भर्खरै :

रुससँग सम्बन्ध बलियो बनाउँदै प्रजग कोरिया

रुससँग सम्बन्ध बलियो बनाउँदै प्रजग कोरिया

प्योङयाङ, २३ भदौ (एएफपी) । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले रुससँगको पहिलो सडक पुललाई दुई देशबिच बढ्दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको छ । टुमेन नदीमाथि बनेको पुल सोमबार उद्घाटन गरिएको हो ।
प्रजग कोरियाली प्रधानमन्त्री पाक थाई सङले पुल निर्माण सम्पन्न हुनु द्विपक्षीय सहयोगमा नयाँ गति थप्ने महत्वपूर्ण घटना भएको बताउनुभयो । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले पनि पुलले दुई देशबिचको सम्बन्ध थप सुदृढ बनाउने बताउनुभयो ।
सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि मस्को र प्योङयाङबिच सैन्य तथा आर्थिक सहकार्य तीव्र भएको छ । प्रजग कोरियाले सन् २०२४ मा रुसको कुस्र्क क्षेत्रमा युक्रेनी सेनाविरुद्ध लड्न हजारौँ सैनिक पठाएको थियो । दुवै देशले त्यही वर्ष पारस्परिक रक्षा सन्धि गरेका थिए ।
दक्षिण कोरियाको केन्द्रीय बैङ्कले प्रजग कोरियाको अर्थतन्त्र सन् २०२५ मा लगातार तेस्रो वर्ष तीन प्रतिशतभन्दा बढीले बढेको र रुससँगको आर्थिक सहकार्य त्यसको प्रमुख कारणमध्ये एक रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *