रसुवा–भोटेकोसी बाढीले रचेको सवाल संविधानमा राम्रो प्रावधान तर कार्यान्वयन खोइ ?
- आश्विन २, २०८३
तर, यसपालि त्यसको ठाउँ जापानले लिएको छ । जापानमा लोग्नेमान्छेहरूको आयु ७४.२ वर्ष पुगेको छ भने स्वास्नीमान्छेहरूको आयु ७९.७८ पुगेको छ । जापानीहरूको सालाखाला आयु ७६.९० पुगेको छ । अर्थात्, संसारमा हाल सबभन्दा लामो आयु जापानीहरूको छ ।
त्यस्तै, विकसित देशहरूको सम्पन्नता, शिक्षा, स्वास्थ्य र उपचारको बन्दोबस्तले त्यहाँका मानिसहरूको आयु लम्बिनु पनि स्वाभाविक छ । विश्व बैङ्कको प्रतिवेदनअनुसार चीनका जनताको सरदर आयु ६४ वर्ष छ भने भारतको ५१ वर्ष छ । तर, विकसित देशका मानिसहरूको सरदर आयु ७३ वर्ष छ भने विकासशील अथवा कम विकसित देशका जनताको आयु ५८ वर्षमात्रै छ । नेपाली जनताको सालाखाला आयु ४५–४६ वर्ष मात्रै छ ।
औषधोपचारको बन्दोबस्त राम्रो नभएको देशमा केटाकेटीको मृत्युदर बढेको, महामारीजन्य रोगलाई रोकथाम गर्न नसकिने र मानिसहरूको सरदर आयु कम हुँदा जनसङ्ख्या नियन्त्रणमा बढी जोड दिनु कम डरलाग्दो हुन्न । जनसङ्ख्या नियन्त्रणमा तेस्रो विश्वका मुलुकमध्ये ठुलो सफलता प्राप्त गरेको देश चीन मानिन्छ । विश्व बैङ्कको प्रतिवेदनअनुसार सन् १९६० पछिका वर्षहरूमा चीनको जनसङ्ख्या वृद्धिदर ३ प्रतिशत थियो† सन् १९७९ मा १.२ प्रतिशतमा झ¥यो । त्यही समयमा भारतको जनसङ्ख्या वृद्धिदर २.२ प्रतिशत रह्यो । हरेक १ हजारमा भारतको वृद्धिदर ३८ थियो र त्यो अहिले ३५ मा झरेको छ तर चीनको भने १ हजारमा १८ मा झरेको छ ।
त्यस्तै, बाल मृत्युदर चीनमा भन्दा भारतमा बढी छ । भारतमा १ हजार केटाकेटीमा १४ जना मर्छन् भने चीनमा ६ जना मात्र मर्छन् । चीनमा १३ लाख ५३ हजार डाक्टर, ५ लाख ९६ हजार नर्स छन् । डाक्टर र वैद्यको काम गर्ने पेशेवर स्वास्थ्य कार्यकर्ताको सङ्ख्या ३२ लाख ५३ हजार छ । त्यस हिसाबले चीनमा ७,३९० जनतामा एक चिकित्सक अर्थात् ८ हजार जनताको निम्ति एक डाक्टर र झन्डै ३–४ हजार जनताको निम्ति एक स्वास्थ्य कार्यकर्ता उपलब्ध छन् ।
यसको तुलना नेपालसँग गर्दा फरक प्रस्ट हुन्छ । नेपालमा जम्मा ५४९ डाक्टर र २३१ कविराज वैद्य छन् । अर्थात्, ३२ हजार ३६७ मानिसको निम्ति एक डाक्टर; ३३ हजार मानिसको निम्ति एक स्वास्थ्य कार्यकर्ता छन् ।
संयुक्त राष्ट्रसङ्घको बालकोषअन्तर्गत चीनको हुपै प्रान्तका २५ सहर र जिल्लामा ‘७ वर्षमुनिका केटाकेटीको निम्ति एक स्वास्थ्य कार्यकर्ता’ लागू गरिएको छ । त्यसअनुसार सन् १९७९ देखि बालरोग घट्दै गएको छ । स्थिति यसप्रकार छ :
१) भ्यागुते रोग – १ लाखमा १५ प्रतिशतबाट ०.४ प्रतिशतमा घट्यो ।
२) लहरे खोकी – १ लाखमा ३२ प्रतिशतबाट १०.८४ प्रतिशतमा झ¥यो ।
३) दादुरा – १ लाखमा ११८.३१ बाट ६२.२९ सम्म झ¥यो ।
तेस्रो विश्वमा जनसङ्ख्या नियन्त्रण वा परिवार नियोजनमा सफलता हासिल गरेको अर्को देश थाइल्यान्ड मानिन्छ । स्वास्थ्यमा त्यहाँ सन् १९७५ मा प्रतिव्यक्ति ४ डलर अर्थात् ६४ रूपियाँको दरले खर्च गरिएको थियो र उपचार सुविधाको दृष्टिले थाइल्यान्ड नेपालभन्दा अगाडि छ । उपचार सुविधाको स्थिति यसप्रकार छ ”
१) प्रसूति केन्द्रहरू २००० ओटा
२) स्वास्थ्य केन्द्रहरू ४००० ओटा
३) स्वास्थ्य कार्यकर्ता २,२०,००० जना
उपचार सुविधाले मृत्युदर घट्दै गएको छ । सन् १९५०–१९५५ तिर हरेक १ हजार केटाकेटीमध्ये १३२ जनाको मृत्यु हुन्थ्यो । सन् १९८०–१९८५ मा मृत्युदर १९.२ मा घटेको छ । सन् १९५०–१९५५ तिर जनसङ्ख्या १ हजारमा मृत्युदर ५१ थियो भने सन् १९८०–१९८५ मा ७७ मा घटेको छ । त्यस्तै, सन् १९५०–१९५५ तिर थाइ जनताको सरदर आयु ४७ वर्षमात्रै थियो भने अहिले ६२.७ वर्ष पुगेको छ ।
थाइल्यान्डको तुलनामा नेपालको उपचार सुविधाको स्थिति यसप्रकार छ :
१) अस्पताल ७५ ओटा
२) स्वास्थ्य केन्द्र २७ ओटा
३) स्वास्थ्य चौकी ७४४ ओटा
४) स्वास्थ्य डिस्पेन्सरी ८५ ओटा
५) आयुर्वेदिक औषधालय ११३ ओटा
जम्मा १०४४ ओटा
अस्पताल, प्रसूति गृह, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, औषधालय सबै गरेर १०४४ मात्रै पुगेको छ भने थाइल्यान्डको प्रसूति केन्द्र नै २००० र स्वास्थ्य केन्द्रहरू ४००० छन् । त्यसमा अस्पताल र स्वास्थ्य चौकीहरूको हिसाब गरिएको छैन । थाइल्यान्डमा स्वास्थ्यमा प्रतिव्यक्ति ६४ रुपियाँभन्दा बढी खर्च गरिएको छ भने आ.व. २०४१–२०४२ को नेपालको बजेटअनुसार स्वास्थ्यमा खर्च हुने सम्पूर्ण रकम हिसाब गर्दा प्रतिव्यक्ति ११ रुपैयाँ चानचुन मात्र पर्छ । ठुलो घरेलु बजार तथा देशको चौतर्फी विकासमा थप श्रम शक्तिको आवश्यकता हुनाले मलेसियाले जनसङ्ख्या घटाउने होइन बढाउने नीति लिएको छ भने ज्येष्ठ नागरिकको पालन–पोषणको निम्ति जापानले परिवार नियोजनको नीतिमा पुनर्विचार गर्नुपर्ने अनुभव गरेको छ ।
टिपोटहरू :
१) विश्व विकास सूचक (विश्व बैङ्क, सन् २०२१) अनुसार
२) कालापानी, लिम्पियाधुरासहित नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्ग किलोमिटर छ ।
३) विसं २०७८ को जनगणनाअनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ ।
४) विसं २०७८ को जनगणनाअनुसार नेपालको जनघनत्व १९८ प्रतिवर्ग किलोमिटर छ ।
५) आर्थिक सर्वेक्षण (२०७९/०८०) अनुसार नेपालको कुल कृषियोग्य जमिन २६ लाख ४० हजार हेक्टरमध्ये ५८ प्रतिशत जमिनमा सिँचाइ सुविधा उपलब्ध छ ।
६) आर्थिक सर्वेक्षण (२०७९/०८०) अनुसार हाल नेपालमा कालोपत्रे १७,४८० कि.मि., ७,९५६ कि.मि. ग्राभेल र कच्ची सडक ८,६६४ कि.मि. गरी जम्मा ३४,१०० कि.मि. सडक सुविधा उपलब्ध छ ।
७) नवौँ पञ्चवर्षीय योजना (२०५४–२०५९) अनुसार हाल नेपालमा जयनगर–जनकपुर–बिजलपुरा रेलमार्ग ५१ कि.मि. छ । आर्थिक सर्वेक्षण (२०७९/०८०) अनुसार हाल नेपालमा ५६ कि.मि. रेलमार्ग छ ।
८) अहिले यो रज्जुमार्ग बन्द छ । तर, छोटो दूरीका रज्जुमार्ग वा केबलकारहरू व्यापारिक तथा पर्यटकीय दृष्टिले थपिएका छन् ।
९) अहिले पर्यटकीय दृष्टिले हवाई र हेलिकप्टर सेवाको विस्तार भएको छ ।
१०) युद्धको नयाँ शैली र असर इराक र युगोस्लाभियामा संरा अमेरिका र नेटो सेनाको आक्रमणले देखायो । इराक र युगोस्लाभियामा हमला गर्दा साम्राज्यवादीहरूले सेना र सैनिक क्षेत्रमात्र होइन जनताका बस्ती, अस्पताल, स्कूल, विद्युत्, खानेपानी, टेलिफोन, चर्च, पुल, उद्योग, ढल आदिलाई तारो बनाए । नागरिक जीवन अस्तव्यस्त र ध्वस्त पारे । आणविक विकिरण फैलिने गोली र बम बर्साएर लाखौँलाख महिला, बालबालिका र वृद्धवृद्धाको हत्या गरे । पुस्तौँसम्म अपाङ्ग हुने, गर्भ तुहिने र क्यान्सरजस्ता डरलाग्दा रोग लाग्ने रासायनिक अस्त्रशस्त्र प्रयोग गरे । एक तथ्याङ्कअनुसार इराकमा नाकाबन्दीअघि मृत्युदर १८.७ थियो भने पछि सन् १९९६ मा ३२ पुग्यो । विद्यालय छोड्नेहरूको सङ्ख्या पहिले ७ प्रतिशत थियो भने पछि २२.६ प्रतिशत पुग्यो । हिरोसिमामा भन्दा ७ गुणा बढी विस्फोटक पदार्थ विस्फोटन भएको इराकमा अहिले ७४ प्रतिशत केटाकेटी झाडापखाला र ४३ प्रतिशत श्वासप्रश्वासको रोगले मर्छन् । त्यहाँ ५ लाख ६७ हजार केटाकेटी बर्सेनि मर्ने गरेको तथ्याङ्क प्रकाशमा आएको छ ।
११) विश्व बैङ्कको सन् २०२४ को प्रतिवेदनअनुसार सन् २०२१ मा क्युवाको शिशु मृत्युदर एक हजारमा ५ छ भने औसत आयु ७३.६८ वर्ष छ । सन् २०१८ मा त्यहाँ ११८.६७ जनाका लागि १ डाक्टर उपलब्ध थिए । तर, आर्थिक सर्वेक्षण (२०७९/२०८०) अनुसार नेपालमा ८६९.५७ जनाका लागि एक जना डाक्टर उपलब्ध छन् ।
१२) विश्व बैङ्क (सन् २०२४) अनुसार सन् २०२१ मा विश्वमा १ हजार जीवित जन्मेका शिशुमध्ये २८.४ जना तथा नेपालमा २२.८ जना शिशुको मृत्यु हुने गरेको छ ।
१३) विश्व बैङ्क (सन् २०२४) अनुसार सन् २०२१ मा आइसल्यान्डमा लोग्नेमान्छेको आयु ८१.८, स्वास्नीमान्छेको आयु ८४.५ र सालाखाला आयु ८३.१२ वर्ष छ ।
१४) विश्व बैङ्क (सन् २०२४) अनुसार सन् २०२१ मा त्यहाँ लोग्नेमान्छेको आयु ८१.४७, स्वास्नीमान्छेको आयु ८७.५७ र औसत आयु ८४.४५ वर्ष छ ।
१५) विश्व बैङ्क (सन् २०२४) अनुसार सन् २०२१ मा सरदर आयु चीनमा ७८.२१ वर्ष, भारतमा ६७.२४ वर्ष छ ।
१६) नेपालीको सरदर आयु ६८.४५ वर्ष छ ।
१७) विश्व बैङ्क (सन् २०२४) अनुसार सन् २०२१ मा चीनको वार्षिक जनसङ्ख्या वृद्धि दर ०.०९ प्रतिशत छ ।
१८) विश्व बैङ्क (सन् २०२४) अनुसार सन् २०२० मा चीनमा ४१८.९४ जनाको लागि एक डाक्टर पर्छ ।
१९) आर्थिक सर्वेक्षण (२०७९/८०) अनुसार सरकारी क्षेत्रमा कार्यरत डाक्टर ६ हजार १३८, कविराज ६७४, वैद्य ६९३, नर्स÷अ.न.मी. २७ हजार ६८३ जना, स्वास्थ्य सहायक १५ हजार ८९६ जना, महिला स्वास्थ्य स्वयंसेविका ५१ हजार ४२३ जना छन् । नेपालको मेडिकल काउन्सिलमा दर्ता भएका मेडिकल चिकित्सक २७ हजार ८०५, दन्त चिकित्सक ४ हजार ४१३, विशेषज्ञ चिकित्सक एक हजार ८०, नर्स विशेषज्ञ एक हजार ३२६, नर्स ७३ हजार ८८९, अ.न.मी. ३७ हजार १८३ छन् ।
२०) विश्व बैङ्क (सन् २०२४) अनुसार सन् २०२१ मा थाइल्यान्डको औसत आयु ७८.७२ वर्ष छ ।
२१) आर्थिक सर्वेक्षण (२०७९/८०) अनुसार वि.सं. २०७९ फागुनसम्म नेपालमा स्वास्थ्य संस्थाहरू निम्नबमोजिम छन् :
(अ) अस्पताल २१५ ओटा
(आ) प्राथमिक स्वास्थ्य केन्द्र २०१ ओटा
(इ) स्वास्थ्य चौकी ३,८२० ओटा
(ई) उपस्वास्थ्य चौकी/आधारभूत स्वास्थ्य सेवा केन्द्र ३,१९६ ओटा
उ) आयुर्वेदिक औषधालय ४२६ ओटा
जम्मा ७,८५८ ओटा
२२) विश्व बैङ्क (सन् २०२४) अनुसार सन् २०२० मा स्वास्थ्यमा नेपालले प्रतिव्यक्ति ५८.३१ अमेरिकी डलर खर्च गरेको छ ।
साभार : आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास
Leave a Reply