भर्खरै :

त्यहाँ कस्तो अत्तर छरिएछ ?

त्यहाँ कस्तो अत्तर छरिएछ ?

सङ्घीय सरकारमा सहयोग थुप्रियो रे !
भेलबाढी पीडितसम्म किन पुगेन ?
प्रजातन्त्र भनी चिच्याउनेहरू !
स्थानीय तहलाई विश्वास
किन गर्दैनौ ?
जनताको नजिक सम्बन्ध
स्थानीय तहका प्रतिनिधिसँग हुने
के सङ्घीय सरकारलाई थाहा छैन र ?
सडक, पुल र सञ्चार
विच्छेदमा परेका जनता
विनागाँसबास छटपटाइरहेको
सङ्घीय सरकारलाई
कसरी थाहा भएन ?
लेदोमा छोपिएका लासको दुर्गन्ध
सिंहदरबारसम्म नपुग्ने
त्यहाँ कस्तो अत्तर छरिएछ ?
(२०८३ भदौ १५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *