भर्खरै :

स्टुआर्ट वंश र बेलायती प्रजातान्त्रिक क्रान्ति

स्टुआर्ट वंश र बेलायती प्रजातान्त्रिक क्रान्ति

क्रामवेल अझै तानाशाह
क्रामवेल आफै संरक्षक (Lord Protecter) बने, संसद्ले उनलाई नै निर्देशक, कमाण्डर र शासक बनायो । उनकै हातमा सम्पूर्ण अधिकार केन्द्रित भयो र बेलायत एक प्रकारको सैनिक शासनको मातहतमा रह्यो । उनले संसद् बोलाउँथे र आफ्नो इच्छाअनुसारको संसद्लाई प्रस्तावहरू पारित गराउँथे र संसद् त्यसको निम्ति तयार भएन भने संसद्लाई भङ्ग गर्ने ।
पाँच वर्षसम्म क्रामवेलले बिनासंसद् राज्य गरे । त्यस अवधिमा बेलायती सरकार बलियो भयो र सबै युरोपेली देशहरू बेलायतलाई एक सशक्त देशको रूपमा मान्न थाले । बेलायत त्यसबेला एक धार्मिक राज्य वा बाइबलको नैतिकता मान्ने र प्रोटेस्टेन्ट चर्चलाई मान्यता दिने एक देशको रूपमा प्रस्तुत भयो ।
पश्चिमी टापुहरूमा वा जमैका द्वीपमा समेत बेलायतको आधिपत्य कायम भए पनि बेलायतको सैनिक शासनले क्रामवेल स्वयं सन्तुष्ट थिएनन् र जनता पनि त्यस शासनलाई तानाशाही व्यवस्थाको रूपमा लिन्थे । बढी काम र राज्य शासनको अनेक पीरले क्रामवेल बिरामी भए ।
समानतावादी र जोताहाहरूजस्ता क्रान्तिकारी र प्रजातान्त्रिक शक्तिहरू एकातिर दबाइसकिएका थिए भने सत्ताबाट फ्याकिएको सामन्तवर्ग पुनः सत्तामा पुग्ने षड्यन्त्र गर्दै थियो । क्रामवेल त्यसरी न तल्लो वर्गको रह्यो न त माथिल्लो वर्गको । उनको मृत्युपछि बेलायतको भविष्यबारे उनी सा¥है चिन्तित हुनु स्वाभाविक थियो ।
तर, सन् १६५८ मा उनी सिकिस्त भए र मृत्यु शøयामा उनले भने, “मेरो काम पूरा भयो । ईश्वरले तपाईँहरूको रक्षा गर्नेछन् ।” पहिलो वाक्यमा उनमा निराशाको अनुमान र लाचारी देखिन्छ भने दोस्रो वाक्यमा बेलायतको भविष्य अनिश्चित भएको उनको अनुमान अभिव्यक्त हुन्छ ।
रिचार्ड क्रामवेल
क्रामवेलको मृत्युपछि उनको छोरा रिचार्ड क्रामवेललाई प्रमुख संरक्षक वा बाबुको उत्तराधिकारी बनाइयो । तर, उनीसँग न राजनैतिक नेतृत्वको गुण थियो न त सैनिक नेतृत्वको गुण । उनले महत्वाकाङ्क्षी सैनिक अधिकारीहरूको बढ्दै गएको प्रभावलाई काबुमा ल्याउन सकेनन्, साथै पुरानो सामन्तवर्ग र उठ्दो नयाँ भूमिपति र खानदानीहरूको राजतन्त्रलाई पुनस्र्थापना गर्ने इच्छा र षड्यन्त्रलाई नियन्त्रण गर्न सक्दैनथे । यसकारण, उनले सन् १६५९ मा प्रमुख संरक्षक पदबाट राजीनामा दिए र गाउँले जीवन बिताउन हिँडे ।
रिचार्ड क्रामवेलको राजीनामाले बेलायत केही महिनासम्म अलमलमा प¥यो । प्रजातन्त्र एक प्रकारले असफल साबित भयो । सत्ताबाट फालिएका पुराना सामन्तवर्ग भित्रभित्र सक्रिय थियो र चाल्र्स प्रथमको छोरालाई पुनः राजसिंहासनमा राख्ने प्रचार गर्दै लोकमत तयार गर्दै थियो ।
यस्तै अन्योलको समयमा स्कटल्यान्डका सेनापति जनरल म्याक लण्डन पुगे र उनले राज्यको बागडोर आफ्नो हातमा लिए । १६६० मा उनले ‘लामो संसद्’ लाई पुनः आह्वान गरे । त्यस संसद्ले नै राजा, अभिजात वर्ग (लर्डहरू) र जनता (कमन हक) ले शासन चलाउने सिद्धान्त पारित ग¥यो ।
चाल्र्स दोस्रोलाई बेलायत बोलाइयो– जहाँ तहीँ उनको धुमधामसँग स्वागत गराइयो र उनले जनतालाई विश्वास दियो – “यति लामो समयसम्म म विदेशमा घुम्दै फिर्दै गर्नु मेरो गल्ती रहेछ भन्नेमात्र मलाई अनुभव हुँदैछ ।”
बेलायती क्रान्ति वा प्युरिटन क्रान्तिले एकै बाजी राजा अभिजात वर्ग र धर्मको विरोधमा विद्रोह ग¥यो । धर्मको विरोध गर्दा नैतिकता समाप्त भएर समाजमा बेइमानी र विश्वासघात गर्ने प्रवृत्तिलाई अगाडि बढाइयो । आइतबारको बिदालाई समेत धर्मविरोधी घोषणा गर्दा जनता चिढिए । यसरी चौतर्फी सङ्घर्ष क्रान्ति असफल हुनुको कारण बन्यो ।
तर, प्युरिटन क्रान्तिका केही अमिट छापहरू पनि बेलायती जनतामा परे । त्यस क्रान्तिले बेलायतीहरूमा एक प्रकारको आत्मगौरवको विकास गरायो । मिल्टनको ‘स्वर्गलाई गुमायो र स्वर्गलाई पायो’ भन्ने पुस्तक र बनियनको ‘यात्रीको उन्नति’ भन्ने पुस्तकमा त्यसबेलाका बेलायतीहरूको मनोभावना प्रस्टिन्छ ।
चाल्र्स दोस्रो (१६६०–१६८५)
चाल्र्स दोस्रो समझदार र होशियार भए पनि खर्चालु र भ्रष्ट आचारको भएको हुँदा उनलाई ‘मनमोजी’ राजा भनिन्थ्यो । उनी काम र विचारलाई घृणा गर्थे । मनमा डर र त्रास भए पनि उनी स्वेच्छाचारी बन्ने लोभमा फसिरहेका थिए र उनले भने, “म दोस्रोचोटि देश छोड्न चाहन्न ।”
उनले सबै राजद्रोहहरूलाई क्षमादान दिए । तर, उनको पिता चाल्र्स प्रथमलाई फासीको सजाय सुनाउने सर हेनरी वेन र अरु न्यायाधीशहरूलाई निर्दयतापूर्वक हत्या गर्न दिइयो तथा मरिसकेका र गाडिसकेका न्यायाधीशहरूलाई चिहानबाट निकालेर झुन्ड्याउन दिइयो । प्रजातान्त्रिक सेना भङ्ग गरियो र बेलायती चर्चलाई पुनस्र्थापना गरियो । प्रतिक्रान्तिले विजय प्राप्त ग¥यो र बेलायतमा राजतन्त्रको पुनस्र्थापना भयो ।
नयाँ ऐन–कानुन
सन् १६६४ मा बेलायती चर्चअनुसार ५–५ जना मानिसहरू जम्मा भई प्रार्थना नगर्नेहरूलाई पक्राउ गरी जेल पठाउने र मृत्युदण्ड दिने, ५–५ माइल टाढाटाढा गएरमात्रै अन्य धर्म प्रचार गर्ने र भाषण दिन पाउनेजस्ता ऐनकानुन बनाइयो ।
त्यस ऐन–कानुनले धेरै जनता नगर छोडेर बाहिर गए, स्कटल्यान्डमा प्रेसविटेरियन धर्मका मानिसहरूलाई बेलायती सेनाले खोजीखोजी जङ्गल र पहाडमा धपाउन थाले ।
चाल्र्स दोस्रोको फ्रान्ससँग गुप्त सम्झौता
सन् १६६४ मा बेलायतको आन्तरिक स्थिति राम्रो नभएको मौका पारेर हल्यान्डले बेलायतमाथि आक्रमण ग¥यो । हल्यान्डको समुद्री जहाजहरू थेम्स नदीको मुहानमा घुसेर बेलायती जहाजहरूमा आगो लगाइदियो ।
सन् १६६५ मा राजधानी लण्डनमा मूसाबाट फैलिने महामारी रोग प्लेग फैलियो । त्यस रोगले ६ महिनाभित्र एक लाख मानिसहरू मरे ।
सन् १६६६ मा लण्डनमा आगो लागेर १३ हजार घरहरू ध्वस्त भए । तर, त्यस आगलागीले प्लेग रोगको अन्त भयो र गल्लीका साँघुरा घरहरू व्यवस्थित घरबजारमा फेरिए ।
चाल्र्स दोस्रोले एकातिर बेलायती जनतालाई धर्म र संसद्लाई आदर गर्ने कुरा मुखले भन्दै थिए भने भित्रभित्र उनी फ्रान्सेली राजा लुई चौधौँसँग बेलायतको स्वतन्त्रता र धर्मको विरोधमा जालसाझी गर्दै थिए । राजा धार्मिक हिसाबले रोमन क्याथोलिक थिए । यसकारण, उनले फ्रान्सेली राजा लुई चौधौँसँग बेलायतलाई रोमन क्याथोलिक बनाउने र त्यस वापत फ्रान्सको आर्थिक सहयोग लिएर हल्यान्डमाथि हमला गर्ने एक गुप्त सम्झौता गरे । राजा चाल्र्स दोस्रोको भाइ जेम्स हाकाहाकी रोमन क्याथोलिक धर्मको पक्षपाती थियो । ऊ माथिल्लो सदन (हाउस अफ कमन लर्ड) को सदस्य थियो ।
तर, जनतालाई फ्रान्ससँगको धार्मिक गुप्त सम्झौताबारे थाहा भयो । यसकारण, संसद्ले रोमन क्याथोलिक चर्चलाई मान्ने कोही पनि माथिल्लो सदनको सदस्य बन्न नसक्ने ‘टेस्ट आय्क्ट’ पारित ग¥यो । यसको अर्थ हो– संसद्को एउटा पक्ष जेम्सलाई गद्दीमा आउन दिन चाहन्थ्यो । तिनीहरू पहिलेका प्युरिटनवादी वा ‘कपाल खौरेका’ हरूका पुस्ता थिए । तिनीहरूलाई ‘ह्वींग’ भनिए । पछि तिनीहरू उदार वा लिवरल भनिए ।
तर, जेम्सलाई गद्दीमा राख्न चाहनेहरू ‘टोरी’ भनिए, पछि तिनीहरू अनुदार वा रुढीवादी (कन्जरभेटिभ) भनिए ।
क्याथोलिक षड्यन्त्र र बन्दी प्रत्यक्षीकरण
सन् १६७८ मा बेलायतमा पनि फ्रान्समा जस्तै प्रोटेस्टेन्ट धर्म मान्नेहरूको हत्या हुने हल्ला फैलियो । त्यस षड्यन्त्रमा धेरै साक्षीहरू देखापरे तथा धेरै रोमन क्याथोलिकहरूलाई ज्यान सजाय भयो ।
त्यस अन्योल र ज्यान सजायकै कारण निर्दोष मानिसहरू नमारिकन र व्यक्तिको न्यायको अधिकारको निम्ति आरोपित व्यक्ति नै अदालतलमा उपस्थित गराउनुपर्ने बन्दी प्रत्यक्षीकरण ऐन (हेमियस कर्पस) संसद्बाट पारित भयो ।
जेम्स दोस्रो गद्दीमा (१६८५–१६८८)
सन् १६८५ मा चाल्र्स दोस्रोको मृत्यु भयो र त्यसको ठाउँमा उसको भाइ जेम्सलाई गद्दीमा राखियो । ऊ आफ्नो बाजे र आफ्नो बाबु जस्तै ‘दैवी सिद्धान्त’ लाई मान्ने निरङ्कुश राजतन्त्रको पक्षमा थियो । ऊ संसद्लाई भङ्ग गर्न चाहन्थ्यो र हाकाहाकी क्याथोलिक प्रार्थना सुन्न सुरु ग¥यो । केही क्याथोलिकहरूलाई सैनिक पदवी पनि दिइयो । फ्रान्सको राजा लुईसँग निवृत्तिभरण (पेन्सन) वा आर्थिक सहयोग लिन स्वीकार गरी आफ्नो देशमा जनताको धर्मको विरोधमा षड्यन्त्र ग¥यो । राजा जेम्सको त्यस कार्यबाट सबै जनताविरोधी भए । बेलायती चर्चमा विरोधीहरू (नन् कनफार्मिस्टहरू) लाई खुसी पार्न हाकाहाकी एक घोषणा गरेर तिनीहरूको विरोधी ऐन–कानुनलाई निषेध ग¥यो । यसको मुख्य उद्देश्य बेलायती चर्चका विरोधीहरूलाई खुसी पार्नु थियो ।
त्यस घोषणालाई सबै गिर्जाघरहरूमा पठाइयो तर सबै बेलायती चर्चहरूले त्यस घोषणालाई मान्न अस्वीकार गरे । सात गिर्जाघरका धर्म गुरु विशपहरूले राजदरबारमा एक बिन्तीपत्र लेखेर राजासँग त्यसो गर्ने अधिकार नभएको जाहेर गरे । ती सातै जना विद्वान्हरू पक्राउ परे तथा तिनीहरूमाथि मानहानीको मुद्दा लगाइयो ।
राजाको त्यस पाइलाले देशका जनतामात्र होइन अदालतका (जुरी) का सबै न्यायाधीशहरूसमेत रिसाएर साथै विशपहरूलाई स्वतन्त्र गरे । यस फैसलाले जनतामात्र होइन सेनाका सिपाहीहरूसमेत खुसी थिए ।
जेम्सकी एउटी छोरी मेरीलाई हल्यान्डका राजकुमार विलियम अफ ओरञ्जसँग विवाह गरिदिएको थियो । तिनी प्रोटेस्टेन्ट धर्म मान्थिन् । जेम्सपछि तिनी नै गद्दीमा बस्ने सम्भावना थियो । यसकारण, जनता जेम्सको अत्याचार र मनपरीलाई सहदै थिए ।
तर, सन् १६८८ मा जेम्सको एउटा छोरो जन्म्यो । यसकारण, जेम्सका विरोधीहरूले हल्यान्डको बिलियम अफ आरेञ्जलाई बेलायतको स्वतन्त्रता र धर्मको रक्षा गर्न बेलायत बोलाए । हल्यान्डको डच जहाज बेलायतको किनारामा बिसाएपछि मात्रै जेम्सलाई स्थितिको गम्भीरता थाहा भयो । उसले बेलायती चर्च र संविधानलाई स्वीकार गर्ने वाचा ग¥यो । तर, सेनाले पनि विलियमलाई समर्थन जनाइसकेको हुँदा आफ्नो सानो छोरो र रानीसहित फ्रान्समा भाग्ने तयारी ग¥यो र भाग्नुभन्दा पहिले उसले सेनालाई भङ्ग गर्ने घोषणा गरेर गयो । उसको मुख्य उद्देश्य आफूलाई साथ नदिने सेनालाई अलपत्र पार्नु थियो ।
विलियम गद्दीमा (१६८९–१७०२)
विलियम लण्डन पुग्यो र २२ जनवरी १६८९ को दिन एक सभाले जेम्स गद्दी छोडेर भागेको हुँदा त्यस खाली सिंहासनमा आरेन्ज र मेरीलाई राजा र रानी बनाउने प्रस्ताव राखियो । नयाँ राजा र रानी बेलायती जनताको ‘अधिकारहरूको प्रतिज्ञापत्र’ मा हस्ताक्षर गर्न स्वीकार गरे । ती अधिकारपत्रमा (क) राजाले जनतामाथि कुनै कर लगाउन नपाउने, (ख) राजाले आफ्नो कुनै सेना राख्न नपाउने, (ग) संसद् नबसेको बेला जनताको स्वतन्त्रतालाई राजाले उल्लङ्घन गर्न सकिनेजस्ता प्रतिज्ञाहरू उल्लेख थिए ।
१३ फेब्रुअरी, १६८९ को दिन विलियम र मेरीलाई राजा र रानी घोषणा गरियो र जनताका अधिकारपत्रहरूमा पनि राजा र रानीले हस्ताक्षर गरे ।
जेम्सलाई सत्ताबाट फालेको बेलायतको त्यस व्यवस्थाले तलका केही राजनैतिक बन्दोबस्त प्रस्ट पा¥यो । ती हुन् –
क) बेलायतको राजघरानामा जन्मनासाथै कोही राजा बन्न सक्दैन ।
ख) ईश्वरले पनि कसैलाई बेलायतको राजा बनाउन सक्दैन ।
ग) जनताको इच्छाले कोही व्यक्ति बेलायतको गद्दीमा बस्न सक्नेछ ।
संसद्ले राजा बिलियम र रानी मेरीले हस्ताक्षर गरेको ‘अधिकारहरूको प्रतिज्ञापत्र’ लाई एक कानुनको रूपमा पारित ग¥यो । त्यसबाट दुइटा कुरा निर्णय भयो – पहिलो, स्टुअर्ट वंशका राजाहरूले लिन चाहेका अधिकारहरूबाट राजाले नपाउने भयो, दोस्रो बेलायतको सिंहासनमा रोमन–क्याथोलिक राजा बस्न सक्दैन ।
जेम्स फ्रान्समा भागेर राजा लुई चौधौँको सहायतामा आयरल्यान्डमा एक सेना खडा गरेर राज्य फिर्ता लिने असफल प्रयास ग¥यो । युद्धमा जेम्सको पक्ष पराजित भयो र आयरल्यान्डले विलियमको अधिनलाई स्वीकार ग¥यो ।
संसद्को सर्वोच्चता स्थापित
सन् १६९० मा संसद्ले राज्यको आम्दानी राजा र रानी गद्दीमा बसेको पहिलो वर्षमा मात्र पाउने कानुन पारित ग¥यो । पहिले हरेक वर्षको राज्यको आम्दानी राजाको हुन्थ्यो । त्यस नयाँ कानुनलाई विलियम र मेरीले असजिलो मानेका थिए । तर, त्यसलाई संसद्ले कानुनको रूप दिइसकेको थियो । त्यसको विरोध गर्नु भनेको जेम्सले जस्तै गद्दी छोड्नु जस्तै हुन्थ्यो । यसरी देशको सबै आम्दानी संसद्को हुँदै गयो । राजाले आफ्नो खर्चको निम्ति पनि संसद् बरोबर राख्नैपर्ने भयो ।
संसद्ले ‘सैनिक अदालत’ (कोर्ट मार्शल) को अधिकार राजालाई एक वर्षको निम्तिमात्र पाउने विधेयक पारित ग¥यो । ‘राजद्रोह–कानुन’ लाई र सजायलाई हरेक वर्ष संसद्ले अनुमोदन गर्नुपर्ने भयो ।
यसरी देशको आर्थिक मामला र ‘राजद्रोहको ऐन’ संसद्को मातहतमा आएपछि देशको आय–व्ययको हर्ताकर्ता र सेनाको जिम्मेवारी संसद् भयो । यसरी बेलायतमा संसद्को सर्वोच्चता कायम भयो ।
समाप्त
साभार : लर्काे बुलेटिन, ६

Leave a Reply

Your email address will not be published. Required fields are marked *