भर्खरै :

सूर्यविनायकमा भक्तपुर काण्डको भत्र्सना

सूर्यविनायकमा भक्तपुर काण्डको भत्र्सना

भक्तपुर, २० भदौ । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक ९ नंखेल समितिको आयोजनामा २०४५ साल भदौ ९ गते पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्डको भत्र्सना कार्यक्रम नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि दुवालले नेपाल मजदुर किसान पार्टी र किसान सङ्घको सङ्घर्षले गर्दा किसानहरूको मोहियानी हक पाएको कुरा बताउँदै पञ्चायती व्यवस्थामा भाग लिएर पञ्चायत र अन्याय अत्याचारको विरुद्ध सङ्घर्ष गरेकै कारण पञ्चायतले भक्तपुर काण्ड षड्यन्त्र रचेको बताउनुभयो ।
उहाँले वर्तमान सरकार देश र जनताको हितभन्दा विदेशीहरूको हित र पुँजीपतिवर्गको हितमा काम गर्ने भएको हुँदा कामदारवर्गको हितको लागि समाजवादी व्यवस्था ल्याउन सङ्गठित हुनु आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वाती, आयोजक समितिका अध्यक्ष राजाराम कासुला र तुल्सीदास कासुलाले आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।
त्यस्तै सूर्यविनायक १० चितपोलमा पनि भक्तपुर काण्डको भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वाती, केपी सुवाल, मनशोभा सुवालले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *