इरानले सक्ला त आर्थिक कठिनाइको सामना गर्न ?
- भाद्र १७, २०८३
रसुवाको भोटेकोसीमा आएको भीषण बाढीबाट क्षति भएका बाढी पीडितहरूलाई राहत पु¥याउने, वासको व्यवस्था गर्ने, औषधि उपचार गर्नुपर्ने बेला विदेशी दलाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा विदेशी तत्वहरू सङ्कटको घडीमा पनि आफ्नो स्वार्थ पूरा गर्न पछि पर्दैनन् । हिम पहिरोको कारण बाढीबाट प्रभावित हजारौँ स्थानीयहरूको जीवनको जोहो गर्नुपर्ने बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा भ्रम फैलाउने विदेशभक्त सञ्चारकर्मी र सञ्चारका साधनहरूदेखि स्वाधीनताप्रेमी र देशभक्त जनता गम्भीर र सचेत हुनुपर्छ । सञ्चार जगत्मा भ्रम फैलाएर, नेपाली जनतामाझ अन्योल सिर्जना गरेर विदेशी शक्तिराष्ट्रको स्वार्थ पूरा गर्न षड्यन्त्रका जालहरू बुन्ने कुनै पनि लेखक, पत्रकार र सञ्चारकर्मीहरूदेखि सतर्क हुनुपर्छ ।
नेपाल सरकारलाई ‘बदला’ लिन चीनले हिमाल र पहाडमा हिम पहिरो बनाएर नेपाली बजार र बस्तीलाई घरबारबिहीन बनाउन खोज्यो भनी नितान्त झूट कुरा फलाक्ने सञ्चारकर्मी, सञ्चार साधनलाई सरकारले सचेत पार्नुपर्छ । झूट कुरा फलाकेर एकातिर चीनको बदनाम गर्ने र अर्कोतिर नेपाली जनताको सुरक्षाको नाउँमा अमेरिकी सेना ल्याएर क्याम्प खडा गर्ने जालदेखि नेपाल सरकार चनाखो हुनुपर्छ । कहिले चीन आफैले जानाजान हिउँ फुटाएको त कहिले सूचना समयमा नदिएको भनी चीनको विरोध गर्न पाएपछि मन्त्रमुग्ध हुने फलाकावादीहरूदेखि नेपाली जनता सचेत हुनुपर्छ । प्राकृतिक विपत्तिलाई बनावटी कुरा फलाकेर एउटा देश र अर्को देश तथा जनता जनताबिच झगडा गराउने, पीडाको आक्रोश अन्ततिर मोड्ने कुत्सित प्रयास गरेर अमेरिकी सेना भित्याउने चालबाजीप्रति नेपाल र नेपाली जनता जहिल्यै सचेत हुनुपर्छ । नेपाल सरकार र नेपाली जनता अरुले चालेको गोटीचालमा फस्नु बुद्धिमानी होइन । प्राकृतिक विनास अनेक कारणले हुनसक्छ । हिउँ पग्लिनु, हिमाल र पहाडमा पहिरो जानु कुनै नौलो कुरा होइन । हरेक वर्षमा नेपालमा कहीँ नै कहीँ पहिरो नगएको वर्ष नै हुँदैन । हिउँ पग्लिएर पर्वत कालो देखिनु आश्चर्यको विषय होइन । सानो ठुलो हिम पहिरो पनि गएकै हुन्छ । तर, यो वर्ष हिमालको ठुलो भाग नै पहिरो गयो र तलाउ फुटेर छालको रूपमा भेल आयो । यसले विशेषतः रसुवा, नुवाकोट र धादिङमा बढी क्षति पु¥यायो या अकल्पनीय क्षति भयो ।
सङ्कटको समयमा जसले जति सक्छ सहयोग गर्ने हो । तर, यो विपत् र बस्ती उजाड भएको बेला, परिवारका सदस्यहरू बेपत्ता भएर बिचल्ली भइरहेको कारण दुःखको आँसु पिएर जीवन बिताइरहेको बेला घटनालाई अन्यत्र मोडेर षड्यन्त्रको जालो बुन्नेहरूदेखि आम नेपाली जनता चनाखो हुनुपर्छ । नेपाली भूमि कालापानीमा अस्थायी बास बसेका भारतीय सेनाहरू अहिले पनि बसिरहेका छन् । नेपालको भूमि कालापानीलाई आफ्नै जग्गा सम्झी भारतीय सेना प्रशासनिक भवन बनाई बसिरहेका छन् । कालापानीबाट भारतीय सेना आफैले सोचेर ठाउँ छाड्नुपर्ने हो; भारतीय सरकारले विचारेर भारतीय सेना फर्काएर लानुपर्ने हो । तर, भारतीय पक्ष त्यो नेपाली भूमिमा कब्जा गरेर बसेको छ ।
नेपालमा भारतीय सेनामात्र होइन अमेरिकी सेना पस्ने र क्याम्प खोलेर चीनलाई घेर्ने या चीनविरोधी गतिविधि बढाउने; तिब्बतमा आन्तरिक द्वन्द्व बढाउने काममा क्रियाशील तत्वहरू गोप्य या खुला रूपमा गतिविधि गर्न थालेको राजनीतिक विश्लेषकहरू बताउँछन् । प्रत्यक्ष या अप्रत्यक्ष रूपमा विगतमा भारतीय शासकहरूले नेपाली भूमिलाई उपयोग गर्ने, प्रभुत्व जमाउने काम गरेका थिए । त्यस्तो प्रभाव जमाउन संयुक्त राज्य अमेरिका पनि लागेको थियो । भारत र अमेरिका आफ्नो प्रभाव जमाउन अहिले पनि लागिरहेका छन् । नेपालमा अमेरिकी सेना भित्याउन अमेरिकाले नेपाललाई ‘आर्थिक सहयोग’ भनी रकम छोडेर नेपाल सरकारलाई खुसी पार्ने काम गरेको थियो । एमसीसी सम्झौता यसैको एउटा दृष्टान्त हो ।
सिद्धान्तले नभिजेका अपरिपक्व नेता, मन्त्रीहरू यस्ता संवेदनशील कुरा बुझ्दैनन् । उनीहरू हचुवा ढङ्गले टीकाटिप्पणी गर्छन् । प्रधानमन्त्री बालेन साहले नेपालले पनि भारतीय भूमि मिचेको अभिव्यक्ति दिनु राजनीतिक अपरिपक्वताकै सङ्केत हो । बरु, देशमा विदेशी हस्तक्षेप रोकिएको छैन । सरकारले जहिले पनि विदेशी हस्तक्षेपको विरोध गर्नुपर्छ । विदेशी दबाब र प्रभावको विरोधमा नेपाल सरकारले बोल्नुपर्छ । देशमा अमेरिकी सेनाको गतिविधि बढेको यथार्थ हो । कहिले नेपाली सेना दिवसमा त कहिले विद्यालयको विद्यार्थी मार्च पासमा अमेरिकी सेना छिरेको सञ्चार माध्यममा आएकै हो । विदेशी शक्ति राष्ट्रसामु झुक्दै गयो भने सरकारको कमजोरी सम्झेर विदेशी शक्तिराष्ट्रले एकपछि अर्को दबाब दिएर, लोभ देखाएर सरकारलाई आफ्नो इसारामा राख्ने प्रयास गर्छ र अनेक असमान सन्धि सम्झौता गरेर नेपाल र नेपाली जनतालाई दूरगामी असर पार्ने काम गर्नेछ ।
Leave a Reply