अल्गोरिदम र एआई – डिजिटल युगमा पुँजीवादको नयाँ हतियार
- आश्विन २३, २०८३
(युद्धले गाजाको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य सेवा, पूर्वाधार तथा सार्वजनिक सेवाहरूलाई ध्वस्तै बनाउँदै त्यहाँको जनजीवनलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ ।)
हमास नेतृत्वको सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि इजरायलले गाजाविरूद्ध सुरु गरेको नरसंहारकारी युद्धको तीन वर्ष बितिसक्दा, प्यालेस्टिनी भूभाग गाजा लगभग पहिचान गर्न नसकिने गरी बदलिएको छ ।
इजरायलको निरन्तर हवाई तथा स्थल आक्रमणले गाजापट्टीका विशाल क्षेत्रलाई तहसनहस भएका छन् । युद्धले घर, बस्तीहरू र आवासीय क्षेत्रहरू ध्वस्त पार्नुका साथै त्यहाँको पूर्वाधार र अत्यावश्यक सेवाहरूमा गम्भीर क्षति पु¥याएको छ ।
युद्धले करिब २० लाख मानिसको जीवन तहसनहस बनाएको छ । बारम्बारको विस्थापन र स्थान खाली गर्ने आदेशका कारण परिवार तथा समुदायहरू आफ्नो थातथलो छाड्न बाध्य भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४,२४५ भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् ।
अक्टोबर २०२५ मा ‘युद्धविराम’ घोषणा गरिए पनि त्यसले मानवीय पीडाको अन्त्य गर्न सकेको छैन । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त ‘युद्धविराम’ लागू भएयता पनि १,४६२ प्यालेस्टिनीहरू मारिएका छन्, जबकि गाजापट्टीभरि इजरायली आक्रमण तथा अन्य सैन्य गतिविधिहरू जारी रहेका छन् ।
वर्षौँको युद्धका कारण शिक्षा, स्वास्थ्य सेवा र अर्थतन्त्रलाई लगभग ध्वस्त भएका छन् । साथै खाद्यान्न, स्वच्छ पानी, आश्रय र अन्य आधारभूत आवश्यकताहरूमा पहुँच प्राप्त गर्नु दैनिक सङ्घर्षको विषय बनेको छ ।
दैनिक जीवनको सङ्घर्ष
गाजाका बासिन्दाहरूका लागि युद्धले उनीहरू कहाँ बस्छन् भन्ने मात्र होइन, दैनिक जीवनका सामान्य गतिविधिहरू सञ्चालन गर्ने तरिकासमेत बदलिदिएको छ ।
घर, खानेपानी, बिजुली तथा यातायातको साधनजस्ता दैनिक जीवनका आधारभूत पूर्वाधारहरू गाजाका धेरै प्यालेस्टिनीहरूका लागि अब अस्तित्वमै छैनन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार, सेप्टेम्बरसम्म गाजाको ९४ प्रतिशत जनसङ्ख्यालाई आश्रय तथा आधारभूत घरायसी सहयोगको तत्काल आवश्यकता थियो । साथै, ६५ प्रतिशत परिवार इजरायली आक्रमण वा बाध्यकारी विस्थापन आदेशका कारण आफ्ना घर छाड्न बाध्य भई पाल वा अस्थायी आश्रयस्थलमा बसिरहेका थिए, जसले मौसमजन्य कठिनाइहरूबाट खासै सुरक्षा प्रदान गर्न सक्दैनन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार, धेरै परिवारसँग पर्याप्त ओछ्यान, बत्ती, भान्साका सामग्री तथा सरसफाइका सुविधाहरू पनि उपलब्ध छैनन् ।
