स्टुआर्ट वंश र बेलायती प्रजातान्त्रिक क्रान्ति
- भाद्र ३०, २०८३
यसपालिको गाईजात्राको अवसरमा भक्तपुरमा विभिन्न नाचगानका साथै नाटक र ख्यालहरू प्रस्तुत भए । ती नाचगान, नाटक र ख्याललगायतका विभिन्न प्रस्तुतिहरूले समाज, देश अनि विश्वमा मौलाइरहेको विसङ्गति र विकृतिविरुद्धका कुराहरू देखाएका छन् । त्यस्ता नाटक, ख्यालहरूमध्ये ‘सुगन्धित सुन’ नाटक पनि एक हो । जेँला सांस्कृतिक समाजबाट प्रस्तुत उक्त ख्यालमा चार जना कलाकार रहेका छन् । यो नाटकमा आमा, बुबा, एक्लो छोरा र उनकी प्रेमिका भूमिकामा छन् ।
मानिस सामाजिक प्राणी हो । उसले सृष्टिको परम्परा चलाउने र समाजमा एक सफल, सभ्य, संस्कारयुक्त परिवारको रूपमा बाँच्नु, स्थापित हुन खोज्नु स्वाभाविक हो र आवश्यक पनि छ । मानिसले सभ्य समाज बनाउन, आफ्नो वंश धान्न र बुढेशकालको असल सहाराको लागि समयमा विवाह गर्नु र सन्तान जन्माउनु पनि स्वाभाविकै हो । सन्तान जन्मेपछि सन्तानलाई हुर्काउन, शिक्षादीक्षा लिएर स्वार्थी होइन निःस्वार्थी भएर समाजको सेवा गर्न योग्य, सक्षम र इमानदार नागरिक तयार गर्न आमाबुबाले चाहेका हुन्छन् । त्यही मर्मअनुसार आमा–बुबा रात दिन खाईनखाई दुःख–सुख सबै बिर्सेर सन्तानलाई असल बनाउन लागेका हुन्छन् । आमाबुबाले सन्तानलाई समय दिन नसक्दा, परिवारप्रतिको दायित्व र कर्तव्यबोध गराउन नसक्दा, गलत सङ्गतको प्रभावमा पर्दा परिवारमा कलह, पारिवारिक बेमेल, झगडा, दुःखका घटनाहरू घट्न सक्छन् भन्ने कुरा नाटकले देखाउन खोजेको छ । छोराछोरी समाजसँग नभिज्दा वा नभिजाउँदा समाजको मूल्य, मान्यता र संस्कारसँग उठबस नगराउँदा केबल डिग्री प्राप्त गर्न र पैसासँग मात्र सरोकार राख्दा स्वार्थी भई समाजमा त्यस्ता समस्याहरू आएको सत्य हो ।
उमेर पुगेपछि आफ्नै खुट्टामा उभिन, सक्षम र आत्मनिर्भर भएपछि छोराछोरीको विवाह गरिदिनु आमाबुबाको कर्तव्य हो । अहिलेको समयमा आमाबुबाले मन पराएको भन्दा छोराछोरीले मन पराएको केटाकेटीसँग विवाह गरिदिनु राम्रो मानिन्छ । तर, यसको लागि भने सन्तानले आफूलाई जन्म दिने आमाबुबासँग विचार, सल्लाह र सहमति लिनु आवश्यक छ । छोराछोरीले क्षणिक, नक्कली माया र सहयोग नहेरी, नफसी खुला हृदय भएका शिक्षित, विवेकी, सभ्य र संस्कारी केटाकेटीसँग विवाह गर्नु राम्रो हुन्छ । त्यसको लागि छोराछोरी दुवैले आमाबुबासँग समयमा सल्लाह माग्नु आवश्यक छ । क्षणिक माया प्रेमको जालमा परी, दबाब र प्रभावमा परेर विवाह गर्ने र भाग्ने छोराछोरीले समाजमा सुखभन्दा बढी दुःख पाएको नाटकले देखाउन खोजेको छ । घरको एक्लो छोराले त्यस्तै प्रेमिकाको प्रभावमा परेर आफूलाई जन्म दिने, हुर्काउने, माया दिने आमाबुबाको गुणलाई प्रेमिकाको उक्साहत र इसारामा माटोमा मिलाइदिन्छ । त्यस्ता छोराले जन्म दिने आमाबुबा शत्रु र प्रेमिका मित्र देवता ठान्छ । त्यस नाटकमा एक्लो छोराले आमाबुबाले हुनेवाला बुहारीको लागि भनेर खाई नखाई जम्मा पारेको पैसाबाट किनेर ल्याइदिएको सक्कली सुनको सिक्री पनि नक्कली सम्झिन्छ र आमाबुबामाथि बेइमानीको आरोप लाग्छ । प्रेमिकाले दिएको नक्कली सुनको सिक्रीलाई सक्कली सुनको सिक्रीको रूपमा छोराले ग्रहण गर्छ । खराब प्रेमिकाको वचन, बोली र उक्साहतलाई देवताको अर्तिसरि ग्रहण गर्छ । आमाबुबाको वचन, माया र व्यवहार उनको लागि अमृत होइन विष बन्न पुग्छ । रूप, अनुहार, पहिरन, सुन्दरता, विचार, सोच र व्यवहार कुरूप प्रेमिकाको प्रभावमा परेर आमाबुबालाई घरबाट जबरजस्ती निकाल्छ । यस्ता छोरा बुहारी मिलेर आमाबुबालाई खुला आकाशमुनि बेवारिसे छोडेको, वृद्धाश्रममा लगेर फालेको, पाटीमा वास बसेर मागी हिँड्न बाध्य पारेको घटना आज सामाजिक सञ्जालमा देखिएको छ जुन नेपाली समाजको कलङ्क हो । यो सामाजिक मूल्य र मान्यताविपरीत हो ।
