भर्खरै :

मौसम परिवर्तनको बढ्दो ज्वार

  • भाद्र २०, २०८३
  • रेनी साम्स (Renee Sams)
  • विचार
मौसम परिवर्तनको बढ्दो ज्वार

प्रशान्त महासागरको चारैतिर वृत्तकार हजाराँै मुगाका टापु (Coral reefs) हरूलाई पनि प्रदूषणले खतरा पु¥याएको छ । त्यस क्षेत्रका मुगा विनाश भइरहेका छन् तथा पानीको तापक्रम वृद्धिसँगै नयाँ खतरा जन्मेको छ – मुगा पहेलिँदै छ, केही महिनापछि मुगाको पहेँलो हुने प्रक्रिया कम हुन्छ र त्यसपछि मुगा सेतो रङ्गमा परिणत भएर मर्छ र समुद्री बिरुवा वा काई (Algae) को खोलभित्र पुरिन्छ ।
ती मुगाको सतह पृथ्वीकै सबैभन्दा बढी जैविक विविधताले भरिएको समुद्री पर्यावरण प्रणाली हो । तिनीहरूमा ९० लाख थरीका बिरुवा र जीवजन्तुहरू पाइन्छन् र समुद्री माछाका सम्पूर्ण प्रजातिहरूमध्ये एकचौथाइ ती नै भू–भागमा पाइन्छन् ।
सन् १९७० भन्दा पहिले मुगाको पहेंलीकरणको घटना अज्ञात थियो, सन् १९७० पछि पृथ्वीको बढ्दो तापक्रमले मुगाका क्षेत्रहरूको तापक्रम पनि बढायो । त्यसपछि यो क्रम निरन्तर जारी रह्यो तथा १९९८ को एलनिनो (El Nino Years p) वर्षमा यो झन् चरम सीमामा पुग्यो । त्यस अवधिमा पृथ्वीको कुल मुगा क्षेत्र पर्यावरणको ६ भागमध्ये एक भाग नष्ट भयो ।
श्रीलङ्का, माल्दिभ्स र हिन्द महासागर वरपरको मुगामा पनि असर परेको छ र ९० प्रतिशत मुगा म्हासिदैछ । अस्ट्रेलियाको उत्तर पूर्वी भागको ग्रेट व्यारियर रिफ (Great Barrier Reef) का प्राचीन मूगाहरूलाई पनि गम्भीर क्षति पुगेको छ । बढ्दो तापक्रमसँगै यस्तो प्रकारको क्षति वार्षिक रूपमा बढ्न थाल्यो भने आगामी ५० वर्षभित्र सम्पूर्ण उष्ण प्रदेशीय मुगा नष्ट हुनसक्छन् ।
विश्वका अन्य भागका जनताको लागि समुद्री ज्वारको बढ्दो उचाइ एउटा नराम्रो समाचार हो, अनुमान गरिए जस्तै वर्तमान दरभन्दा २ देखि ४ गुणाले समुद्रीसतह बढेमा २१ औँ शताब्दीको अन्त्यमा समुद्री सतह १ मिटरले बढ्नेछ ।
समुद्र तटवर्ती क्षेत्र व्यापार र माछा मार्ने कामको लागि महत्वपूर्ण छ । विश्वको कुल जनसङ्ख्याको एकतिहाइ भाग समुद्रभन्दा १०० किमिको दूरीमा बसोबास गर्छन् तथा विश्वका सबभन्दा ठुलठुला बीस सहरहरूमध्ये आधाभन्दा बढी समुद्री तटमा अवस्थित छन् । संरा अमेरिका जस्तो धनी देशमा म्यानहटन (Manhotton) र मियामी (Miami) जस्ता महत्वपूर्ण ठाउँहरूलाई समुद्रमा रक्षा गर्नसक्छन् तर थोरै सहुलियत प्राप्त क्षेत्रहरूको भाग्य अनिश्चित छ ।
आगामी केही दशकमा यस्ता घटना फेरि घट्नेछन् भन्ने होइन तर औद्योगिक क्रान्तिको युगमा समुद्री सतह बढ्नुको कारण हरित गृह ग्यास प्रदूषण हो । यो ढिलो गतिमा हुने तर अवश्यम्भावी प्रक्रिया हो । अहिले यो प्रक्रिया सुरु भएको छ, यसलाई रोक्नु असम्भव छ तथा मुगा र टापुहरूको भविष्य राम्रो छैन ।
सबैको ध्यान आकृष्ट गर्ने अर्को प्रकोप समुद्री आँधीहुरीको तीव्रता हो । उष्ण प्रदेशमा चल्ने हुरीको गति १२० किमि वा ७५ माइल प्रतिघण्टा छ । यस्तो आँधीबेहरीको सुरुवात एटलान्टिकमा गर्जने बादलहरूको सडकेन्द्र बाट सुरु हुन्छ । अगाडि बढ्ने क्रममा यसले ऊर्जा प्राप्त गर्छ र भूमरी बनी वाफलाई आफूतिर खिचेर वायुमण्डलको धेरै उचाइमा पु¥याउँछ । त्यहाँ त्यो वाफ चिसिएर बादल र पानी बन्छ । त्यो बादलको ढिक्काले त्यसपछि समुद्री सतहबाट पानीलाई तताउन प्रयोग गरेको तापलाई फ्याँक्छ र यसबाट हुरी आउँछ र यो पृथ्वीकै सबभन्दा विनाशकारी बन्छ ।
यस्ता अति ठुलठुला आँधीलाई संरा अमेरिकामा ‘हुरीकेन’ (Hurricane) भनिन्छ भने पश्चिमी प्रशान्त क्षेत्रमा टाइफुन (Typhoon), हिन्द महासागरमा चक्रवात वा साइक्लोन (Cyclone) भनिन्छ । पृथ्वी सधँै भयानक आँधीबाट पीडित छ । मेक्सिकोको माया (Mayan) सभ्यताका जनताले १००० वर्षभन्दा अगाडि हावा हुरीको विनाशकारी शक्तिको वर्णन गुफामा कोरेका चित्रहरूमार्फत गरेका छन् । धेरै समयदेखि विभिन्न यात्रु र जहाजीहरूले भोगेका भयानक आँधीहरूको वृत्तान्त सुनिदै आएको हो ।
संरा अमेरिकामा कहिले धेरै आँधीबेहरी आउँछ भने कहिले थोरै पनि आउँछ । सन् १९४७ र १९६५ को बीचमा अमेरिकाको पूर्वी तटमा १४ वटा ठुलठुला आँधीहरू आए । तर, सन् १९६६ र १९८३ को बीचमा कुनै पनि आँधी आएन तथा सन् १९९१ र १९९४ को बीचमा थोरै मात्र आँधी आए ।
तर सन् १९९५ मा धेरै परिवर्तन भए, झण्डै १९ वटा आँधीहरू, औसतभन्दा दुई गुणा ठुला थिए । तीमध्ये ५ वटा अत्यन्त ठुलठुला महाआँधी थिए । सन् १८७१ यता आएका वर्षहरूमा आँधीहरूको यो दोस्रो ठुलो सङ्ख्या थियो । सन् १९३३ मा सबभन्दा बढी २१ वटा आँधी आए तथा सन् १९९५ देखि २००१ सम्ममा एटलान्टिक आँधीहरूको सङ्ख्या औसतभन्दा बढी रह्यो ।
सन् १९९७ मा सहमति भएको क्योटो सम्झौता (Kyoto Protocol) ले लक्ष्यहरू मात्र निर्धारण ग¥यो । १९९० मा हरितगृह प्रदूषण गर्ने ५५ वटा देशहरूले सहमति जनाएपछि मात्र यो कार्यान्वयन हुनेछ । ती देशहरूले सन् १९९० मा उत्सर्जन भएको कुल हरितगृह ग्यासमध्ये ५५ प्रतिशत उत्सर्जन गर्छन् । त्यसपछि ती देशहरूले सन्धिमा उल्लिखित लक्ष्यहरू पूरा गर्न कानुन बनाउनुपर्दछ र यो कानुनी रुपमा लागू हुनेछ ।
सन् १९९२ मा ब्राजिलमा भएको रियो पृथ्वी सम्मेलन (Rio Earth Summit) मा विश्वका नेताहरूले राष्ट्रसङ्घीय मौसम परिवर्तन सम्मेलन संरचना (United Nations Framework Convention on Climate Change – UNFCCC) मा हस्ताक्षर गरेपछि वर्षौँसम्मको धेरै कठिन वार्ताहरूको परिणाम क्योटो (Kyoto) हो । त्यसबेला तत्कालीन राष्ट्रपति पिता जर्ज बुश (George Bush Senior) ले कुनै पनि आदेशात्मक लक्ष्यहरू निर्धारण गरेमा रियो सम्मेलन बहिष्कार गर्ने धम्की दिएका थिए ।
क्योटो सम्झौताको धारा २ ले अन्तर्राष्ट्रिय समुदायलाई वातावरणीय प्रणालीमा खतरनाक मानवीय हस्तक्षेप रोक्ने गरी वायुमण्डलमा हरितगृह ग्यास प्रदूषणलाई स्थिर गर्न प्रतिबद्धता जाहेर गरेको छ । क्योटो सम्झौताले केही सरकारहरूलाई तत्काल कदम चाल्न बाध्य पार्ने अनुमान गरिएको भए पनि उक्त सम्झौता ऐच्छिक (स्वयम्सेवी) मात्र भएको हुँदा साँच्चै केही भएको छैन ।
सहभागीहरू यी लक्ष्यहरूप्रति सहमत हुन नपाउँदै सन्धिलाई असफल बनाउने प्रयास सुरु भयो । संरा अमेरिकाको नेतृत्वमा रहेका क्यानाडा, अस्ट्रेलिया, कुवेत र साउदी अरबलगायतका पेट्रोल निर्यात गर्ने देशहरूको सङ्गठन ओपेक (OPEC) ले क्योटोमा कमी–कमजोरीहरू खोजे । तिनीहरूलाई सबभन्दा शक्तिशाली जिवास्म इन्धन कम्पनीहरूले प्रोत्साहन दिए ।
आफ्नो लागि निर्धारित लक्ष्त्न्दा बढी हरित गृह प्रदूषण कटौती गर्ने देशहरूले आफूले गरेको कटौती आफ्नो लक्ष्य पूरा गर्न कठिन भइरहेका देशहरूलाई बेच्न सक्ने ‘राम्रो’ विचार उनीहरूले अगाडि ल्याए ।
संरा अमेरिकाको प्रभावमा आएर त्यो समूहले अमेरिकाको जङ्गलले कार्बन डाइअक्साइडको ठुलो मात्रा सोसेको कुरालाई क्योटोको लक्ष्यमा सामेल गर्न सकिने माग राख्यो । प्रस्तावित सम्झौतामा आणविक शक्ति प्रयोग गर्ने देशहरूले एक अर्कोलाई लक्ष्य पूरा गर्नमा मद्दत गर्न सक्छन् । वृक्षरोपणलाई बढावा दिने कुरालाई अगाडि सारेर उष्ण प्रदेशका बाक्ला जङ्गलहरूको विनासलाई निरन्तरता दिए ।
ठुल्ठुला कम्पनीहरूले कार्बन डाइअक्साइड प्रदूषण घटाउन थोरै प्रयास नै पर्याप्त हुने यस्तो ‘बजारमुखी (Market Friendly)’ समाधान गर्नेजस्ता हावादारी कुरा ल्याएबाट वातावरणविद्हरू त्रसित छन् । आजको परिणामले तिनीहरूको त्रास सही भएको देखाएको छ । क्योटोको मौलिक प्रस्तावहरूलाई उपेक्षा गरेबाट विश्वको तापक्रममा वृद्धि भएको छ ।
केही हप्ताअगाडि अक्टोबरमा रुसले क्योटो सम्झौतालाई अनुमोदन ग¥यो । त्यसका पूर्वाधारहरू अहिले पूरा भएका छन् । ९० दिनको अवधिपछि सहभागी देशहरूमाझ सन्धि कानुनी रुपमा लागू भयो ।
क्योटो सम्झौता अझै मरेको छैन । कार्बन डाइअक्साइड प्रदूषण घटाउने तथा विश्वको वातावरणलाई स्थिर पार्नेतर्फ आगामी कदम चाल्न हस्ताक्षर गर्ने सबै देशहरूलाई अगाडि बढ्ने बाटो क्योटोले देखाएको छ । सो दिनलाई विभिन्न प्रदर्शनहरूका साथ मनाउन वातावरणीय र हरित अभियानहरूको योजना बनिसकेको छ तथा विश्वमा भएको तापक्रम वृद्धि रोक्ने अभियान बन्न थालेको छ ।
The New Worker
3 December 2004

Leave a Reply

Your email address will not be published. Required fields are marked *