भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा
- आश्विन २७, २०८३
भक्तपुर, २७ असोज । “पुँजीवादी व्यवस्थामा पुँजीपतिहरूले पद र पैसाको निम्ति राजनीति गर्छन् । तर, नेमकिपा बहुमत जनताको सेवा हुने राजनीति गर्छ ।”
उक्त विचार नेमकिपाका सचिव प्रेम सुवालले नेमकिपा वडा नं. ३ एकाइ समितिद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
राजनीतिक दलहरूको उद्देश्य देश र जनताको सेवा गर्नु नै रहेको उल्लेख गर्दै उहाँले विद्यार्थीहरूलाई उच्छृङ्खल र आगजनी गर्ने काममा उत्साहित गरेर देशलाई खरानी पार्ने तत्व चिन्नुपर्ने बताउनुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका लक्ष्मीभक्त लासिवाले असल राजनीति गरेर असल संस्कार सिकाउनुपर्नेमा जोड दिँदै व्यक्तित्व विकास गर्न पठन संस्कृतिलाई बढावा दिएर पार्टी प्रकाशनहरू अध्ययन गर्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष रामसुन्दर खाताखोको सभापतित्वमा भएको सो कार्यक्रममा राजकृष्ण गोरा, कृष्णगोपाल चौगुठी, सुनिता अवाल र रामकृष्ण त्वायनाले पनि बोल्नुभएको थियो ।
Leave a Reply