भर्खरै :

चाँगुनारायण नपाको यो कस्तो चाला !

भक्तपुर जिल्लाको चाँगुनारायण नपाका मेयर सोमप्रसाद मिश्रले खानेपानी विषयमा स्थानीय जनतालाई जुधाउने काम गर्दैछन् ।
साविक छालि· गाविस हाल चानपा ५ मा खानेपानी तथा सरसफाइ कार्यको लागि २०६१ साल भाद्र २८ गते स्थानीय जनताले गुडीगाउँ खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता मूल समिति गठन गरेका थिए । यो समितिले जिल्ला जलस्रोत समितिको सचिवालय भक्तपुरमा उपभोक्ता संस्था दर्ता गरी खानेपानी तथा सरसफाइको क्षेत्रमा जनताको सहभागितामा काम गर्दै आएको हो । उक्त उपभोक्ता समितिले छालि·स्थित तेलकोट वनको मुहानबाट पानी ल्याएर छालि·कै सिमको चौरमा खानेपानी भण्डारण निर्माण गरी साविक छालि· गाविस वडा नं ४ र ५ को करिब २०० घरधुरी र २ वटा विद्यालयका विद्यार्थीसमेत २००० जना उपभोक्ताहरूलाई खानेपानी उपलब्ध गराउँदै आएको हो ।
यसैक्रममा २०७२ सालको भूकम्पले उक्त खानेपानीको केही मुहान सुकेर र खानेपानी आपुर्तिमा अवरोध भएकोले मूल खोजी पुनः खानेपानी स्रोत बढाउन ग्रामीण खानेपानी तथा सरसफाइ आयोजना विकास कोष, नेपाल सरकारका विभिन्न निकाय, नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र यस क्षेत्रका सांसदहरूसँग छलफल गरी खानेपानी भण्डारण ट्याङ्की भएकै स्थान सिमको चौरको पर्ति जग्गामा डिप बोरि· गर्ने गरी गुडीगाउँ खानेपानी उपभोक्ता समितिको अगुवाइमा खानेपानी डिभिजन कार्यालय भक्तपुरसँग समन्वय गरी कार्य गर्न चाँगुनारायण नगरपालिकाले मिति २०७३।०१।०७ गते स्वीकृति पत्र प्रदान ग¥यो ।
सोहीबमोजिम गुडीगाउँ खापा उपभोक्ता समितिमार्फत डिप बोरि·को लागि आव २०७३÷०७४ मा राष्ट्रिय योजना आयोगको रातो पुस्तिकामा रु. ३ लाख विनियोजन भई सर्भे कार्यको प्रतिवेदन तयार भएको थियो । तत्कालीन भक्तपुर क्षेत्र नं १ का सांसद नारायणमान बिजुक्छेंको सिफारीसमा विनियोजन हुने ‘निर्वाचन क्षेत्र विशेष कार्यक्रम’ बाट रु. १२ लाख विनियोजन भई सो मध्येबाट रु. ९ लाख १० हजार बराबरको आवश्यक पाइप, विभिन्न सरसामान उपकरण खरिद भइसकेको छ ।
०७३÷७४ मै उक्त खानेपानी आयोजनालाई भूकम्पले सुकेको मूल मर्मत सम्भार गरी सिमको चौरको खानेपानी सञ्चालनको निमित्त रु. ५ लाख चाँगुनारायण नपाले विनियोजन गरेको र सो को काम सम्पन्न गरी कार्यसम्पन्न प्रतिवेदन प्राप्त भईसकेको छ । यसै योजनाको लागि राष्ट्रिय योजना आयोगबाट आव ०७४÷७५ मा कार्य सञ्चालन गर्न २० लाख विनियोजन भयो । सोको जानकारी खानेपानी डिभिजन कार्यालयले चाँगुनारायण नपालाई २०७४।०१।१५ गते च.नं ६१३ को पत्रबाट दियो । तर उपभोक्ता समितिका पदाधिकारी पटकपटक नपामा ताकेता गर्न जाँदा पनि नपाका प्रमुखले आलटाल गरी झुलाउने काम गरे । उल्टो थापागाउँ खानेपानी शीर्षकमा नपाबाट बिनियोजित रकम गुडीगाउँ खानेपानी उपभोक्ता समितिलाई नपाले नै स्वीकृति दिएको उही सिमको चौरमा डिप बोरि· गर्नु भनेर उनले थापागाउँ खानेपानी उपभोक्ता समितिलाई जबरजस्ति मेसिन लगेर काम सञ्चालन गर्न लगाए । यसकारण दुई पक्षबीच झडप हुनसक्ने सम्भावना बढ्यो । तर गुडी गाउँ खापा उपभोक्ता समितिका पदाधिकारीहरूले संयमता अपनाई कानुनी लडाइँ लड्ने निर्णय लिएपछि झडप भएन । नपा आफैले स्वीकृति दिने र आफै अर्को उपभोक्ता समितिलाई सोही कार्य गर्न उक्साएर आफै बोक्सी आफै धामी बनेर छालि·का जनताबीच फूट ल्याउने प्रयासमा लाग्यो ।
वास्तवमा थापागाउँ खा.पा. उपभोक्ता समिति प्रजातान्त्रिक तवरले गठन भएको थिएन । सामान्यतया उपभोक्ता समिति गठन गर्दा सम्बन्धित स्थानका जनतालाई भेला गर्नुपर्ने नियम छ । तर उक्त उपभोक्ता समिति गठन गर्दा कसैलाई जानकारी दिइएको थिएन । सीमित व्यक्तिहरू बन्दकोठामा बसेर बजेटबाट लाभ लिने उद्देश्यले गरेका थिए । पदाधिकारी चयन गरिसकेपछि मात्रै कागजमा उपस्थिति देखाउन जनताको घरघरमा गएर हस्ताक्षर गराइएको धेरै जनतालाई चित्त बुझेको थिएन । तर पनि सोझा जनता चुप भए । यो उपभोक्ता समिति गठन प्रक्रियाले पञ्चायतकालको झल्को दिन्थ्यो । जनताले कर तिरेर जम्मा भएको नेपाल सरकारको बजेट र गुडी गाउँ खापा उपभोक्ता समितिको मेहनत डुव्ने र खेर जाने अवस्थामा पुग्यो ।
गुडीगाउँ खानेपानी उपभोक्ता समितिले सिमको चौरमा डिप बोरि· गरेर वरिपरिका सबै ठाउँमा र सिमको चौरभन्दा माथि भिमसेन डाँडामा समेत लिफ्ट गरेर त्यहाँका जनतालाई पानी वितरण गर्ने उद्देश्य राखेको थियो । तर उक्त योजना नपाका मेयर सोमप्रशाद मिश्रको जनविरोधी कामले अन्योलमा पर्दैछ ।
गुडीगाउँ खानेपानी उपभोक्ता समितिले यस्तो गलत गतिविधि देखेपछि त्यसलाई रोक्न तत्काल वडा कार्यालय छालि· र नपा कार्यालयमा निवेदन दियो । तर विवेकशून्य र अराजकताको पराकाष्ठामा पुगेका चाँगुनारायण नगरपालिकाका मेयरले सुनवाइ नगरी विवादित डिपबोरि·को उदघाटन गर्न नपाका उपप्रमुख बिना बास्तोला र वडा अध्यक्षलाई पठाए र अप्रजातान्त्रिक तवरले बनेको उपभोक्ता समिति र गैरकानुनी तवरले गरिएको उद्घाटन दुवैले कानुनी शासनको धज्जी उडायो । कमसेकम उजुरी परिसकेपछि अथवा निवेदन आइसकेपछि दुवै पक्षलाई राखेर छलफल गराउनु नगरपालिका र वडा कार्यालय दुवैको कर्तव्य हो । तर नपा र वडा कार्यालयले यी कुनै पनि काम गरेनन् । नपाका प्रमुख सोमप्रसाद मिश्र अराजक गतिविधिका नाइके जस्तै भए । कसरी हुन्छ कानुनी शासनको पालना जनता प्रश्न गर्दैछन् ?
–वसन्त खत्री, छालि·
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *