प्यान, भ्याट र करसम्बन्धी अभिमुखीकरण कार्यक्रम
- आश्विन २, २०८३
– प्रतिक्षा तामाङ, प्रशिक्षार्थी
भक्तपुर । भक्तपुरको चाँगुनारायण मन्दिर नेपालकै पुरानो र महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदाहरूमध्ये एक हो । यो मन्दिर विश्व सम्पदा सूचीमा परेको छ । मन्दिरमा दैनिक विभिन्न ठाउँबाट मानिसहरू दर्शन गर्न तथा घुम्न आउने गर्छन् । तर, मन्दिर क्षेत्रको सरसफाइ, सम्पत्तिको संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने अवस्था देखिन्छ ।
मन्दिर वरपरको क्षेत्रमा मानिसहरूको आवतजावत धेरै हुने भएकाले फोहोर व्यवस्थापनमा समस्या देखिन सक्छ । कतिपय ठाउँमा फोहोर राख्ने उचित व्यवस्था नभएको र मन्दिर परिसर सफा राख्न थप ध्यान दिनुपर्ने देखिन्छ । मन्दिरजस्तो महत्वपूर्ण ठाउँमा सरसफाइ राम्रो हुनुपर्ने हो ।
मन्दिर परिसरमा रहेका पुरानो मूर्ति, ढुङ्गेधारा, काठका कलात्मक भाग तथा अन्य पुराना सामग्रीको संरक्षण पनि महत्वपूर्ण छ । एक समय चाँगुनारायण न.पा. ५ मच्छेनारायण मन्दिरमा गणेश मन्दिरको गजुर चोरी भएको थियो । त्यसैले मन्दिरका पुराना सामग्री र सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिन आवश्यक देखिन्छ ।
एक स्थानीय व्यवसायीले मन्दिरमा आउने मानिसको सङ्ख्या बढ्दै जाँदा सरसफाइ र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । उनका अनुसार मन्दिर क्षेत्र सफा र व्यवस्थित भएमा यहाँ आउने मानिसलाई पनि राम्रो प्रभाव पर्छ ।
चाँगुनारायण मन्दिरको संरक्षणका लागि स्थानीय बासिन्दा, मन्दिर व्यवस्थापन समिति र सम्बन्धित निकाय सबैको ध्यान जानु आवश्यक देखिन्छ ।
पुराना सम्पत्ति जोगाउने, मन्दिर परिसर सफा राख्ने र आउने मानिसहरूलाई व्यवस्थित रूपमा सेवा दिने काममा सुधार गर्न सके मन्दिरको महत्व अझ राम्रोसँग बढाउन सकिन्छ ।
चाँगुनारायण पूजा गर्ने ठाउँ मात्र नभई नेपालको इतिहास र संस्कृतिसँग जोडिएको महत्वपूर्ण सम्पदा भएकोले यसको संरक्षणमा सबैले ध्यान दिन आवश्यक छ ।
Leave a Reply