नाटकमा एक्लो छोरा आफ्नो आमाबुबालाई घरबाट जबरजस्ती निकाल्न प्रयास गर्छ, घिसार्दै लान्छ । आमाबुबाले छोरासँग तिमीलाई नौ महिना गर्भमा पालेको, खाई–नखाई, दिन–रात नभनी, गा¥होसा¥हो नभनी हुर्काएको, पढाएको, माया दिएको किन बिर्सेको भनेर घरबाट ननिकाल्न अनुनय, विनय गर्छन् । तर, ती आमाबुबाको अनुनय विनयलाई छोराले माटोमा मिलाइदिन्छ । तिमीहरू यो घरबाट तुरुन्त निक्लि जा भन्छ । तर, माया, विवेकी, त्यागी, निःस्वार्थी आमाबुबाले “होइन छोरा, हामी बुढाबुढी नै बाहिर गई दिऔँला, पाटीमा बास बसौँला, तिमीहरू यही घरमा बस, तिमीहरूको जय होस्” भन्दै रुँदै कराउँदै निस्कन्छन् । यो समाजको प्रतिनिधिमूलक घटना हो । यस्तो विकृति समाजमा मौलाएको छ । यसलाई रोक्नु सबैको कर्तव्य हो । यसबाट पाठ सिकेर सभ्य र सुसंस्कृत समाज निर्माणको लागि सबै मिलेर अगाडि बढ्नु आवश्यक छ ।
नाटकमा प्रेमिकालाई गलत पात्रको रूपमा उभ्याइएको छ । तर, सबै प्रेमिका वा बुहारी त्यस्ता हुँदैनन् । राम्रा र असल पनि हुन्छन् भन्ने कुरा हामीले बिर्सनुहुँदैन । गलत बाटोमा हिँडेका श्रीमान् (लोग्ने) लाई सही बाटोमा हिँडाएको, बिग्रेको परिवार, समाजमा नभएका होइनन् । खराब श्रीमान् (लोग्ने) र परिवारलाई पनि असल बनाउने, छुट्न लागेको परिवार जोड्ने र समाजलाई जोडेर स्वर्गीय बनाउने त्यस्ता महिला पनि छन् । त्यसैले, प्रेमिका वा छोरी वा बुहारी छोरा भाइहरूले पनि व्यक्तिगत स्वार्थलाई त्यागेर मेलमिलाप, माया दिएर मिलाउन सचेत हुनु आवश्यक छ ।
हिजोआज समाजमा सम्पत्ति ताक्नको लागि केटीहरूले देखावती नक्कली प्रेम गर्ने गरेको समाचार सञ्चारमाध्यममा आएका छन् । मायाजालमा पारेर कानुनी रित पु¥याएर बिहेको नाटक गर्ने अनि लोग्ने वा केटाको सम्पत्ति हात पारेर भाग्ने केटीहरू पनि नभएका होइनन् । यस्ता महिलाहरू अर्काे केटासँग पनि यस्तै विवाह गरेर मायाजालमा पारेर सम्पत्ति लुटेको पनि नसुनिएको होइन । नाटकमा प्रेमिकाले यस्तै भूमिका निभाएको देखाएको छ । आफूलाई जन्म दिने आमाको कुरो छोडेर प्रेमिकाको कुरामा भुलेर घरको सुन र साँचो लिएर भागेको घटनाले कसैको लहैलहैमा जान नहुने कुरा थाहा हुन्छ । अन्तमा, सन्तानको लागि अन्तिम भरोसा आश्रय भनेको मातापिता नै हो भन्ने कुरा नाटकले प्रस्ट पारेको छ ।
आमाबुबाले आफ्ना सन्तानलाई माया दिनु र गर्नु स्वाभाविक छ । तर, आज आमाबुबाले सन्तानको विचार र भावना बुझ्नु पनि उत्तिकै आवश्यक छ । उनीहरूको रेखदेख, निगरानी गर्नु, सहयोग र हौसला बढाउनु जरुरी छ । गलत विचार र बाटोतिर लाग्न खोजिएको चाल पाउनासाथै सम्झाइबुझाइ चित्त बुझाएर सही बाटोमा ल्याउनुपर्छ । सन्तानलाई समाजमा भिजाउनु, सभ्य, संस्कार र सहयोगी बनाउने वातावरण आमाबुबा र समाजले दिनुपर्छ भन्ने सन्देश नाटकले दिन खोजेको छ । अन्तमा, सन्तान, आमाबुबा र समाज यस्तो विसङ्गति र विकृतिप्रति सचेत भएर अगाडि बढ्नु जरुरी छ । यस्तो नाचगान, नाटक, ख्याल हेर्ने अवसर दिने सबै अग्रज गुरु, कलाकार, सङ्घसंस्था र भक्तपुर नगरपालिकालाई धन्यवाद छ ।
Leave a Reply