चीनमा वैज्ञानिकहरूले सेलिब्रेटी व्यवहार पाउँछन्, सामाजिक सञ्जालमा पनि प्रशंसा
- आश्विन १४, २०८३
‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नारासहित नेपालभाषा साहित्य तःमुंज्या नेपाल संवत् ११०० (वि.सं.२०३७) देखि प्रत्येक वर्ष निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ । यस वर्ष भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढी, यातामा ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या हुने यहाँहरूलाई जानकारी गराउन पाउँदा हामी हर्षित छौँ ।
भाषा, लिपि, साहित्य, कला, संस्कृति र सम्पदा मानव विकासको अमूल्य निधि हुन् । यसको उन्नति, प्रगति तथा संरक्षणको लागि योगदान पु¥याउनु हामी सबैको साझा कर्तव्य हो । तःमुंज्याले बहुमत जनताको पक्षमा लेख्न, अन्यायमा परेका जनताको पक्षमा आवाज उठाउँदै राजनीतिक, सामाजिक र सांस्कृतिक चेतनास्तर बढाउन निरन्तर लागिरहेको इतिहास हामीसमक्ष छ । तसर्थ, नेपालभाषा साहित्य तःमुंज्या राजनीतिक र साहित्यिक दबु पनि हो । भक्तपुरमा नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सामाजिक चेतनाको विकासको लागि निरन्तर आयोजना हुँदै आएको नेपालभाषा साहित्य तःमुंज्या यस वर्ष ४६ औँ संस्करणको रूपमा आयोजना हुँदै छ । नेपाल संवत् ११०० अर्थात् वि.सं. २०३७ सालदेखि निरन्तर हुँदै आएको तःमुंज्या यस वर्ष नेपाल संवत् ११४६ को अवसरमा भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुन गइरहेको छ ।
चार दशकभन्दा लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको यस सम्मेलनले नेपालभाषा, साहित्य, कला, संस्कृति र सामाजिक चेतनाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । ‘जनता म्वाःसा, भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा रहन्छ’ भन्ने मूल नारा रहेको छ । यस मूल भावनाले जनता र भाषाबिचको घनिष्ठ सम्बन्धलाई उजागर गर्दछ । जनताको जीवन, भावना, सङ्घर्ष, संस्कृति र सिर्जनासँग भाषा जोडिएको हुन्छ भन्ने मान्यताका साथ तःमुंज्या सञ्चालन हुँदै आएको छ ।
तःमुंज्याको प्रमुख उद्देश्य नेपालभाषाको संरक्षण, संवद्र्धन र विकास गर्नुका साथै नेपालभाषा साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धन गर्नु हो । यसका साथै जनजीवनसँग सम्बन्धित सामाजिक विषयलाई साहित्य, कला र सांस्कृतिक प्रस्तुतिमार्फत जनताको चेतना बढाउने उद्देश्य तःमुंज्याले राख्दै आएको छ ।
नेपालभाषाको प्रयोगलाई नयाँ पुस्तासम्म विस्तार गर्ने, नयाँ स्रष्टालाई सिर्जना र प्रस्तुतीकरणका लागि अवसर प्रदान गर्ने तथा स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्ने कार्यमा तःमुंज्याले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तःमुंज्या केवल साहित्य सम्मेलनमा सीमित नभई साहित्य, संस्कृति र सामाजिक चेतनाको संयुक्त सार्वजनिक मञ्चका रूपमा सञ्चालन हुँदै आएको छ । सम्मेलनमा नेपालभाषामा कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन हुने गर्दछ भने आमन्त्रित तथा अतिथि साहित्यकारहरूबाट रचना वाचन हुने गर्दछ ।
भाषा तथा साहित्यसम्बन्धी विज्ञहरूको मन्तव्य, साहित्यकार तथा कलाकारहरूको सम्मान, सामाजिक तथा समसामयिक विषयमा छलफल तथा विचार प्रस्तुति तःमुंज्याको महत्वपूर्ण पक्ष हुन् भने नाटक, ख्याल, नृत्य, गीति नाटक र गीतहरूको मौलिक प्रस्तुतीकरणले तःमुंज्यालाई अझ आकर्षक बनाउनेछ । सामान्यतः कार्यक्रमको पहिलो चरणमा दिउँसो साहित्यिक कार्यक्रम र दोस्रो चरणमा साँझ सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने परम्परा रहेको छ ।
दसैँपछिको नेपाल संवत्को कौलाथ्व द्वादशी र त्रयोदशीका दिन दुई दिनसम्म तःमुंज्या आयोजना गर्ने गर्दै आएको छ । यस वर्ष पनि नेपाल संवत् ११४६ को कौलाथ्व द्वादशी र त्रयोदशी अर्थात् वि.सं. २०८३ कार्तिक ६ र ७ गते तःमुंज्या हुँदै छ ।
तःमुंज्याको अर्काे विशेषता प्रत्येक वर्ष भक्तपुरका फरक–फरक टोल तथा समुदायमा कार्यक्रम आयोजना गर्नु पनि रहेको छ । यसले तःमुंज्यालाई कुनै एक स्थान वा समुदायमा मात्र सीमित नराखी भक्तपुरका विभिन्न क्षेत्रका जनतासम्म पु¥याउने अवसर प्रदान गरेको छ । यसले स्थानीय समुदायको सहभागिता बढाउनुका साथै सम्बन्धित टोलको कला, संस्कृति, परम्परा र सामाजिक जीवनलाई समेत तःमुंज्याको मूल प्रवाहसँग जोड्ने काम गरेको छ ।
तःमुंज्याको महत्वपूर्ण विशेषता सर्वसाधारण जनतालाई साहित्य र संस्कृतिसँगै सामाजिक विषयलाई प्रशिक्षित गर्नु हो । विगतका तःमुंज्याहरूमा सामाजिक असमानता, अन्याय, श्रमिक तथा किसानका समस्या, शिक्षा, स्वास्थ्य, भाषा तथा संस्कृतिको संरक्षण, राष्ट्रियता, सीमालगायत जनजीवनसँग सम्बन्धित विभिन्न विषय साहित्यिक रचना तथा वक्तव्यका माध्यमबाट आवाज उठाउँदै आएको छ । यसकारण, तःमुंज्यालाई नेपालभाषाको साहित्यिक कार्यक्रमका रूपमा मात्र नभई भक्तपुरको सामाजिक जीवनमा लामो समयदेखि निरन्तर सञ्चालन हुँदै आएको साहित्यिक, सांस्कृतिक तथा सामाजिक चेतनाको सार्वजनिक मञ्चका रूपमासमेत बुझ्न सकिन्छ ।
राजनीति देश र जनताको निःस्वार्थ सेवा गर्ने क्षेत्र हो । यो यथार्थलाई पनि तःमुंज्याले आत्मसात् गर्दै आएको छ । तःमुंज्याको दबुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा साहित्य र सांस्कृतिक विधा एवम् मन्तव्यहरू प्रस्तुत हुँदै आएको छ । यस्तै साहित्य र मन्तव्य यस वर्षको तःमुंज्यामा पनि चालू हुनेछ । देशमा भएको आगजनी र विध्वंस तथा देश विदेशका प्रतिक्रियावादीहरूको कसरी दुरूत्साहन गरे, त्यसको भण्डाफोर गर्नेलगायत भर्खरै मात्र रसुवाको भोटेकोसीमा आएको हिमपहिरो र त्यसबाट पीडितका लागि समवेदनाका साहित्यहरू तःमुंज्याको दबुमा वाचन हुने हामीले विश्वास लिएका छौँ ।
यसैको सिलसिलामा ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको प्रचारार्थ आयोजक समितिले विभिन्न गतिविधिलाई अगाडि बढाएको छ । तःमुंज्याको प्रथारार्थ यही असोज १७ गते शनिबार बिहान ७ बजेदेखि काठमाडौँ उपत्यकामा झन्डै ४० किलोमिटरको साइकल ¥याली हुँदैछ । त्यस्तै, तःमुंज्याकै प्रचारार्थ असोज २५ गते शनिबार घटस्थापनाको दिन भक्तपुर दरबारस्क्वायरमा साँझ ५ बजे बाँसुरी बाजा प्रदर्शनी हुनेछ भने तःमुंज्याको अघिल्लो दिन कार्तिक ५ गते दिउँसो ४ बजेबाट सुकुन्दा ¥याली हुने पनि जानकारी गराउन चाहन्छु ।
तःमुंज्याले नयाँ पुस्तालाई नेपालभाषामा लेख्न, लेख रचना सिर्जना गर्न र सार्वजनिक रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्न अवसर प्रदान गर्दै आएको छ । विशेषगरी प्रतियोगितात्मक साहित्य वाचनका माध्यमबाट नयाँ पुस्ताका लेखक, कवि तथा कलाकारलाई प्रोत्साहन गर्ने र उनीहरूलाई सार्वजनिक साहित्यिक गतिविधिसँग जोड्ने काम हुँदै आएको छ ।
नेपाल संवत् ११०० बाट सुरु भएको तःमुंज्या यस वर्ष ४६ औँ संस्करणमा प्रवेश गरेको छ । चार दशकभन्दा बढीको यस यात्रामा तःमुंज्याले विभिन्न कालखण्डका सामाजिक, सांस्कृतिक तथा साहित्यिक विषयलाई आफ्नो मञ्चमा स्थान दिँदै आएको छ ।
(यस वर्षको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या–२०८३ भक्तपुर नगरपालिका वडा नं. ७ याता, गोमारीमा आयोजना गर्ने तयारी भइरहेको छ । तःमुंज्याको मूल उद्घोष ‘जनता म्वाःसा, भाषा म्वाई’ लाई आत्मसात् गर्दै नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सामाजिक चेतनासँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिनेछ ।)
तःमुंज्यालाई सफल बनाउन साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, विद्यार्थी, स्थानीय समुदाय, सञ्चारकर्मी तथा सम्पूर्ण भाषा–संस्कृतिप्रेमी महानुभावहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरिएको छ ।
‘जनता म्वाःसा, भाषा म्वाई’ भन्ने मूल भावनाका साथ आयोजना हुन लागेको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्याले नेपालभाषाको संरक्षण र विकाससँगै नयाँ पुस्तालाई आफ्नो भाषा, साहित्य, कला र संस्कृतिसँग जोड्ने तथा सामाजिक चेतना अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या–२०८३ सफल पार्न सम्पूर्ण साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, विद्यार्थी, स्थानीय समुदाय, सञ्चारकर्मी तथा भाषा–संस्कृतिप्रेमी महानुभावहरूमा हार्दिक आह्वान गर्दछौँ ।
धन्यवाद !
(४६ औँ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा वाचित प्रेश विज्ञप्ति–सं)
Leave a Reply