भर्खरै :

प्यान, भ्याट र करसम्बन्धी अभिमुखीकरण कार्यक्रम

प्यान, भ्याट र करसम्बन्धी अभिमुखीकरण कार्यक्रम

भक्तपुर, २ असोज । श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि. को व्यवसाय प्रवद्र्धन उपसमितिको आयोजनामा आन्तरिक राजस्व कार्यालय, भक्तपुर र श्रमजीवी साकोसको संयुक्त आयोजनामा एकदिने कर, प्यान तथा भ्याटसम्बन्धी अभिमुखीकरण कार्यक्रम ख्वप आदर निकेतनको सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले सहकारीमा देखिएका विकृति र वडा कार्यालयमा सम्बन्धित सदस्यहरूबाट आएका गुनासो सम्बन्धमा भएका पहलबारे जानकारी दिँदै स्थानीय सञ्चालकबाट सञ्चालित सहकारीहरूमा मात्र कारोबार गर्न अनुरोध गर्नुभयो ।
साकोसका अध्यक्ष गोविन्दराम त्वानाबासुले सहकारीमा आबद्ध उद्यमी व्यवसायीहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमले कर, प्यान तथा भ्याटसम्बन्धी विस्तृत जानकारी हासिल गर्न सकोस् भनी स्वागत गर्नुभयो ।
आन्तरिक राजस्व कार्यालयका कर अधिकृत राजेन्द्रप्रसाद कोइरालाले उद्यमी व्यवसायी सदस्यहरूलाई कर र प्यान दर्ता तथा यसका फाइदा र बेफाइदा, भ्याट कहिले र कुन–कुन समयमा चुक्ता गर्दा जरिवाना लाग्दैन र कर छुटसम्बन्धी विषयमा प्रशिक्षण दिनुभयो ।
प्रशिक्षणको समयमा उहाँले सहभागी उद्यमीहरूसँग छलफल र अन्तरक्रिया पनि गर्नुभयो । उहाँले करसम्बन्धी विविध जिज्ञासालाई सहजीकरण पनि गर्नुभयो ।
कार्यक्रममा महिला १२ र पुरुष ३१ जना गरी जम्मा ४३ जना उद्यमीहरू सहभागिता रहेको उक्त कार्यक्रम व्यवसाय प्रवद्र्धन उप–समिति संयोजक गोपीकृष्ण चाँगुभारीको सभापतित्वमा भएको थियो । कार्यक्रममा व्यवसाय प्रवद्र्धन उपसमितिका सदस्य सुन्दर त्यातले पनि बोल्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *