भर्खरै :

शिक्षा शिविरको मूल मर्म सदस्यहरूलाई सहकारीतासम्बन्धी जानकारी दिनु हो

शिक्षा शिविरको मूल मर्म सदस्यहरूलाई सहकारीतासम्बन्धी जानकारी दिनु हो

भक्तपुर, २० भदौ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षाशिविर सिद्धि गणेश तालिमहल, खचाँमा शनिबार सम्पन्न भयो ।
कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णुप्रसाद दुमरुले विगतमा स–साना रकमको लागि पनि साहुमहाजनसँग ऋण लिई सोको सावाँ ब्याज एकमुष्ट तिर्नुपर्दा न्यून आय भएका किसानलाई समस्या परेको हुनाले स्थापनाकालदेखि नै संस्थाले किस्ताबन्दी ऋण प्रदान गरी सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउँदै आएको बताउनुभयो । उहाँले सहकारी संस्थाले आफ्नो कार्यक्षेत्रमा मात्र आर्थिक कारोबार गर्नुपर्नेमा जोड दिँदै खराब सहकारी संस्थाले सदस्यको विश्वास जित्न स्थानीयहरूलाई कर्मचारी बनाई परिवारको रकम सङ्कलन गरी संस्था फरार भएको बताउनुभयो ।
संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान सञ्चालक सदस्य कृष्णगोविन्द लाखाजुले शिक्षा शिविरको मूलमर्म सदस्यहरूलाई सहकारीतासम्बन्धी जानकारी दिनु हो भन्दै सहकारी संस्थाले आफ्नो शेयर सदस्यसँग मात्र आर्थिक कारोबार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ब्याजको प्रलोभनमा परी खराब सहकारीमा बचत गर्नु नै सदस्यहरूको बचत डुब्नुको मुख्य कारण रहेको बताउँदै असल र खराब सहकारीको भिन्नता पहिचान गर्न शिक्षा शिविरका विषयहरू सदस्यहरूले राम्ररी बुभ्mनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सहकारी सञ्चालनका सहकारी सिद्धान्तहरूबारे जानकारी दिँदै एक आपसमा सहयोगको भावनाका साथ कार्य गर्नु नै सहकारी हो भन्नुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थाको सेवा सुविधाहरूबारे जानकारी दिँदै बचत तथा ऋण सहकारी संस्था र बहुउद्देश्य सहकारी संस्थाको भिन्नताबारे चर्चा गर्नुभयो । सहकारी ऐनअनुसार एक व्यक्ति एक सहकारीको नियम रहेको हुनाले एकै प्रकृतिको सहकारीहरूमध्ये कुनै एउटामा मात्र सदस्य बन्नुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्थाको कुल बचतको २५ प्रतिशत नियमित बचत हुनुपर्ने बताउँदै गत माघ १ गतेदेखि नगद कारोबार ५ लाखभन्दा मुनिको मात्र गर्न सकिने जानकारी दिनुभयो । कार्यक्रममा शिक्षा उपसमितिका सचिव किरण बनमालाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *