजना मान्छेलाई बलिको बोको बनाएर, त्यसको निहुँमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहितलगायतका सयौँ, हजारौँ नेता, कार्यकर्ता, समर्थक, सहानुभूति राख्नेलाई देशभरबाट जथाभावी पक्रेर लगे । त्यसमा स्थानीय विभीषण दलालहरूले आफ्नो व्यक्तिगत रिसइवी र लोभमा सुराकीको काम गरे ।
हजुरबुबाले फेरि थपे, ‘त्यस गिरफ्तारीको भ्रममा म पनि पक्राउमा परेँ । त्यहाँ अरु खर्पनमा काँक्रो, तरकारी बेच्न, डकर्मी, सिकर्मी, ज्यामी काम गर्न काठमाडौँ गइरहेका, खेतमा काम गर्ने किसान, व्यवसायी, शिक्षक आदिलाई पनि पक्रेर ल्याइसकेको रहेछ । मलाई नेपाली भाषा राम्रोसँग बोल्न आउँदैन बाबु । प्रहरीले मलाई यो ज्यापुले हेप्यो भनेर हात खुट्टामा निलडामै हुने गरी पिटे । तपाईँलाई त राक्षसजस्ता ती प्रहरीले त्यसरी पिट्दा अति दुःख्यो होला है हजुरबुबा ? त्यो तपाईँलाई सुराकी गरेर पक्राउने मान्छे हामीलाई पनि चिनाइदिनुस् न । तिनीहरूलाई त समाजमा नङ्ग्याउनुपर्छ । बाबु नाति, मलाई भन्दा त अरु भाइहरूलाई बढी यातना दिएछ । कसरी ? हजरबुबा पनातिले आक्रोशित र उत्सुक भएर सोधे । हजुरबुबाले पुनः सविस्तार बताए । उनीहरूलाई पुलिसहरूले मार्न लागेको राँगोलाई जस्तो हात खुट्टा बाँधेर ओल्टाइपल्टाइ गरेर मरणासन्न र बेहोस हुने गरी पिटे । त्यतिले नपुगेर हात खुट्टाको सबै औँलामा रगत भल्भल्ती बग्ने गरी पिन घुसारे र हल्लाइदिए ।
त्यति भनेपछि नाति जुरुक्क उठेर मुठी कसे र भने, “ त्यो त हजुरबुबा मानव अधिकारको घोर हनन् भयो, जङ्गली बराबरको, पासविक यातना भयो । त्यसको विरुद्धमा आवाज उठाउनुपर्छ, लड्नुपर्छ हजुरबुबा !
हो बाबु, त्यतिबेलै हाकुपतासी लगाएका हजारौँ क्रान्तिकारी महिलाहरू दुर्गाजस्तै राँको बोकेर मुठी कसेर, औँलो उठाएर विरोधमा उत्रे । भक्तपुरका सहिद राजकुमार सुवाल, कृष्णराम दुवाल, निर्मलकुमार शाक्य, हरिकृष्ण भुजुलगायतका युवा विद्यार्थीहरूले निरङ्कुश दमनकारी पञ्चायतको अन्त्य र प्रजातन्त्रको लागि बलिदान दिए । त्यो बलिदानको ज्वाला आँधीसरि देशभरि फैलियो । फलस्वरूप २०४६ सालको जनआन्दोलनले पञ्चायत ढल्यो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँलगायत सबै नेता कार्यकर्ताहरू स–सम्मान रिहा भए । तर बाबु, (२/४ हजार कमाइ भयो) आज सबैले त्यसलाई बिर्से । बाँच्नलाई पैसा चाहिन्छ । पैसा नै सबथोक होइन; न्याय, स्वतन्त्रता ठुलो हो । पैसा भयो भन्दैमा कोही बच्नेवाला छैन । यस्ता षड्यन्त्रहरू विभिन्न नाम, रूप, वहानामा फेरि फेरि हुन सक्छ । ख्वप विश्वविद्यालय स्वीकृति नदिएको देशले भदौ २३ र २४ गतेको विध्वंश व्यहोरिसकेको छ । हामी सबै सधैँ सचेत हुनुपर्छ बाबु ।
ए ! त्यसो पो हजुरबुबा ¤ बल्ल मेरो प्यास मेटियो । म भोलि विद्यालयमा, टोलमा मेरा साथीहरूलाई त्यो अन्याय षड्यन्त्रबारे सुनाएर सचेत पार्छु है हजुर बुबा भन्दै भोलि चाँडै उठेर गृहकार्य गर्नुपर्छ भन्दै सुत्न गए ।
Leave a Reply