पानीको पहुँच पनि अर्को दैनिक चुनौती बनेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार, अगस्टको प्रारम्भमा सर्वेक्षण गरिएको ९१ प्रतिशतले परिवारले मध्यमदेखि उच्चस्तरको पानीको अभावको समस्या भोगिरहेका थिए, जुन जून महिनामा ८४ प्रतिशत रहेको थियो ।
विद्युत आपूर्ति पनि उस्तै अनिश्चित छ । गाजामा विद्युत प्रसारण प्रणाली अझै सञ्चालनमा आउन नसकेको अवस्थामा अत्यावश्यक सेवाहरू र घरपरिवारहरू जेनेरेटरमा निर्भर छन् भने इन्धन, इन्जिन आयल र स्पेयर पाट्र्सको अभाव बढ्दै गएको छ ।
क्षतिग्रस्त सडक तथा सञ्चार सञ्जालका कारण यातायात, टेलीफोन र इन्टरनेट सेवामा पहुँच प्राप्त गर्न र आधारभूत सेवाहरू उपयोग गर्न समेत कठिन भएको छ ।
यसको परिणामस्वरूप दैनिक जीवन अब बाँच्नका लागि सङ्घर्षमा केन्द्रित भएको छ । पानी संकलन गर्ने, मोबाइल चार्ज गर्ने, खाना पकाउने, लुगा धुने तथा विभिन्न सेवाहरूका पहुँचमा पुग्ने सामन्य कामका लागि पनि अहिले अतिरिक्त स्रोतसाधन र सावधानीपूर्वक योजना बनाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
आर्थिक पीडा
युद्धका कारण गाजाको अर्थतन्त्र तहसनहस भएको छ । व्यापार–व्यवसाय तथा स्थानीय उद्योगहरू नष्ट भएपछि धेरै परिवार आम्दानीविहीन बनेका छन् र उनीहरूको क्रयशक्तिमा पनि भारी गिरावट आएको छ ।
सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास सम्मेलन
(UNCTAD) ले सन् २०२३ अक्टोबर यता गाजाका ९२ प्रतिशत आर्थिक प्रतिष्ठानहरूमा क्षतिग्रस्त वा पूर्ण रूपमा नष्ट भएको अनुमान गरेको थियो । त्यस्तै, बेरोजगारी दर ७८ प्रतिशत पुगेको बताइएको छ ।
सन् २०२५ मा प्रतिव्यक्ति कुल गार्हस्थय उत्पादन (GDP) केवल २१२ अमेरिकी डलरमा सिमित रहेको थियो, जुन सन् २०२२ को स्तरको करिब १७ प्रतिशत हो । कृषि र औद्योगिक उत्पादन दुवै सन् २०२२ को त्ुलनामा केवल ६ प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन् भने निर्माण क्षेत्रको १ प्रतिशतमा झरेको छ ।
आर्थिक पतनका कारण आधारभूत उपभोग्य वस्तुहरूसमेत सर्वसाधारणका लागि झन महँगा र पहुँचबाहिर बन्दै गएका छन् । सामानको आवतजावतमा लगाइएका प्रतिबन्धहरूले गाजाको अर्थतन्त्रमा थप क्षति पु¥याएको छ, जहाँ बाह्य विश्वसँग हुने अधिकांश व्यापार ऐतिहासिक रूपमा इजरायलको नियन्त्रणमा रहेका नाकाहरूबाट हुँदै आउने गर्दथ्यो ।
यसको प्रत्यक्ष असर उपभोक्ताहरूमा परेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार, सेप्टेम्बरमा गाजामा वस्तु तथा सेवाको मूल्य सन् २०२३ अक्टोबरअघिको स्तरको तुलनामा करिब २०० प्रतिशत बढी थियो ।
रोजगारीका अवसर र आम्दानीका स्रोतहरू गुम्दै जाँदा आर्थिक गतिविधिहरू क्रमशः राहत सहायता, ऋण तथा साना अनौपचारिक कामहरूमा केन्द्रित हुन थालेका छन् । आर्थिक अनुसन्धानकर्ता रामी अल–जाइघले अल–जजिरालाई बताएअनुसार, युद्धले ‘समाजलाई दशकौँ पछाडि धकेलेको’ छ । उनका अनुसार, युद्धका कारण पुराना पेसाहरू पुनर्जीवित भएका छन् भने उपलब्ध सामान्य उपकरण र सिमित स्रोत–साधनकोे प्रयोग गरेर नयाँ प्रकारका कामहरू सिर्जना भएका छन् ।
गाजाका धेरै परिवारहरू अहिले मानवीय सहायता संस्थाहरूबाट प्राप्त नगद सहयोगमा निर्भर छन् । भौतिक नगदको अभाव बढ्दै गएपछि मानिसहरूले नगदको सट्टा डिजिटल भुक्तानी प्रणली र ई–वालेटको प्रयोग गर्न थालेका छन् ।
अध्ययनमा कठिनाइ
युद्धले गाजाको शिक्षा प्रणालीलाई गम्भीर प्रभावित गरेको छ । विगत तीन वर्षयता लाखौँ बालबालिकाले नियमित रूपमा विद्यालयमा उपस्थित भई पढ्न पाएका छैनन्,किनकि अधिकांश विद्यालयहरू क्षतिग्रस्त वा ध्वस्त भएका छन् भने बाँकी रहेका धेरै विद्यालयहरू विस्थापितहरूको आश्रयस्थलका रूपमा प्रयोग भइरहेका छन् ।
युनिसेफका अनुसार, गानाका झन्डै ९८ प्रतिशत विद्यालयहरू क्षतिग्रस्त वा पूर्ण ध्वस्त भएका छन् । सन् २०२६ को अप्रिलसम्म ४ देखि १७ वर्ष उमेर समूहका करिब ७ लाख बालबालिकाले लगातार झन्डै तीन वर्ष प्रत्यक्ष कक्षाको शिक्षा गुमाएका छन् ।
कक्षाकोठामा फर्कनुको सट्टा धेरै बालबालिकाहरू अहिले पाल तथा अस्थायी सिकाइ केन्द्रहरूमा अध्ययन गरिरहेका छन् । करिब २ लाख बालबालिकाको भने शिक्षामा कुनै पहुँच नै छैन । शिक्षामा आएको यस अवरोधले बालबालिकाहरूको सिकाइमा ठुलो अन्तर पनि सिर्जना गरेको छ । प्यालेस्टिनी शिक्षा मन्त्रालयले आधारभूत शैक्षिक सीपहरूमा गम्भीर ¥हास आएको र शैक्षिक दूरी बढ्दै गएको चेतावनी दिएको छ । मन्त्रालयका अनुसार, लगातार तीन वर्षसम्म शिक्षामा आएको अवरोधले पूरै एक पुस्ताको दीर्घकालीन शैक्षिक भविष्यलाई जोखिममा पारेको छ ।
ध्वस्त स्वास्थ्य सेवा प्रणाली
गाजाको स्वास्थ्य सेवा प्रणाली लगभग ध्वस्त हुने अवस्थामा पुगेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार गाजाका सबै ३६ वटा अस्पतालमा क्षतिग्रस्त भएका छन् र हाल केवल १९ वटा मात्र सञ्चालनमा छन् । तीमध्ये कुनै पनि अस्पताल पूर्ण क्षमतामा सञ्चालन भइरहेका छैन ।
अझै सञ्चालनमा रहेका केही स्वास्थ्य संस्थाहरू अत्यावश्यक औषधि, चिकित्सा उपकरण, रोग परीक्षण सामग्री तथा इन्धनको चरम अभावसँग जुधिरहेका छन् । यी अभावहरूले क्यान्सरको उपचार, डायलाइसिस सेवा तथा दीर्घरोगीहरूको उपचारलाई गम्भीर रूपमा प्रभावित बनाएको छ ।
गाजाबाहिर उपचारका पहुँच पनि सीमित नै रहेको छ । सन् २०२३ अक्टोबरयता करिब १२,४०० बिरामीलाई चिकित्सा उपचारका लागि अन्यत्र स्थानान्तरण गरिएको भए पनि, विश्व स्वास्थ्य सङ्गठनका अनुसार अझै पनि दशौँ हजार बिरामीलाई गाजाभित्र उपलब्ध नभएको विशेष स्वास्थ्य सेवाकोे आवश्यकता छ ।
स्वास्थ्य सेवा प्रणालीको पतन र बिग्रँदै गएको जीवनयापनको अवस्थाले गाजामा सार्वजनिक जनस्वास्थ्यसम्बन्धी जोखिमलाई थप गम्भीर बनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सेप्टेम्बरमा चेतावनी दिँदै अत्यधिक भीडभाड, अपर्याप्त आश्रय, स्वच्छ पानीको अभाव तथा कमजोर सरसफाइ व्यवस्थाले विभिन्न रोगको प्रकोप फैलिने जोखिम बढाएको जनाएको थियो ।
यी बढ्दो स्वास्थ्य जोखिमहरूको सामना गर्न गाजाको स्वास्थ्य प्रणाली सक्षम छैन । त्यसैले संस्थाले निरन्तर मानवीय सहायता पहुँच सुनिश्चित गर्न, अत्यावश्यक औषधि तथा चिकित्सा उपकरण उपलब्ध गराउन, स्वास्थ्य संस्थाहरूको पुनस्र्थापना गर्न र बिरामीहरूको चिकित्सा उद्धार तथा स्थानान्तरणको दायरा विस्तार गर्न आह्वान गरेको छ ।
साँघुरिँदै गएको बसोबासको क्षेत्र
युद्धका कारण गाजाको भौगोलिक अवस्था पनि रूपान्तरित भएको छ । इजरायली सैन्य नियन्त्रण र आवतजावतसम्बन्धी प्रतिबन्धहरूले उक्त क्षेत्रलाई विभिन्न भागमा विभाजित गरेको छ, जसका कारण प्यालेस्टिनीहरूलाई झन साँघुरो क्षेत्रमा सीमित हुन बाध्य बनाइएको छ । यसले उनीहरूलाई आफ्ना घर, खेतीयोग्य जमिन तथा अत्यावश्यक सेवासुविधाबाट टाढा पारेको छ ।
तथाकथित ‘पहेँलो रेखा’ गाजाभित्रको एक सैन्य सीमारेखा हो, जसले इजरायली सेनाको तैनाथी क्षैत्र तथा प्रतिबन्धित पहुँच भएका क्षेत्रहरूलाई जनाउँछ । अक्टोबर २०२५ को ‘युद्धविराम’ अन्तर्गत स्थापना गरिएको यस सीमारेखालाई इजरायलले पछि जनघनत्व बढी भएका क्षेत्रहरूको भित्रसम्म विस्तार गरेको बताइएको छ, जसका कारण धेरै परिवारहरू आफ्ना बासस्थान छाड्न बाध्य भएका छन् ।
सेप्टेम्बरमा युरो–मेड ह्युमन राइट्स मनिटरले इजरायली सैन्य नियन्त्रण तथा पहुँच प्रतिबन्धहरू गाजाको करिब ७० प्रतिशत भूभागमा लागू रहेको जनाएको छ । यसकारण, २० लाखभन्दा बढी प्यालेस्टिनीहरू गाजापट्टीको ३० प्रतिशतभन्दा कम भूभागमा सीमित भएर बस्न बाध्य भएका छन् ।
रफाह यस परिवर्तनको सबैभन्दा स्पष्ट उदाहरणहरूमध्ये एक हो । इजिप्टसँगको सिमावर्ती दक्षिणी गाजामा अवस्थित यो सहर युद्धका क्रममा गाजापट्टीका विभिन्न भागबाट विस्थापित भएका १० लाखभन्दा बढी प्यालेस्टिनीहरूको आश्रयस्थल बनेको थियो ।
सन् २०२४ को मई महिनामा रफाहमा इजरायलले सञ्चालन गरेको सैन्य अभियानका कारण ८ लाखभन्दा बढी मानिस विस्थापित भएका थिए । संयुक्त राष्ट्रसङ्घका अनुसार, हाल पश्चिमी क्षेत्र ‘मवासी रफाह’ बाहेक रफाहको लगभग सम्पूर्ण क्षेत्र इजरायली नियन्त्रणमा रहेको छ, जसका कारण सहरबाट विस्थापित प्यालेस्टिनीहरू आफ्ना घर फर्किन असमर्थ रहेका छन् ।
युरो–मेड मानव अधिकार निगरानी संस्थाले सेप्टेम्बर २९ मा चेतावनी दिँदै इजरायली नियन्त्रणमा रहेका क्षेत्रहरूको विस्तारले बाध्यकारी विस्थापनलाई झन् संस्थागत बनाइरहेको जनाएको थियो । संस्थाका अनुसार, यसले प्यालेस्टिनीहरूलाई आफ्ना घर र जमिनमा पहँुचबाट वञ्चित गरिरहेको छ तथा उनीहरूको स्वदेश फिर्तीको कुनै सुनिश्चितता पनि दिएको छैन ।
सुरक्षा र शासन व्यवस्था
युद्धअघि हमासले सन् २००७ देखि गाजामाथि शासन गर्दै आएको थियो र त्यहाँको नागरिक प्रशासन तथा सुरक्षा संयन्त्र सञ्चालन गरिरहेको थियो । तर युद्धले उक्त प्रणालीलाई गम्भीर रूपमा प्रभावित गरेको छ, जसका कारण गाजाको नागरिक प्रशासनिक संरचना निकै कमजोर बनेको छ ।
जुलाईमा हमासले युद्धपछिको योजनाअन्तर्गत स्थापना गरिएको प्यालेस्टिनी प्राविधिक निकाय गाजा प्रशासनका लागि राष्ट्रिय समिति (एनसीएजी) लाई प्रशासनिक अधिकार हस्तान्तरण गर्ने घोषणा गरेको थियो । तर यो प्रक्रिया अझै कार्यान्वयन हुन सकेको छैन ।
युद्धले सार्वजनिक सुरक्षा र शान्ति व्यवस्था कायम राख्ने संयन्त्रलाई पनि कमजोर बनाएको छ ।
इजरायली सेनाले पटकपटक प्रहरी अधिकारीहरू र सुरक्षा चौकीहरूलाई निशाना बनाएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका अनुसार, जनवरीदेखि मे २०२६ सम्म प्रहरीमाथि कम्तीमा १२ वटा आक्रमण भएका थिए, जसमा ३५ प्रहरी अधिकारीसहित ५३ जनाको मृत्यु भएको थियो ।
संयुक्त राष्ट्रसङ्घले सार्वजनिक प्रशासन र शासनसँग सम्बन्धित संस्थाहरूलाई निशाना बनाइँदा अराजकता बढेको र सर्वसाधारणको सुरक्षा कमजोर भएको जनाएको छ ।
त्यस्तै, प्यालेस्टिनी मानव अधिकार केन्द्रले पनि प्रहरी तथा सुरक्षा निकायमाथिका आक्रमणहरूले गाजाको नागरिक सुरक्षा प्रणालीलाई कमजोर बनाएको चेतावनी दिएको छ । संस्थाका अनुसार यसले सुरक्षा शून्यता सिर्जना गर्नुका साथै अपहरण, सम्पत्तिमाथिका आक्रमण तथा मानवीय सहायता सामग्रीको लुटपाटजस्ता घटनाहरू बढ्न योगदान पु¥याएको छ ।
गाजाका बासिन्दाहरूका लागि तीन वर्ष लामो युद्धले भविष्यप्रति गहिरो अन्योल र अनिश्चितताको अवस्था छोडेको छ, जहाँ अगाडि बढ्ने स्पष्ट मार्ग अझै देखिएको छैन ।
Leave a Reply