भर्खरै :

सैद्धान्तिक विचलन र राजनीतिक अपरिपक्वताले देश विकासमा बाधा

  • भाद्र १५, २०८३
  • दानबहादुर कपाली
  • विचार
सैद्धान्तिक विचलन र राजनीतिक अपरिपक्वताले देश विकासमा बाधा

कुनै पनि राजनीतिक दललाई चिन्ने आधार त्यो दलको सिद्धान्त र विचार नै हो । दलको सिद्धान्त र विचारलाई व्यवहारमा लागू गर्न अघि बढेको छ कि छैन त्यो अर्को महत्वपूर्ण पाटो हो । सरकारमा रहेको होस् या नरहेको दलको सिद्धान्त र विचार नै स्पष्ट छैन; त्यो दलको मार्गनिर्देशक सिद्धान्त इङ्गित गरिएको छैन भने जनताले केको आधारमा राजनीतिक दललाई विश्वास गर्ने ? कुनै दलको स्पष्ट सिद्धान्त र विचार छैन भने त्यो दलले न देशको नेतृत्व राम्ररी गर्न सक्छ न त पार्टीलाई नै सही दिशामा अघि बढाउन सक्छ । राजनीतिक दलको स्पष्ट दृष्टिकोण नहुँदा, दृष्टिकोणलाई व्यवहारमा लागू नगर्दा र सैद्धान्तिक रूपले विचलन भएको कारण निर्वाचनमा जितेको राजनीतिक दलले देशको विकासलाई उचाइमा पु¥याउन नसकेको हो; बहुमत जनताको सेवा गर्न ऐन कानुन बनाउनेतर्फ ध्यान दिन नसकेको हो । जुनसुकै दलको नेतृत्वमा सरकार बने पनि जनताको विश्वास नभएको हो या सरकारप्रति जनताको विश्वास नभएको हो । सत्तासीन दलहरूमा देखिएको सैद्धान्तिक विचलन, सिद्धान्त एउटा र व्यवहार अर्को तथा सिद्धान्तअनुसार राजनीति नगर्दाको कारण देशमा जहिल्यै अन्योल, अस्पष्टता छाएको हो । सत्तासीन दलकै नेता र मन्त्रीहरूबिच मतभेद, द्वन्द्व र असमझदारी बढेको हो ।
नेपालको आवश्यकता र नेपाली जनताको चाहनाअनुसार सरकारले काम गर्न नसक्नुको अर्को मूल कारण विदेशी घुसपैठ पनि हो । कहिले विकास योजना, कहिले आर्थिक सहयोग र कहिले विभिन्न असमान सन्धि सम्झौताको कारण विदेशी, विदेशी दलालहरू घुसेको विश्वका विभिन्न देशमा घटेका घटनाले पनि सङ्केत गर्छ । यही भएरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनहरू यहाँ पसे । विकासको नारा भजाउँदै स्वदेशीको भन्दा विदेशीको बढी प्रचार भयो । विदेशी सहयोग र साथबिना नेपाल र नेपालीले केही गर्न नसक्ने भन्दै नेपाल र नेपालीलाई लात मार्ने काम भयो र विदेशी र विदेशी दलालको पक्षपोषण भयो । प्रजातन्त्र स्थापना भएको दशकौँ बितिसके पनि देशमा प्रजातन्त्र, न्याय, स्वतन्त्रता र सुरक्षा भएको अनुभूति भएन । देशमा आएको थोर बहुत परिवर्तन त ठुला दलहरूको निम्ति रजाइँ गर्ने भ¥याङ साबित भयो । विदेशी सहयोग र साथमा विकास गर्ने मेसो बोकेकैले नेपाल अझै विदेशीहरूको भरमा बस्नुपरेको हो† सरकार सत्तासीन दलका नेता, मन्त्रीहरू विदेशीको इसारा या उठबसमा बस्न बाध्य भएका हुन् ।
विदेशी शक्ति राष्ट्रहरूले नेपाल सरकारको कमजोरीमाथि फाइदा उठाइरहेका छन् । विदेशी सहयोग र आर्थिक सहयोग गरेपछि जस्तो सुकै असमान सन्धि सम्झौता गर्न पनि नेपालका सरकारहरू पछि पर्दैनन् । विदेशी शक्ति राष्ट्रहरूको दबाब, लोभलालचमा परेकै कारण नेपालका धेरै प्राकृतिक स्रोत र साधन भारतको अधीनमा गएको हो । कति उद्योग र कलेजहरूसमेत विदेशी कम्पनी या संस्थाले चलाउन थालेका छन् । विदेशी घुसपैठ, विदेशी प्रभावले नेपाल र नेपालीको कहिले पनि भलो हुँदैन† भलो भएको छैन । विदेशी शक्ति राष्ट्रको उठबसमा चलेको सरकारले देशलाई कहिल्यै आत्मनिर्भर बनाउनेतर्फ चासो राख्दैन; राखेको देखिँदैन ।
दल र सरकार चलाउने नेता र मन्त्रीहरूमा राजनीतिक परिपक्वता पनि अपरिहार्य छ । राजनीतिक अपरिपक्वताले पनि देशको मार्ग कोर्न सकिँदैन । उनीहरूले न देशको आवश्यकता बुझ्छन् न त जनताका माग र आकाङ्क्षा नै बुझ्छन् । त्यस्ता व्यक्तिहरूले कसरी देशको नेतृत्व गर्छन् ? युवाहरूको नेतृत्वमा बनेको सरकारले गरेका कति निर्णयहरू अल्पबुद्धिको आधारमा भएको देखिन्छ । त्यही कारण जनताको दबाब बढ्यो; विरोध भयो । जन दबाबकै कारण कति निर्णय सरकारलाई फिर्ता लिन बाध्य भयो । कति निर्णय सर्वोच्च अदालतले खारेज ग¥यो । सतही राजनीति गर्ने सत्तासीन दलका प्रधानमन्त्रीको राजनीतिक अपरिपक्वताकै कारण महिनौँसम्म संसद् नै चलेन । प्रधानमन्त्रीको विरोध भइरह्यो । सरकारको अपरिपक्वताकै कारण सरकारको विरोधमा हरेक दिनझैँ कहीँ न कहीँ, आन्दोलन धर्ना, घेराउ, प्रदर्शन कहिल्यै खाली भएन । जनतामा व्यापक असन्तोष बढ्यो । सरकारको विरोध बढ्न थाल्यो । झन्डै दुईतिहाइ मत प्राप्त भएको सरकारको छोटो समयमै धेरै विरोध भएको जनता महसुस गर्दै छन् । सुरुका दिन जनतामा खुसी छाए पनि पछि बढ्दै गएको विरोध र असन्तोषले सरकारप्रति जनताको विश्वास गुम्दै गएको थाहा हुन्छ ।
सत्तासीन दलका नेता, मन्त्री र सांसदहरू देश र जनताप्रति जिम्मेवार हुनुपर्छ । सत्तासीन दलहरू देश र जनताप्रति जिम्मेवार नहुँदा, जिम्मेवारीबोध भएर काम नगर्दा देशको स्थिति भताभुङ्ग भएको राजनीतिक विश्लेषकहरूको भनाइ रहेको छ । सरकारको नेतृत्व गर्ने दल बहुमत जनताको पक्षमा छैन । सरकारको नेतृत्व गर्ने दलको विचार नै अल्पमतवर्गको पक्षमा छ भने उसले शेषित पीडित जनताको पक्षमा काम गर्दैन; ऐन कानुन बनाउँदैन । वास्तवमा राजनीति शोषित जनताको पक्षमा गर्नुपर्ने हो । जो गरिब छन्† जसको जीवन जसोतसो बितिरहेको छ, उनीहरूको जीवन जोहो गर्नेतर्फ सरकार केन्द्रित हुनुपर्ने हो । तर, हालसम्मका सरकारहरू गरिब जनताको काँधमा चढेर सत्तामा पुगेर रजाइँ गर्दै छन् । श्रमजीवीवर्गको मतबाट सरकारमा पुगेको दल उनीहरूकै अहितमा लागेको देखिन्छ । गरिब जनताको निम्ति सरकारले के सुविधा दिएको छ ? उल्टो उनीहरूको काँधमा महँगीको भार थपिएको छ ।
देश विकास नहुनुका अनेक कारणमध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था देशमा छ्यासछ्यासती पस्नु पनि हो । गैरसरकारी संस्थाकै माध्यमबाट नेपालमा चाल पाइकन या नपाइकन विदेशी गुप्तचर, विदेशी दलालहरू छिर्छन् । उनीहरूले देशको स्थितिबारे गहन अध्ययन गरी गुप्तचरी काम गरिरहेका हुन्छन् । गैरसरकारी संस्थाका सञ्चालनहरू कहिले पनि नेपाल र नेपाली जनताप्रति जिम्मेवार हुँदैनन् । विकास र आर्थिक सहयोगको सपना बोकेर, सपना बाँडेर नेपाल र नेपालीकै अहित या विरोधमा उनीहरू भ्रमको खेती गर्छन्; यहाँको गुह्य कुरा आफ्नो देशमा पु¥याउँछन् । त्यसैको आधारमा विदेशी तत्वहरूले यहाँ चलखेल गर्छन् । देशमा भएका ठुलठुला उपद्रोहरू विदेशी शक्ति राष्ट्र, गैरसरकारी सङ्घ संस्थाबाट भएको राजनीतिक विश्लेषण छ । यसको पछिल्लो दृष्टान्त गत भदौ २३ र २४ गते भएको तोडफोड र आगजनी हो । यी विभिन्न कारणले पनि देशको अवस्था जर्जर भइरहेको हो । विकासको गति उचाइमा नपुगेको हो ।
देश विकास नहुनुमा राजनीतिक कारण मात्र होइन बेलाबखत भइरहने प्राकृतिक प्रकोप, बाढी पहिरो, भूकम्प, कोरोना, डेङ्गुजस्ता अन्य पनि छन् । बाढी पहिरो र डुवानले खेतीपाती मात्र होइन जनधनको ठुलो नोक्सान पु¥याउँछ । हिम पहिरोको कारण ताल फुटेर आएको भेलले धेरै क्षति पु¥यायो । यसले पु¥याएको क्षतिको पुनःनिर्माण गर्न खर्बौँ रकम लाग्ने बताइएको छ । त्यो रकम देश विदेशबाट उठे पनि पुनः निर्माण कार्य कहिलेदेखि सुरु हुने हो र कहिले पूरा हुने हो ? कुनै निश्चित छैन । पुनःनिर्माण कार्य सुरु नै भए पनि हालको स्थानमा गर्न नहुने कुरा भेलले बोध गराइसकेको छ । यस्तै यस्ता बिपत्तिले देशको विकासमा असर पु¥याउँछ र देश विकासमा बाधा पर्छ । अबको बस्ती या वासस्थान बाढी पहिरो, डुवान, खोला–नाला, तलाउ आदिबाट सुरक्षित हुने स्थान खोज्नुपर्छ । विगतको कमी कमजोरीबाट हामी सबैले पाठ सिक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *