भर्खरै :

बाढीपीडितका लागि एभरेस्ट स्कूलद्वारा ९ लाख ५ हजार रुपैयाँ सहयोग

बाढीपीडितका लागि एभरेस्ट स्कूलद्वारा ९ लाख ५ हजार रुपैयाँ सहयोग

भक्तपुर, २० भदौ । एभरेस्ट इङलिस स्कूल र एभरेस्ट भक्तपुर स्कूलले संयुक्त रूपमा हालैको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ९ लाख ५ हजार ३ सय ४ रुपैयाँ राहत सहयोग गरेका छन् ।
जिल्ला प्याब्सन भक्तपुरले स्कूललाई पठाइएको पत्रअनुसार दुवै विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट सङ्कलित रकम राहत तथा मानवीय सहयोगका लागि जिल्ला प्याब्सनको नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडको खातामा जम्मा गरिएको जनाएको हो । विद्यालय प्रशासनका अनुसार बाढीबाट पीडित परिवारलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले शिक्षक, कर्मचारी र विद्यार्थीबाट उक्त रकम सङ्कलन गरिएको हो । रकम बैङ्क खातामा जम्मा गरेपछि बैङ्क भौचरसमेत जिल्ला प्याब्सनको कार्यालयमा जानकारीका लागि पठाइएको विद्यालयले जनाएको छ । यो पत्रको व्यहोरा नगर शिक्षा भक्तपुर, केन्द्रीय प्याब्सन काठमाडौँ र नगर प्याव्सन भक्तपुरलाई बोधार्थ पनि पठाइएको छ ।
विद्यालयले दिएको विवरणअनुसार एभरेस्ट इङलिस स्कूलबाट ६ लाख २३ हजार ४४ रुपैयाँ र एभरेस्ट भक्तपुर स्कूलबाट २ लाख ८२ हजार २ सय ६० रुपैयाँ सङ्कलन भएको छ । दुवै विद्यालयको रकम जोड्दा कुल ९ लाख ५ हजार ३ सय ४ रुपैयाँ पुगेको हो । एभरेस्ट इङलिश स्कूलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी र एभरेस्ट भक्तपुर स्कूलकी संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीद्वारा जारी संयुक्त पत्रमा उल्लेख छ ।
दुवै स्कूल हाल संयुक्त रुपमै भक्तपुर नगरपालिका वडा नं २ मिबाछेँ ब्यासीमा रहेको छ । एभरेस्ट इङलिस स्कूल सन् १९८३ मा स्थापना भएको विद्यालय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *