भर्खरै :

कोरियाली मजदुर पार्टी जनताको आदर्श साकार पार्न अग्रसर

कोरियाली मजदुर पार्टी जनताको आदर्श साकार पार्न अग्रसर

प्योङयाङ, १० अक्टोबर  (केसीएनए) । कोरियाली मजदुर पार्टीले आफ्नो ८१ औँ स्थापना दिवस मनाइरहँदा कोरियाजी जनताको आदर्शलाई यथार्थमा रूपान्तरण गर्ने समयसँगै कोरियाली जनताले सम्मानित महासचिव किम जोङ उनको पार्टी नेतृत्वको इतिहासलाई गहिरो भावनाका साथ सम्झिरहेका छन् ।

सम्पूर्ण पार्टीले जनताको हितको लागि निःस्वार्थ सेवा जनताका लागि समर्पित बनाउने प्रयासलाई निरन्तरता दिँदै व्यवहारिक उदाहरण कायम गरेको उहाँले बताउनुभयो ।

उहाँले अस्थायी घाटी रेलवेमार्फत प्रकोप प्रभावित क्षेत्रहरूको भ्रमण गर्नुभयो । उहाँले कार र रबर डुङ्गाबाट बाढी प्रभावित क्षेत्रको निरीक्षण समेत गर्नुभएको थियो । उहाँको समर्पित प्रयासहरूको कारण उत्कृष्ट गाउँ सहरहरूको निर्माण भयो ।

उहाँको आशयअनुसार हाम्रो पार्टीले ‘जनताका लागि सबै कुरा र उनीहरूकै भरमा सबै कुरा’ भन्ने नारामा आफ्नो कार्यदिशा र नीति बनाएको छ । कोरियाले जनताको हितको लागि निःस्वार्थ सेवा गरेर उनीहरूको सपना र आदर्शलाई पूर्णतामा ल्याउँदै छ ।

नयाँ घरमा बसाइँ सर्ने घटनाहरू राजधानी र ग्रामीण क्षेत्रमा क्रमशः भइरहेका छन् । जनतालाई सुखसुविधा दिन देशभर नयाँ ऊर्जा औद्योगिक कारखाना, अस्पताल र मनोरञ्जन कम्प्लेक्स निर्माण भइरहेका छन् । वोन्सान काल्मा तटीय पर्यटकीय क्षेत्र र सभ्यता र समृद्धिका अन्य बहुमूल्य सम्पदाले हाम्रो पार्टीको नीति जनताका लागि हो भन्ने प्रमाणित गर्छ ।

“हामी संसारमा सबैभन्दा खुसी छौँ” भन्ने गीत देशव्यापी रूपमा गुन्जिरहेको मातृ पार्टीप्रति समर्पित गायन हो । यसले यस भूमिमा सबै मानिसहरूको हेरचाह गर्ने जनताको असीम श्रद्धा झल्काउँछ – चाहे तिनीहरू दुर्गम टापु वा टाढाको पहाडी गाउँमा किन नबसून् ।

महासचिव किम जोङ उनको जनताप्रतिको मायालाई स्मरण गर्दै कोरियाली जनता आफ्नो समाजवादी देशको उज्ज्वल भविष्यमा विश्वस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *