कृषिप्रधान देश नेपालको सङ्कट
- भाद्र २०, २०८३
संरा अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू. बुशबाट क्योटो सन्धि (Kyoto Protocal) मा हस्ताक्षर गर्न भएको अस्वीकारको विरोधमा फेब्रुअरीको दोस्रो हप्तामा सयौँ मानिसले बेलायतको लिङ्कन इन फिल्ड हलबर्न (LincoinÚs Inn Fields, Holborn) बाट ग्रोसभेनर (Grosvenor) चोकस्थित संरा अमेरिकी राजदूतावाससम्म जुलुस प्रदर्शन गरे । विश्वका धेरै देशमा सोही दिन जुलुसलगायत विभिन्न गतिविधिहरूको आयोजना भयो ।
बेलायतमा भएको जुलुसमा क्योटो सम्झौतामा हस्ताक्षर गर्ने १४१ देशहरूका रङ्गीचङ्गी झण्डा फहराइएको थियो । जुलुसमा धेरै देशका मानिसहरू सहभागी थिए । एक सङ्गीत टोलीले बाजा बजाएको थियो । थेम्स व्यारियर (Thames Barrier) देखि साइकल चढी आएकाहरू पनि जुलुसमा सहभागी थिए ।
जुलुसको नेतृत्व ‘मौसम परिवर्तनविरुद्धको अभियान’ नामको एक संस्थाले गरेको थियो ।
जुलुसको आयोजना गर्न हरित शान्ति, हरियाली पार्टी, मानिस र पृथ्वी, इसाई इकोलजी सम्बन्ध र विश्व प्रतिरोध नामका संस्थाहरूले सहयोग गरेका थिए । जुलुसमा ‘शान्ति र स्वतन्त्रताको निम्ति महिला सङ्घ’ समेतको उपस्थिति थियो ।
गत केही हप्ताभित्र विश्वको मौसममाथिका खेलावाडहरूबारे धेरै वैज्ञानिक प्रतिवेदनहरू आएका र ती हरेकले प्रकृतिको दीर्घकालीन विनाश हुने खतराको घण्टी बजाए ।
क्योटो सम्झौता विश्व विनाश टार्न चालिएको एउटा पहिलो कदम हो ।
क्योटो सम्झौताले हरितगृह ग्यासहरू निष्काशन ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ, यद्यपि त्यसमा धेरै कमजोरीहरू भएको हुँदा सो ५ प्रतिशतमा झार्ने लक्ष्य नै पूरा नहुने देखिन्छ ।
क्योटोमा हस्ताक्षर गर्ने धेरै देशहरू विकसित देशहरूको कार्बनडाइअक्साइड ग्यास निष्काशनलाई घटाउने लक्ष्त्न्दा धेरै बढी सो ग्यास उत्सर्जन गरिरहेका छन् ।
क्योटोमा हस्ताक्षर गर्नेहरूमध्ये स्पेन र पोर्चुगलले सन् १९९० देखि सन् २००२ सम्ममा कार्बनडाइअक्साइड ग्यासको उत्सर्जनमा ४०.५ प्रतिशतले वृद्धि गरेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले जनाएको छ । कति धेरै काम गर्नुपर्छ भन्ने यसले सङ्केत गर्दछ ।
सन् २०५० सम्ममा विकसित देशहरूले सो ग्यासको उत्सर्जनमा ९० प्रतिशतले कटौती गरी विश्वको सालाखाला ६० प्रतिशत उत्सर्जन घटाउनुपर्ने विज्ञहरूले चेतावनी दिँदै छन् ।
मौसम परिवर्तनको समस्या समाधान गर्ने अन्तर्राष्ट्रिय उपायहरूलाई संयोजन गर्न सकियोस् भन्ने हिसाबबाट क्योटो सम्झौता र यसका सबै लक्ष्य प्राप्त गर्ने अभियानलाई चालू राखिनुपर्दछ ।
त्यति हुँदाहुँदै पनि संरा अमेरिकाको सहभागिताबिना वातावरण सुधारसम्बन्धी कुनै काम पूर्ण प्रभावकारी हुन नसक्ने देखिन्छ ।
वातावरण जोगाउने अभियानमा लाग्नेहरू आफ्नो आन्दोलनलाई जारी राख्न र संरा अमेरिकालाई क्योटो सम्झौतामा हस्ताक्षर गर्न लगाउन विश्वभरको दबाब सृजना गर्न दृढ सङ्कल्पित छन् ।
The New Worker
18 February 2005
Leave a Reply