सङ्गठनमा लाग्नुपर्नेबारे बहिनीलाई चिठी
- आश्विन ५, २०८३
(२५ डिसेम्बर १९७९ को दिन चीनका मुख्य–मुख्य समाचार पत्रहरूले केन्द्रीय अभिलेख समितिको मातहतमा पार्टी इतिहासबारेका कागजपत्रको अनुसन्धान विभागबाट तयार पारिएको ‘सैद्धान्तिक अध्ययनको प्रश्नमा अध्यक्ष माओ त्सेतुङका केही हस्तलिपिहरूको प्रस्तुतीकरण’ भन्ने एक लेख छापे । –सं.)
केही समयअघि हामीले माओ त्सेतुङ विचारधाराबारे लेखिएका अध्यक्ष माओ त्सेतुङका केही लिखतहरू अध्ययन ग¥यौँ र थुप्रै कुराहरू पनि सिक्यौँ । माओ त्सेतुङ विचारधारा र सत्यको सिद्धान्तको प्रश्नबारे हालैका अध्ययनमा यो कागत पत्रहरू अमूल्य र ठुलो महत्वको छ भन्ने कुरामा हामी विश्वास गर्छौँ । अध्यक्ष माओ त्सेतुङको ८६ औँ जन्म दिवसको स्मृतिमा लेखिएका हाम्रा अध्ययनका टिपोटहरू यी हुन् –
चिनियाँ क्रान्तिको अनुभवमा माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनका सिद्धान्तहरूका साथसाथै पार्टी केन्द्रीय समितिको कागतपत्रले निश्चित गरिएको बाटो र नीतिहरूको आधारमा चिनियाँ कम्युनिस्टहरूले लेखिएका केही पुस्तिकाहरू समावेश छन् ।
१९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको सबै काममा माक्र्सवाद–लेनिनवादको विश्वव्यापी सत्यतालाई निर्देशक नीतिको रूपमा चिनियाँ क्रान्तिको खास व्यवहारलाई एक गरेको छ, अध्यक्ष माओ त्सेतुङ यस्तो एकताको सबभन्दा ठुलो प्रतिनिधि हुनुहुन्छ । माओ त्सेतुङ विचारधारा चिनियाँ क्रान्तिको महान् सङ्घर्षहरूमा माक्र्सवाद–लेनिनवादको प्रयोग र विकास हो† यो चिनियाँ क्रान्तिको खास व्यवहारसँग माक्र्सवाद–लेनिनवादको विश्वव्यापी सत्यको एकताको फल हो ।
अध्यक्ष माओ त्सेतुङले चिनियाँ जनताको जीत र हारहरूको अनुभव र शिक्षाहरूको सार झिक्नुभयो र चेन तु स्यु, वाङ मिङ र अरूहरूद्वारा प्रतिनिधित्व गरिएको अवसरवादको विरोधको सङ्घर्षमा, सिद्धान्तलाई वास्तविकतसँग जोड्ने प्रश्नलाई अध्ययनको एक तरिकाको रूपमा प्रस्ट रूपले अगाडि ल्याउनुभयो । १९३९ को सुरूमा ‘कम्युनिस्टको परिचय’ भन्ने आफ्नो लेखमा उहाँले सबभन्दा पहिले माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई चिनियाँ क्रान्तिको खास व्यवहारसँग एक गर्ने सूत्रलाई अगाडि ल्याउनुभयो । त्यस लेखबाट के देखाउनुभयो भने हाम्रो पार्टीको इतिहासमा जब जब माक्र्सवाद–लेनिनवादको विश्वव्यापी सच्चाइलाई चिनियाँ क्रान्तिको खास व्यवहारसँग एक गरियो, क्रान्तिले विकास ग¥यो र विजयहरू प्राप्त ग¥यो, त्यसो नगर्दा क्रान्ति पछि प¥यो र हारहरू खायो ।
माओ त्सेतुङ आफ्नो सैद्धान्तिक दृष्टिकोणमा सा¥है होसियार र बुद्धिमान हुनुहुन्थ्यो । धेरै लामो समयसम्म माओ त्सेतुङ विचारधाराको प्रस्ताव गर्ने प्रस्तावहरूसँग उहाँ सहमत हुनुभएन ।
१९४३ मा अध्ययनद्वारा येनानमा सुधार आन्दोलनको बेला उल्लेखनीय ढङ्गले सारा पार्टीको माक्र्सवादी लेनिनवादी स्तरलाई माथि उठाइएको थियो, पार्टीभित्रका झन् बढी कामरेडहरूले के देखे भने माओ त्सेतुङद्वारा प्रतिनिधित्व गरिएको माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई चिनियाँ क्रान्तिको वास्तविक परिस्थितिसँग गाँस्ने विचार मात्रै सही थियो, जसले चिनियाँ क्रान्तिलाई विजयसम्म लैजान सक्थ्यो । त्यस वर्ष हाम्रो पार्टी २२ वर्षको थियो र माओ त्सेतुङ ५० वर्षको हुनुहुन्थ्यो । पार्टीभित्र केही कामरेडहरूले उहाँको जन्म दिवस मनाउने कुरा निकाले र माओ त्सेतुङ विचारधारालाई प्रचार गर्ने प्रश्न उठाए ।
पार्टी केन्द्रीय समितिको मातहतको प्रचार विभागका प्रमुख कामरेड काइ फङले माओ त्सेतुङलाई त्यस सुझावबारे रिपोर्ट गर्नुभयो । उहाँले न जन्म दिवस मनाउने कुरो स्वीकार गर्नुभयो न त माओ त्सेतुङ विचारधाराको उल्लेख गर्ने कुरो मान्नुभयो । पछिल्लो प्रश्नमा कामरेड काइ फङलाई जवाफ दिँदै २३ अप्रिलको आफ्नो पत्रमा उहाँले भन्नुभयो – मेरो विचार (माक्र्सवाद–लेनिनवाद) आफै अझ परिपक्व भएको छैन भन्ने म अनुभव गर्छु, यो अझै सिक्ने अवस्थामै छ† प्रचार गर्ने अवस्थामा होइन । यदि प्रचार गर्नु छ भने खालि सुधार आन्दोलनका जस्ता केही कागत–पत्रहरूका, केही भागहरू मात्रै प्रचार गर्न सुहाउँछ, यसलाई एक विचारधाराको रूपमा प्रचार गर्नु उपयुक्त छैन किनभने मेरो विचारधारा अझसम्म परिपक्वतामा पुगेको छैन ।
१९४५ जूनमा हाम्रो पार्टीको ७ औँ राष्ट्रिय महाअधिवेशनमा पार्टीको संविधानमा तलका हरफ गाँसिएको थियो– “चीनको कम्युनिस्ट पार्टीले माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई चिनियाँ क्रान्तिको व्यवहारसँग एक गर्ने विचार माओ त्सेतुङ विचारधारालाई आफ्नो सबै कामहरूको निर्देशक सिद्धान्तको रूपमा लिन्छ र कोरा सिद्धान्तवादी या प्रयोगसिद्ध अनुभववादी झुकावहरूलाई विरोध गर्छ ।” पछि पछि माओ त्सेतुङले माओ त्सेतुङ विचारधाराप्रति गरिने अवास्तविक उल्लेखहरूलाई विरोध गर्दै जानुभयो, जसलाई उहाँले पार्टी र जनताको सामूहिक सङ्घर्षहरूको फल हो भन्दै जानुभयो ।
माओ त्सेतुङका यी विचारलाई कmामरेड ये चिइङ्कले जनवादी गणतन्त्र चीनको स्थापनाको ३० औँ वर्ष समारोहको बैठकमा प्रस्ट पारिदिनुभएको थियो– “माओ त्सेतुङ विचारधारा माओ त्सेतुङको व्यक्तिगत बुद्धिको मात्रै फल होइन, यो उहाँको सहयोद्धाहरू, पार्टी र क्रान्तिकारी जनताको बुद्धिको फल हो । उहाँले एकचोटि भन्नुभएजस्तै यो पार्टी र जनताको सामूहिक सङ्घर्षहरूबाट बढेको हो ।”
हाम्रो लेखा विभागमा राखिएको अध्यक्ष माओ त्सेतुङका लेखहरूबाट हामीले के पायौँ भने १९४८ अगस्टमा देशव्यापी मुक्तिको अवसरमा विजयको खुसीयालीमा, कामरेड उ यूचाङले माओ त्सेतुङ विचारधाराप्रतिको आस्थास्वरूप उत्तरी चीन विश्वविद्यालयको उद्घाटन भाषणमा माओ त्सेतुङ विचारधारालाई माओ त्सेतुङवादमा फेर्ने विचार गर्नुभएको थियो । माओ त्सेतुङलाई एक तार पठाउंँदै उहाँले निर्देशन माग्दा जवाफ यस्तो थियो – यो अभिव्यक्ति सबभन्दा अनुपयुक्त छ । माओवाद वा माओ त्सेतुङवाद भन्ने कुनै वस्तु छैन । यो विषय ‘खास गरेर माओ त्सेतुङवादको अध्ययन’ गर्ने कुरा नभई माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनका सिद्धान्तहरू र चिनियाँ क्रान्तिको अनुभवलाई अध्ययन गर्न, विद्यार्थीहरूलाई अध्ययन गर्न आह्वान गर्न जरुरी हुँदै छ । यहाँ उल्लेखित ‘चिनियाँ क्रान्तिका अनुभव’ मा माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनका सिद्धान्तहरूमा आधारित (माओ त्सेतुङसहित) चिनियाँ कम्युनिस्टहरूले लेखेका पुस्तिकाहरू र पार्टी केन्द्रीय समितिको सिद्धान्त र नीतिहरूलाई बताउने केही कागत पत्रहरू समावेश छन् ।
लिन प्याओ र चार जनाको गुटले अर्कै उद्देश्य राखेर आफूलाई ‘देवताजस्तो तारिफ गर्ने’ कोसिसजस्ता गतिविधिहरूबाट अध्यक्ष माओ त्सेतुङ सा¥है असन्तुष्ट हुनुहुन्थ्यो । माओ त्सेतुङ विचारधारालाई बयान गर्न ‘सर्वोच्च’, ‘सबभन्दा रचनात्मक ढङ्ग’ र ‘विकासको सर्वोच्च चुली’ जस्ता अवैज्ञानिक अभिव्यक्तिहरू जोड्ने कुरालाई उहाँ मन पराउनु हुन्नथ्यो र विरोध गर्नु हुन्थ्यो । २५ जुलाई १९६६ को दिन माओ त्सेतुङले एक कागत–पत्रमा तलका टिपोट लेख्नुभयो – “कृपया ध्यान दिनुस् र अबदेखि ‘सर्वोच्च, सबभन्दा रचनात्मक ढङ्गले … …’, ‘विकासको सर्वोच्च चुली’ र ‘सबभन्दा माथिल्लो निर्देशन’ जस्ता भाषालाई रोक्नु होला ।” ८ जनवरी १९६८ को दिन बाहिर पठाउने समाचारको पाठलाई जाँच्नु हुँदा माओ त्सेतुङले तलका दुई हरफमा गाढा पङ्क्तिले काट्नुभएको थियो– “कामरेड माओका शब्दहरू सबभन्दा उँचो स्तरका, सबभन्दा शक्तिशाली हुन्छन्, उहाँको हरेक वाक्य सत्य छ र एउटा सिङ्गो वाक्य दस हजार वाक्यको बराबर छ ।” “अध्यक्ष माओले बोल्नुभएको वा लेख्नुभएको हरेक वाक्य एक सत्य हो र एक सिङ्गो वाक्य दस हजार वाक्यको बराबर छ ।”
हाम्रा कार्यकर्ताहरूमध्ये सा¥है कम तिनीहरू आफूलाई सही पक्षका भन्ने सोच्छन् । यसको एउटा कारण हो, तिनीहरूले माक्र्सवादी सिद्धान्तको ज्ञानलाई बुझ्दैनन् । यसकारण, ठुलो धैर्यले त्यस्ता … … प्रचार गर्नु सा¥है आवश्यक छ ।
आफ्नो क्रान्तिकारी व्यवहारको लामो वर्षहरूमा माओ त्सेतुङ माक्र्सवादी सिद्धान्तको ज्ञानलाई प्रचार गर्ने ठुलो आवश्यकतासँग सम्बन्धित हुनुहुन्थ्यो । १९३७ मा उहाँ येनानको जापानविरोधी सैनिक र राजनैतिक कलेजमा प्रवचन दिइरहनुहुँदा उहाँले लिनुभएको विषयहरूमध्ये एउटा व्यवहारबारे थियो । येनानमा सुधार आन्दोलन चलिरहँदा अध्ययनको निम्ति कागत–पत्रहरूको एक सँगालो थियो, जसमा माओ त्सेतुङले लेख्नुभएका धेरै महत्वपूर्ण लेखहरू समावेश थियो । तिनीहरू हुन् – हाम्रो–अध्ययनलाई सुधार, पार्टीको कामको तरिकामा सुधार गर, पुरानो ढङ्गको पार्टी लेखनलाई विरोध गर, साहित्य र कलाबारे येनान गोष्ठीमा प्रवचन र नेतृत्वको शैलीसम्बन्धी केही प्रश्नहरू । यी रचनाहरू २२ अप्रिल १९४३ को दिन कामरेड काइ फङलाई माओ त्सेतुङको पत्रमा उल्लिखित ‘सुधार आन्दोलनका केही कागतपत्रहरू’ हुन् र यस लेखमा उल्लेख गरिएको छ ।
यी रचनाहरूमा माओ त्सेतुङले सिद्धान्तको ज्ञानसम्बन्धी प्रश्नहरूलाई स्पष्ट गर्न ध्यान दिनुभयो । द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तलाई प्रयोग गरेर, हरेक कुरालाई वास्तविकताबाट हाम्रो पार्टीको सैद्धान्तिक नीति निश्चित गर्न, तथ्यहरूबाट सत्य खोज्न र सिद्धान्तलाई वास्तविकतासँग गाँस्न उहाँले आश्चर्यजनक रूपले प्रस्ट गरिदिनुभयो । यो पनि द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको सैद्धान्तिक निर्देशन, माओ त्सेतुङ विचारधाराको सही सार हो ।
सिद्धान्तलाई व्यवहारसँग मिलाउने कुरा माओ त्सेतुङले अगुवाइ गर्नुभएको र अगाडि बढाउनुभएको हाम्रो पार्टीको काम गर्ने तीन मुख्य शैलीमध्यको एक हो । माक्र्सवाद –लेनिनवाद र माओ त्सेतुङ विचारधारा अध्ययन गर्दा हामीले त्यसलाई बुझ्नुपर्दछ र त्यसलाई व्यापक ढङ्गले र ठीकसित लागू गर्नुपर्छ, हामीले त्यसको अडान, दृष्टिकोण र तरिकाहरू सिक्नुपर्छ र तिनीहरूलाई हाम्रो क्रान्ति र निर्माणका सैद्धान्तिक र काम गराइको समस्याहरूलाई सुल्झाउनमा प्रयोग गर्नुपर्छ र माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र अध्यक्ष माओ त्सेतुङका रचनाहरूबाट कण्ठ गरिएका हरफहरूलाई भट्याउनुहुन्न ।
डिसेम्बर १९६० मा, सैनिक कमिसनको लामो बैठकको ‘सेनाको राजनैतिक र सैद्धान्तिक कार्यलाई बलियो बनाउने प्रस्ताव’ मा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको टिप्पणी पढ्नु हुँदा र मूल हस्तलिपिलाई जाँच्नु हुँदा माओ त्सेतुङले त्यसमा एक सा¥है महत्वपूर्ण हरफ जोड्नुभयो – केही शैक्षिक पृष्ठभूमि रहेका सशस्त्र सेनाका कार्यकर्ताहरूले माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनका मौलिक रचनाहरू अध्ययन गर्नुपर्छ । अध्ययनको तरिका भने हाम्रो कार्यको आवश्यकताअनुसार अध्ययन गर्ने खालको हुनुपर्छ, त्यसको अर्थ हो चिनियाँ र अन्तर्राष्ट्रिय समस्याहरू सुल्झाउने उद्देश्यले माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनलाई सहायता लिनुपर्छ, न कि अध्ययन अध्ययनकै निम्ति होस् अथवा किताबको कीराजस्तै पढन, बरु माक्र्सवाद–लेनिनवादको सार बुझ्नको निम्ति पढ्नुपर्छ । अध्यक्ष माओ त्सेतुङका रचनाहरू पढ्ने तरिकामा पनि त्यही कुरा अपनाउनुपर्छ ।
‘सही विचार कहाँबाट आउँछ ?’ भन्ने रचना माक्र्सवाद–लेनिनवादका जाज्वल्यमान विचार चम्केको एक रचना हो । यो कुरा सबै पार्टीलाई राम्ररी थाहा छ । २ हजारभन्दा पनि कम शब्दहरू भएको त्यस सानो निबन्धले माक्र्सवादी–लेनिनवादी सैद्धान्तिक ज्ञानलाई गम्भीररूपमा अगाडि ल्याउँछ । यो मूल रूपमा १९६३ मईमा अध्यक्ष माओले हाम्रो वर्तमान गाउँले इलाकाको कामका केही समस्याहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको खेस्रा निर्णयमा एक नोट लेख्नुभएको थियो । त्यस कागतपत्रको चौथो हस्तलिपिमा अहिले हामीहरूले के भेट्टायौँ भने माओ त्सेतुङले एकखास पङ्क्ति थप्नुभएको थियो – सत्यलाई जाँच्ने अर्को उपाय छैन ।
२५ सेप्टेम्बर १९६४ को दिन माओ त्सेतुङले केन्द्रीय समितिको एक जिम्मेवार साथीद्वारा खेस्रा गरिएको एक कागतपत्रमा एक सा¥है महत्वपूर्ण टिपोट लेख्नुभयो – हाम्रा कार्यकर्ताहरूमध्ये सा¥है कम आफूहरूलाई नै ठीक छन् भन्न सम्झन्छन् । यसको कारण के हो भने तिनीहरू माक्र्सवादी सिद्धान्तको ज्ञानलाई बुझ्दैनन् । यसकारण, माक्र्सवादी सिद्धान्तको ज्ञानलाई धैर्यपूर्वक प्रचार गर्न आवश्यक छ । यसलाई सजिलोसित भन्ने हो भने, यसको अर्थ हो जनसमुदायहरूबाट जनसमुदायहरूमा । तल जान र एक खास ठाउँमा एक लामो समयसम्म बस्न तिमीहरूले आफ्नो मनलाई बलियो पार र तिमीहरूले जनसमुदायका आवाजहरूलाई सुन्न सक्ने छौ, व्यवहारबाट वास्तविक सत्यलाई बिस्तारै बुझ्ने छौ, त्यसलाई मानसिक सत्य बनाऊ र तब यसले काम गर्छ कि गर्दैन भनेर हेर्न फेरि व्यवहारमा लैजाउ । भएन भने फेरि एकचोटि व्यवहारमा जनसमुदायसँग गएर छलफल गर्नुपर्ने हुन्छ । यस प्रकार बनिबनाउ कुराहरूको समस्या अथवा कोरा सिद्धान्तवादको समस्यालाई सुल्झाउन सकिने छ र अनि अन्धविश्वास रहनेछन् । यसरी काम गरिएन भने जति उँचो ओहदाको हाकिम हुन्छ उतिउति कम सच्चाइ हुन्छ । यही कुरो माथिल्ला हाकिमहरूलाई लागू हुन्छ र तल्लो हाकिमहरूलाई पनि यही कुरा लागू हुन्छ ।
त्यसको लगत्तैपछि १८ अक्टोबर १९४६ को दिन अध्यक्ष माओ त्सेतुङले त्यस टिपोटमा अर्को हरफ थप्नुभयो – भौतिक सत्यलाई जान्नु भन्नुको हाम्रो अर्थ हो व्यवहारले मानिसको वस्तु र बाहिरी भौतिक संसारको सारलाई प्रतिबिम्बित पार्नु, जो पछि क्रमिक र ठुलठुला परिवर्तनबाट त्यो मानसिक सत्य हुन्छ र जसलाई अझै जाँच्नु बाँकी नै हुन्छ । यदि हामीले त्यस मानसिक सत्यमा भएको क्रमिक हेरेफेरहरूमा वास्तविक भौतिक सच्चाइ (अर्थात् नियम) प्रतिबिम्बित भएको छ वा छैन भनेर जान्न चाहन्छौँ भने हामी फेरि व्यवहारमा गएर यसले काम गर्छ वा गर्दैन भनेर हेर्नु आवश्यक छ ।
अध्यक्ष माओ त्सेतुङको टिपोटले एकचोटि फेरि बडो धैर्यपूर्वक माक्र्सवादी सिद्धान्तको ज्ञानलाई प्रचार गर्नु आवश्यक छ भनेर जोड दिनुभयो । यसले एकचोटि फेरि जनसमुदायबाट आउने, जनसमुदायमा जाने र व्यवहारबाट सत्यलाई जान्ने र व्यवहारबाटै सत्यलाई जाँच्ने सिद्धान्त बुझ्न सजिलो बाटोलाई व्याख्या ग¥यो । यसले हाम्रा केही साथीहरूमा भएको ‘बनाइएका नियमहरू’, ‘कोरा सिद्धान्तहरू’ र ‘अन्धविश्वास’ लाई हटाउने आवश्यकतालाई अगाडि बढायो । सूक्ष्म परीक्षणबाट के देखाउँछ भने माक्र्सवादी सिद्धान्तको ज्ञानबाट टाढा गएपछि उँचो दर्जाका हाकिमहरू कम सच्चाइमा हुन्छन् ।
दस वर्षमा लिन प्याओ र चार जनाको गुटले ठुलो आतङ्क मच्चाउँदा अध्यक्ष माओ त्सेतुङले हुर्काउनुभएको र लामो समयको सङ्घर्षबाट बनाएको हाम्रो पार्टीका परम्पराहरू, तथ्यबाट सच्चाइ खोज्ने र जन नीतिको परम्परालाई जयाभावी कुल्चिदिए । त्यसको परिणाम अनियन्त्रित आदर्शवाद र अध्यात्मवाद थियो, पार्टीलाई कहिले नभएको जस्तो नोक्सान भयो र देश र जनताले ठुलो आपत्ति भोग्नुप¥यो । यो हो – हामीले कहिले बिर्सन नहुने कष्टपूर्ण शिक्षा ।
पेइचिङ रिभ्यू
२ नं. जनवरी १४, १९८०
Leave a Reply