भर्खरै :

कैलालीमा शिक्षक भेला

कैलालीमा शिक्षक भेला

कैलाली, २० भदौ । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा जिल्ला भेला सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर बासीले समाज सामन्तवादी समाजबाट पुँजीवादी समाजमा पुँजीपतिहरूको हितको निमित्त सरकारले नीति नियम बनाउने हुनाले गरिब झन् गरिब र धनी झन् धनी हुने बताउनुभयो ।
उहाँले पुँजीवादी व्यवस्थाको विकल्प समाजवादी व्यवस्था भएको र समाजवादी व्यवस्थाले नै काम गरिखाने जनताको हित गर्ने स्पष्ट पार्नुभयो ।
पुँजीवादी सरकारले ल्याएको कर नीति पनि पुँजीपतिको हितमा भएको उहाँले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेमकिपाका कार्यकर्ता राजनीतिक रूपले सचेत हुनु जरूरी छ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् कैलाली अध्यक्ष रमेशकुमार रावलले राज्य शोषणरहित हुनुपर्ने र राज्य बहुसङ्ख्यक नागरिकको हितमा हुनुपर्ने बताउनुभयो ।
गुप्तबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नेक्राशिसङ्घका जङ्गबहादुर तारामी, गगनबहादुर थापा मगर, ज्योति बडुवाल, सङ्गीता श्रेष्ठ, प्रेम सिजापति, दीपेन्द्र शाही, एचबीलगायतले बोल्नुभएको थियो ।
भेलाले जङ्गबहादुर तारामीको संयोजकत्वमा १० सदस्यीय नेपाल क्रान्तिकारी शिक्षक सङ्घ दोस्रो कैलाली जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *