कम्युनिस्ट को हुन्, को होइनन् ?
- आश्विन १५, २०८३
कैलाली, १५ असोज । नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिले बिहीबार लम्कीमा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रकाशनबारे अन्तरक्रिया कार्यक्रम ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेपालको राजनीतिक आन्दोलनमा नेमकिपा मानिसको मस्तिष्कजस्तै महत्वपूर्ण भूमिकामा रहेको बताउनुभयो ।
बरोबर सरकारमा गएका अहिलेसम्मका सबै दल र तिनका नेताहरू ‘हात्ती ठुलो भएर मासु खान नहुने’ जस्तै असक्षम साबित भइरहेको सचिव सुवालले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीले राजनीतिलाई देश र जनताको निःस्वार्थ सेवा गर्ने क्षेत्र बनाएर अगाडि बढाइरहेको छ । शासक दलहरूले राजनीतिलाई पक्षपात र भ्रष्टाचारको क्षेत्र बनाएको हुँदा देशमा सङ्कट बढ्दै आएको हो ।”
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले सिंहदरबार भनेको भवनमात्र नभई देशको सार्वभौमसत्ताको प्रतीक रहेको उल्लेख गर्दै १० वटा सिंहदरबार बनाउन सक्छौँ भनी धाक लगाउनेले पुनःनिर्माण गरेको खोइ भनी प्रश्न गर्नुभयो ।
सुशासनको नाममा सरकारमा आएको नयाँ शासक दलले मन्त्रालयको सङ्ख्या घटाएको देखाएर मन्त्री पदसरह सुविधा लिने १८० जना सल्लाहकार नियुक्त गरेको चर्चा गर्दै केन्द्रीय सदस्य गोसाईंले विदेसबाट नेपाली युवाहरूलाई फर्काउने भन्नेहरूले फेरि घर घरमा पासपोर्ट पु¥याउने भनेर पाखण्डीपन देखाइरहेको छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले कामदारवर्गको शासनसत्ता स्थापना गर्नु नेमकिपाको उद्देश्य रहेको स्पष्ट पार्दै संरा अमेरिकाको ऐन, कानुन, नीति नियम मान्न बाध्य पारेको हुँदा एमसीसीको विरोध गर्नु परेको हो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर बासीले सार्वभौमसत्ताको सिद्धान्तविपरीत संरा अमेरिकाले संसारका अन्य देशहरूलाई हुकुम दिएको बताउँदै साम्राज्यवादीहरूले आफ्ना दलालमार्फत नेपाललगायत विभिन्न देशमा नवउदारवादी हतियार प्रयोग गरी नवउपनिवेश चलाइरहेको छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बखतबहादुर थापाले पुँजीवादी व्यवस्थामा शोषण र आर्थिक असमानता चर्कंदै जाने भएकोले समाजवादी व्यवस्था कामदार वर्गको प्रजातन्त्र हो भन्नुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेश रावलको सभापतित्वमा सम्पन्न कार्यक्रम सीताराम पण्डित, प्रेमबहादुर सिजापति, लक्ष्मी पुन मगर, ज्योति बडुवाल र गगनबहादुर थापालगायतले पार्टी प्रकाशनहरूबारे आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।
Leave a Reply