भर्खरै :

क्यान्सर उपचार बन्द गर्न नहुने

क्यान्सर उपचार बन्द गर्न नहुने

देशकै जेठो अस्पताल वीर अस्पतालमा रहेको क्यान्सर उपचार बन्द हुने समाचार असोज ८ को नेपाल समाचारपत्रमा प्रकाशित भयो ।
टोमोथेरापी क्यान्सर उपचारको लागि अत्याधुनिक रेडियोथेरापी प्रविधि भएकोले यसले धेरै क्यान्सर रोगीको सेवा गरिरहेको छ । मेसिन आपूर्तिकर्ता कम्पनीलाई दिनुपर्ने २० करोड रूपैयाँ भुक्तानी नगर्दा अत्याधुनिक सेवा नै बन्द भए योजस्तो नालायकी अरु के होला ?
बिचौलियाहरूले वीर अस्पतालको सेवा जानाजान बन्द गराउने र बिरामीलाई निजी स्वास्थ्य संस्थामा पु¥याउने पुरानो रोग हो । त्यहाँको सामान बिगार्ने र वर्षाैँसम्म बिरामीको उपचार बन्द हुने सरकारी अस्पतालको रोगजस्तै बनिसकेको छ । सामान र उपकरण बिगारेर बिरामीलाई उपचार नगर्नेजस्तो जघन्य अपराध गर्ने कोको हुन्, छानबिन हुनुपर्छ कि पर्दैन ? यदि अपराधी हो भने उचित सजाय दिने काममा सरकारको खुट्टा किन काम्छ ?
विगतमा शासक दलले भागबन्डामा उच्च कर्मचारी नियुक्ति गर्दा देखिएका यी र यस्ता विकृति अहिलेसम्म अन्त्य भएको छैन । नेपालका क्यान्सर अस्पतालहरूले राम्रो सेवा गरेका भए भारतका अस्पतालहरूमा बिरामीको चाप घट्नेमा केही बिचौलियालाई पिर परेको हुनसक्छ । त्यही भएर विगतका सरकारहरूले क्यानाडालगायतका देशमा उत्पादन भएको क्यान्सर रोगको राम्रो र गुणस्तरीय औषधि आयातको लागि स्वीकृति दिएन । कमिसन नमिलेको कारण गुणस्तरीय औषधिलाई समेत स्वीकृति नदिने अपराधमा कोको संलग्न भए ?
अमेरिकाको दशकौँ लामो नाकाबन्दीले पनि क्युवाको स्वास्थ्य उपचार राम्रो र प्रभावकारी भयो । अमेरिकाका हजारौँ बिरामी उपचारको लागि क्युवा पुगेको हुँदा तत्कालीन अमेरिकी सरकारले क्युवामा हवाईजहाज सेवा बन्द ग¥यो । आफ्ना नागरिकलाई उपचारसमेतमा प्रतिबन्ध गर्ने अमेरिकी साम्राज्यवादको सिको वर्तमान रास्वपाको सरकारले पनि गर्न खोजेको हो र ?
– सिम्रिक पौडेल, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *