भर्खरै :

ख्वप इन्जिनियरिङ कलेजको गुणस्तर तथा सुनिश्चितता प्रत्यायन प्रक्रियाको लागि गुणस्तर परीक्षण कार्यक्रम

ख्वप इन्जिनियरिङ कलेजको गुणस्तर तथा सुनिश्चितता प्रत्यायन प्रक्रियाको लागि गुणस्तर परीक्षण कार्यक्रम

भक्तपुर, २७ असोज । विश्वविद्यालय अनुदान आयोगको भ्मगअबतष्यलब Educational Quality Assurance and Accreditation Council बाट भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको गुणस्तर परीक्षण कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले शिक्षामार्फत समाजमा परिवर्तन ल्याउने उद्देश्यले ख्वप सर्कलअन्तर्गतका कलेजहरू स्थापना भएको बताउँदै वि.सं. २०५८ सालमा स्थापना भएको यस शैक्षिक संस्थाले प्रारम्भिक चरणमा विभिन्न आलोचना र चुनौतीको सामना गर्नुपरेको स्मरण गर्दै जनप्रतिनिधिविहीन अवस्थामा समेत कलेजको व्यवस्थापन र विकासका लागि निरन्तर काम गरिएको बताउनुभयो ।
उहाँले कुनै पनि संस्थाको विकास र सफलताको लागि जिम्मेवारीमा रहेका व्यक्तिहरूले इमानदारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै ख्वप इन्जिनियरिङ कलेजले जनताको सेवा गर्ने उद्देश्यअनुरूप गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । कलेजले आफ्नो शैक्षिक गुणस्तर र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्दै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा पहिचान बनाउन सफल भएको उहाँले बताउनुभयो ।
कलेजले कानुनी प्रावधान तथा विश्वविद्यालयका नीतिनियमअनुसार काम गर्दै आएको उल्लेख गर्दै उहाँले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्तिको प्रक्रियालाई उपलब्धिका रूपमा अघि बढाउँदै आगामी दिनमा कलेजहरूको शैक्षिक गुणस्तर अझ सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले ख्वप सर्कल कलेजको सफलताले अन्य स्थानीय तहहरूलाई पनि आफ्नै पहलमा शैक्षिक संस्था सञ्चालन गर्न हौसला मिलेको बताउँदै स्थानीय सरकार बलियो हुनुपर्छ भन्ने मान्यताका साथ भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र जनताको सेवासँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्नुभयो ।
स्थानीय सरकार सक्षम र बलियो भए मात्र जनताको आवश्यकता र चाहनाअनुसार प्रभावकारी सेवा प्रवाह गर्न सकिने बताउँदै नगर प्रमुख प्रजापतिले स्थानीय तहले आफ्नो स्रोत, साधन र क्षमताको सदुपयोग गरी जनताको हितमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा एभभच च्भखष्भध त्भबm का टोली नेता प्रा.डा. त्रिरत्न बज्राचार्यले ख्वप इन्जिनियरिङ कलेजको शैक्षिक गतिविधि, व्यवस्थापन र सामाजिक प्रभावप्रति आफू सकारात्मक रहेको बताउँदै सार्वजनिक धारणा तथा कलेजले समुदायमा पारेको प्रभावका आधारमा पनि यसको विकास र गुणस्तर राम्रो देखिएको उल्लेख गर्नुभयो ।
विभिन्न कलेज तथा विश्वविद्यालयको एभभच च्भखष्भध प्रक्रियामा सहभागी भएको अनुभव सुनाउँदै उहाँले ख्वप इन्जिनियरिङ कलेजको व्यवस्थापन र प्रतिवेदन प्रस्तुत गर्ने शैली प्रशंसनीय रहेको बताउनुभयो । अन्य शैक्षिक संस्थाको तुलनामा विद्यार्थीको बिचमै पढाइ छाड्ने दर (ड्रपआउट रेट) र उत्तीर्ण प्रतिशतमा देखिने चुनौतीका सन्दर्भमा यस कलेजको अवस्था सकारात्मक रहेको उहाँको भनाइ थियो । सामुदायिक तथा स्थानीय तहबाट सञ्चालित शैक्षिक संस्थाले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छन् भन्ने उदाहरण ख्वप इन्जिनियरिङ कलेजले प्रस्तुत गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा संयोजक इन्जिनियर उमेश सुकमनीले एभभच च्भखष्भध तभबm समक्ष स्वअध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेजको उद्देश्य, शैक्षिक गतिविधि तथा भावी योजनाबारे जानकारी दिँदै ख्वप इन्जिनियरिङ कलेज नेपालमा स्थानीय तहबाट सञ्चालित पहिलो इन्जिनियरिङ कलेजका रूपमा स्थापित भएको उल्लेख गर्दै अनुसन्धान र नवप्रवर्तनमा जोड दिई दक्ष जनशक्ति उत्पादन गर्नु कलेजको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँले पनि कलेजको बारेमा बोल्नुभएको थियो ।
टीमले सञ्चालक समिति, प्राचार्य, विद्यार्थी र स्थानीयहरूसँग छुट्टाछुट्टै भेट गर्ने छ । कलेजको समस्या र साझा सरोकारको विषयमा सरोकारवालाहरूसँग छलफल गरिनेछ । सो क्रममा कलेजका पुस्तकालय, पठनपाठनसम्बन्धी योजना, पूर्वाधारहरूलगायतको सबै विषयमा टीमले अध्ययन गर्नेछ । छलफलको लागि मङ्गलबार, बुधबार र बिहीबार तीन दिन समय छुट्याइएको छ ।
यसअघि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङले क्यु.ए.ए. प्राप्त गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *