भर्खरै :

साम्राज्यवादीहरूको डलरको कब्जामा नेपाली युवा नपरौँ !

साम्राज्यवादीहरूको डलरको कब्जामा नेपाली युवा नपरौँ !

संरा अमेरिकी खोज पत्रकार किट क्लारेनवर्गले त्यहाँको सञ्चारमाध्यम ‘द ग्रेजोन’ मा अमेरिकी केन्द्रीय गुप्तचर संस्था सीआइएले ल्भ्म्,ऋभ्एएक्,क्ष्च्क्ष्, ल्म्क्ष् मार्फत नेपालमा ३ अर्ब डलरभन्दा बढी खर्च गरी रास्वपा र तिनका नेताहरूलाई हुर्काएको अमेरिकी गुप्त दस्ताबेजमा उल्लेख भएको खुलासा गरे । क्लारेनवर्गको लेखमा गत वर्ष भदौ २३ र २४ गतेको उपद्रवसँग जोडिएका काठमाडौँ महानगरका प्रमुख बालेनले आगजनी निभाउन जानाजान दमकल नपठाएको, ‘हामी नेपाल’ संस्थाका सुधनले उपद्रोको संयोजन गरेको, रास्वपा सांसद रन्जु दर्शनालगायतलाई महिला अधिकर्मी बनाउन तालिमलगायत विषयमा उल्लिखित संस्थाहरूबाट आर्थिक सहयोग भएको उल्लेख छ । क्लारेनवर्गले आफ्नो लेखमा गत वर्ष भदौ २३ र २४ गते देशभरिझैँ उपद्रो र सरकारी भवन आगजनी गरिँदा काठमाडौँ महानगरका कुनै भवनमा क्षति नभएको र सिंहदरबारभित्र नेपाली सेनाको छाउनी भए पनि बढी आगजनी भएको ‘रोचक’ भनी उल्लेख गरे ।
संरा अमेरिकाको हिन्द—प्रशान्त रणनीति, २०१९ को प्रतिवेदनमा पनि अमेरिकी आज्ञाकारी देशहरूसँग सैन्यमोर्चा बनाई साम्राज्यवादविरोधी देशहरूलाई घेर्ने विषय क्लारेनवर्गको लेखमा उल्लेख छ । यो रणनीतिअन्तर्गत नै संरा अमेरिकाले नेपालसँग भारतको हितमा एमसीसी सम्झौता गरेको हो । त्यतिबेला यो विषयबारे नेपालको सडक र संसद्मा विरोधको आवाज उठेको थियो । एमसीसी सम्झौतामा अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने प्रावधान भए पनि व्याख्यात्मक टिप्पणी बनाएर नेका र तत्कालीन माओवादीले संसद्बाट पारित गरे भने एमालेले मौन समर्थन ग¥यो । नेमकिपाले देशघाती एमसीसी सम्झौताविरुद्ध सडक र संसद्मा विरोध ग¥यो र गर्दै छ ।
क्लारेनवर्गले आफ्नो लेखमा गत वर्ष भदौ २३ र २४ गतेको उपद्रव र आगजनीबारे हप्तौँसम्म घटनास्थलमा विज्ञको अनुसन्धान नगराइएको, त्यतिबेलासम्म प्रमाण मेटिने सम्भावना भएको, भवन आगजनीबारे नेपाली सेनाको प्रतिक्रिया निकै सुस्त भएको उल्लेख गरे । यतिबेला ‘द ग्रेजोन’ को यो लेख सामाजिक सञ्जालमा छाए पनि नेपालका कतिपय दैनिक अखबारमा त्यति छापिएन । यो पनि रहस्यको विषय हो । क्लारेनवर्गले बालेन रास्वपामा प्रवेश गरेलगत्तै ‘द काठमाडौँ पोस्ट’ मा रास्वपा ‘राजनीतिक महाबली’ बनेको समाचार प्रकाशित भएको पनि आफ्नो लेखमा उल्लेख गरे । यसरी सीआइएले ती देशका सञ्चारमाध्यमलाई आफ्नो अनुकूल हिँडाउन पनि तखतमा राख्ने गरेको पुष्टि भयो ।
नेका, एमाले, तत्कालीन माओवादीले नेपालको माथिल्लो कर्णाली जलविद्युत् योजना भारतको जीएमआर कम्पनीलाई दिएपछि नेपाली जनताको विरोध भयो । जीएमआरले यो विरोधलाई मत्थर पार्न गुनासो गर्नेहरूलाई सुर्खेतका होटलमा खुवाउने, पिलाउने र आर्थिक लोभमा फसाउने नीति अघि बढायो । यस्तो काम देशघाती महाकाली सन्धिको विरोध गर्नेहरूलाई पनि भारतीय दलालमार्फत कञ्चनपुरमा खुवाउने र पिलाउनेलगायत लोभमा फसाएको सार्वजनिक भएको थियो ।
संरा अमेरिकाको ‘न्युयोर्क टाइम्स’ पत्रिकामा गत वर्ष भदौ २३ र २४ गतेको उपद्रव र विनाशबारे गठित छानबिन आयोगमा रास्वपाका रवि, बालेन, सुधनलगायतसँग बयान लिइएको, पश्चिमा सञ्चार माध्यममा नेपालमा भएको यो आगजनी ‘योजनाबद्ध’ भनी प्रकाशित भएको तर संलग्नहरूमाथि कुनै कारबाही नभएको प्रकाशित विषय पनि क्लारेनवर्गले आफ्नो लेखमा उल्लेख गरे । सुधनको ‘हामी नेपाल’ को डिस्कर्ड सर्भरमा गत वर्ष भदौ २३ र २४ गतेको उपद्रवसम्बन्धी हिंसात्मक सन्देशहरू ओइरो लागेको, ‘हामी नेपाल’ले देशको शक्तिशाली सेनासँग मिलेर त्यसो गरेको पनि क्लारेनवर्गको लेखमा उल्लेख छ ।
रास्वपा र यसको सरकार गठनको पृष्ठभूमि नै नेपाली जनताका धरातलमा आधारित नभएको खुल्दै गएको छ । साम्राज्यवादीहरूले गैरसरकारी संस्थामार्फत डलर पठाएर नेपालीलाई कब्जा गर्दै आएको र २०६२ सालपछि द्वन्द्व व्यवस्थापन, २०७२ सालको भूकम्प, २०७६ को कोभिड–१९ र २०८३ को रसुवा हिमबाढीपछि पुनःस्थापना र मनोपरामर्शको नाममा डलरको ओइरो लगाएको हुँदा नेपाली जनता थप सचेत हुनु जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *